वैभवपूर्ण पांच नम्बर प्रदेशको समृद्धि यात्रा

धनिराम शर्मा(ऋतुविचार)
2017-12-29 09:48

संभाव्यताको पृष्ठभूमि ः
विश्व सम्पदा सूचिमा सुचिकृत लुम्बिनी जस्तो महत्वले सजिएको पांच नम्बर प्रदेश पनि अन्य प्रदेश भन्दा कम छैन । संभावनाको भण्डार रहेको प्रदेश नम्बर पांच केही हिमाली भाग, अधिकांश पहाडी, उपत्यका र तराईको समथर भूभागले बनेको छ । नवलपरासी पश्चिमदेखि बर्दिया र कालीगण्डकी पश्चिमदेखि पूर्वी रुकुमसम्म फैलिएको प्रदेश नम्बर ५ कृषि, पर्यटन, जलविद्युत तथा औद्योगिक क्षेत्रका हिसाबले अब्बल मानिन्छ । यद्यपी नयां शासन व्यवस्थामा प्रदेश नम्बर पांच कुशल र सक्षम प्रदेश सरकारको पर्खाईमा पनि छ ।
संघीय संरचना अनुसार कुल क्ष्ँेत्रफलमा १७ हजार ५ सय ८५ वर्गकिलोमिटर क्ष्ँेफलमा फैलिएको प्रदेशन नम्बर ५ केही हिमाली भाग, अधिकांश पहाडी, उपत्यकासहित तराईको मैदानी भागले बनेको छ । वर्दाघाट पश्चिम र रुकुमपूर्वको बीचमा अवस्थित यो प्रदेशमा १२ जिल्ला छन् । तराईका मैदानी भागदेखि पुथा, सिस्ने चुरेन र पश्चिम धवलागिरीको काखमा फैलिएको पांच नम्बर प्रदेशमा आर्यन थारु र मंगोल लगायत विविध जातजातिका चालिस लाख मानिसको बसोबास गर्दछन् । करिब डेढ सय मीटरदेखि ७ हजार ३ सय मीटरको भौगलिक बनौटमा फैलिएको पांच नम्बर प्रदेश प्रकृति र संस्कृतिका अथाह संभावनाले निकै समृद्ध छ । नवलपरासीपश्चिम, पाल्पा, गुल्मी, अर्घाखांची, कपिलवस्तु, रुपन्देही, प्यूठान, दाङ, बांके बर्दिया, रोल्पा र पूर्वी रुकुम हुन् पांच नम्बर प्रदेशमा पर्ने जिल्लाहरु । लुम्बिनी जस्तोे विश्व सम्पदा सूचिमा सुचिकृत सम्पदा, शाक्यमुनि ऐतिहासिक राज्य तिलौराकोट, युद्ध पर्यटनको गन्तव्य गुरिल्लापदमार्ग, जलजला पाटन क्ष्ँेत्र,स्वगद्वारी पूण्यधाम , रिहार पाण्डवेश्वर धाम दाङ, विश्वकै दुर्लभ वन्यजन्तु कृष्णसारको बासस्थान खैरापुर र्बिर्दया, बर्दिया जस्तो दुर्लभ वन्य जन्तुको बासस्थान भएको राष्ट्रिय निकुन्ज, कृष्णसार, एकसिंगै गैडा, बंगाली पाटे बाघ, लगायतका वन्यजन्तु पाइन्छन्,बर्दिया राष्ट्रिय निकुन्ज, बांके राष्ट्रिय निकुन्जदेखि ढोरपाटन जस्तो देशकै एकमात्र शिकार आरक्ष समेत पर्दछ, । यार्शा ट्रेल, पश्चिम धवलागिरीदेख सिस्नेसम्म फैलिएको दुर्लभ र मनोरम हिमाली क्षेत्र, ढोरपाटनदेखि जलजला जस्ता उच्च पहाडी पाटन क्षेत्र, दाङ देउखुरी जस्ता मनोरम उपत्यका, नवलपरासी, रुपन्देही कपिलवस्तु, बांके बर्दिया जस्ता तराईका समथर भूमि, झिम्रुक जलविद्युत आयोजना र प्रस्तावित माडी जलविद्युत आयोजना,नौमुरे जलविद्युत जस्ता प्रस्तावित परियोजना हाम्रा लागि प्रकृति र संस्कृतिले प्रदत्त गरेका वैभवका आधार हुन् ।


कृषि क्षेत्रमा हेर्ने हो भने यस प्रदेशको धेरै भूभाग कृषि उपजका लागि उर्वर भूमि हो । नवलपरासी रुपन्देही, कपिलवस्तु दाङ, बाके र बर्दिया जिल्लामा कृषि खेतीको लागि निकै उर्वर क्षेत्र हुन् । करिब ६ लाख हेक्टर खेती योग्य जमिन रहेको छ । कृषिमा आत्मनिर्भर नजिक रहेको प्रदेश नम्बर ५ कृषिमा आधारित उद्योगहरुले पनि सवल छ । विशेष आर्थिक क्षेत्र रुपमा रहेको पांच नम्बर प्रदेशमा वीरगंजपछि पछिको ठुलो भन्सार नाका ३ वटा छन् । नेपालगंज भन्सार नाका ,सुनौली भन्सार नाका र कृष्ण नगर भन्सार नाका रहेका छन । राष्ट्रिय गौरवका आयोजनाहरु सिक्टा सिचाई आयोजना, बबई सिचाई आयोजना, भेरी–बबई डाईभर्सन आयोजना, लुम्बिनी क्षेत्र विकास कोष, गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजना, यसका साथै प्रदेश नम्बरसंग पनि जोडिएका राष्ट्रिय गौरवका मध्यपहाडी लोकमार्ग, राष्ट्रपति तराई चुरे संरक्षण कार्यक्रम इत्यादी छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले उच्च पहाडी भूगोललाई जोडेको छ, भने पूर्वपश्चिम राजमार्गले पनि प्रादेशिक जिल्लाहरुलाई जोडेको छ, थारु संस्कृति मगर संस्कृतिक राजभूमि क्षेत्र भएको प्रदेश नम्बर ५ सांस्कृतिक राजधानीको संभावना छ, मगर थारु सभ्यतामात्रै होइन आर्यनहरुको पनि सभ्यता छ यहाँ । सांस्कृतिक विशिष्टताले सजिएको प्रदेश नम्बर ५ सांस्कृतिक पर्यटनको अब्बल गन्तव्य हो, प्राकृतिक मनोरम सांस्कृतिक विविधिताले रंगिन पांच नम्बर प्रदेश विशिष्ट र छुट्टै पहिचानको छ ।

मानवीय विकास ः हुनत मानवीय विकास भन्नाले गुणस्तरीय जीवन जिउनु नै हो तर पनि विकासको विविध आयामलाई आधार मानेर विकासको स्तरको मापन गरिन्छ, जनगणना २०११ अनुसार नेपालको सापेक्ष गरिबी करिब २४ प्रतिशतको हाराहारीमा भएको तथ्याँक छ, तर गरिबी मापनमा पछिल्लो समय नयाँ विधिको प्रयोग हुन थालेको छ, राष्ट्रिय योजना आयोगको संलग्नतामा गरिएको गरिबीको दरको प्रतिवेदनले नेपालको गरिबी औसतमा २८ प्रतिशत देखाइएको छ, उक्त प्रतिवेदनमा भनिएजस्तै बहुआयामीक विधिबाट गरिबीको औसत बाहिर ल्याइएको हो । उक्त प्रतिवेदन अनुसार सबै भन्दा बढी गरिबी प्रदेश नम्बर ६ मा र सबै भन्दा कम गरिबी प्रदेश नम्बर ३ मा उल्लेख गरिएको छ, प्रतिवेदन अनुसार प्रदेश नम्ब ६ मा ५१.२२ प्रतिशत, प्रदेश नम्बर २ मा ४७.८९, प्रदेश नम्बर ७ मा ३३.५६, प्रदेश नम्बर ५ मा २९.९२ , प्रदेश नम्बर १ मा १९.६७, प्रदेश नम्बर ४ मा १४.१९ र प्रदेश नम्बर ३ मा सबै भन्दा कम गरिबी १२.२४ छ, उक्त तथ्याँक अनुसार प्रदेश नम्बर ५ मझौला औसत गरिबी भएको तथ्याँक बोलेको छ । यससंगै पांच नम्बर प्रदेशको प्रतिव्यक्ति आय वार्षिक ९ सय ४३ अमेरिक डलर छ, । समग्रमा आर्थिक पक्षसंगै सामाजिक पक्षमा पनि प्रदेश नम्बर ५ मझौला स्तरमा देखिएको छ,।

प्रदेश सकारको दायित्व ः केन्द्रीकृत शासन व्यवस्थाका कारण नेपालको सामाजिक आर्थिक विकास हुन नसकेको सत्य हो, यद्यपी अस्थिर राजनीति भ्रष्ट, भ्रष्ट र लुट कर्मचारी संयन्त्र , कमजोर राज्य संयन्त्र, दलाल पंूजीको अर्थतन्त्रमाथि सिधा हस्तक्षेप,उच्च घरानाउन्मुख निरपेक्ष निजीकरणको नीति, सार्वजनिक संस्थानमाथि राजनीतिक हस्तक्षेप, स्वेच्छाचारी ट्रेडयुनियन, परनिर्भरतामुखी अर्थतन्त्र, अर्थतन्त्रमाथि वैदेशिक हस्तक्षेप, गैरव्यवसायीकमुखी शिक्षा प्रणाली इत्यादी नै आर्थिक समृद्धिका व्यवधान हुन् । यीनैलाई छिचोल्दै समय सापेक्ष नीति र कार्यक्रम स्थिर सरकार संगै स्वशासनको अभ्यासले सुधार ल्याउन सक्नु नै संघीयताको मर्म पुरा गर्नु हो, यीसंगै राजश्व बांडफांड, प्राकृतिक श्रोत साधनको बांडफांड र वित्तिीय संघीयको पूर्ण कार्यान्वनमा अब्बलता प्रदर्शन गर्न सक्नु प्रदेश सरकारको मुख्य दायित्व हो । वित्तिय संघीयताको मर्म र भावनालाई आत्मसाथ गर्न सक्ने नेतृत्व प्रदेश नम्बर पांचले पाउला त भन्ने गहिरो प्रश्नको दर्विलो उत्तर यतिबेलाको खोजीको विषय बन्न सक्नुपर्छ । निर्वाचन सम्पन्न भइसकेर परिणाम आएको छ, अपितु सरकारले अझै प्रदेश मुख्यालय टुंगाउन सकेको छैन, राजनीतिक लाभ र हानीको फच्र्यौट गर्न दलहरु अलमलिएका छन्, यो त्यत्ति शुभसंकेत भने पक्कै होइन, संघीयताको मर्म सिद्धान्त यदी गहिरोगरि बुझेको हो भने भौगलिक सुगमता, प्रशासनिक सुगमतासंगै भौतिक पूर्वाधारको मापनमा तय गरिनुपर्छ, संघीयताको अर्थ नै घर आगनमै सेवा लिनु हो यसर्थमा जनताको घर आंगनमै राजधानी ल्याउने प्रस्ताव कत्तिपनि गलत होइन तर राजधानीकै लागि राजनीतिक तथा क्ष्ँेत्रियताको भिडन्त सिर्जना गरिएमा किमार्थ यो स्विकार्य हुदैन । मुलधारका दलहरुको उच्चस्तरमा सहमति गरि प्रदेश मुख्यालय तय गरि अब प्रदेश सरकारले बिज्नेश आरम्भ गर्ने बाताबरण निर्माणमा जुट्नुपर्छ ।

आर्थिक रुपान्तर नै प्रदेश सरकारको मुख्य दायित्व ः राजनीतिक रुपले मुलुक संस्थागतको बाटामा हिडिसकेको छ, राजनीतिकरुपमा मुलुकलाई एउटा राजमार्गमा हिडाउनु जति सजिलो छ, तर आर्थिक राजमार्गमा हिडाउनु तेत्तिनै कठिन छ, शासनप्रणाली संघीयताको अबलम्बन गर्ने तर आर्थिक जोहो गर्न नसकेर केन्द्रको अनुदानको मुख ताक्ने हो भने प्रदेश सरकार र व्यवस्थापिका कार्यकर्ताको जागिरमा सिमित हुनेछ, यसर्थमा प्रादेशिक सरकारको सामथ्र्यको पहिचान हुनै पर्छ । अन्य प्रदेशको तुलनामा पांच नम्बर प्रदेश वैभव छ, संभाव्यताको हिसाबले, लुम्बिनी हाम्रा लागि सौभाग्यको हिरा हो, लु्िम्बनी वैभवता बेचेर नै हामी आत्म निर्भर बन्न सक्छौ, बुद्ध भूमिदेखि युद्ध भूमिले जोडिएको प्रदेश छ, पुथा चुरेन सिस्ने र पश्चिम धवलागिरीको काखमा अवस्थित प्रदेश नौमुरै जस्ता जलविद्युत मुख्य हुन्, कृषिसंगै पर्यटन नै यहां सबै भन्दा भरपर्दाे आर्थिक आधार हो, अन्तराष्ट्रिय विमानस्थलदेखि लुम्बिनी – दाङ –रारा फास्ट ट्रयाक पुरा हुन सके कम्तीमा वर्षेनी १० लाख पर्यटक पांच नम्बरमै ल्याउन सकिन्छ । पर्यटनमा आमूल सुधार भए करिब प्रत्यक्ष्ँ २० लाख रोजगारी सुनिश्चित गर्न सकिन्छ , त्यसैगरि कृषिमा पनि दश लाख रोजगारी दिन सकिने संभावना छ, त्यस्तै अन्य आयामहरु उद्योग तथा सेवामूलक साना घरेलु, मझौला र ठूला उद्यँेगहरु पनि रोजगारीका बलिया आधार हुन् ।

निष्कर्ष ः यद्यपी आजसम्मका शासन व्यवस्थाका असफलताका कारण विकासको अवसरबाट बन्चित यस क्षेत्रको संघात्मक व्यवस्थाले सुधार ल्याउनै पर्छ । सुधार ल्याउनका लागि नविन सोच र दृष्टिकोणका आधारमा अल्पकालीन दीर्घकालीन योजनाको तर्जुमा गर्दै प्रदेश सरकार हांक्नेहरु विशाल हृदयकासाथ अगाडि आउनै पर्छ, ।नयां संविधानले गरेको स्वशासनका अधिकार कार्यान्वयन गर्न कार्यकौशलता देखाउनुको विकल्प छैन । मौजुदा प्राकृतिक श्रोत साधनसंगै मानव संशाधनको अधिकाअधिक उपयोग गरि प्रदेशवासीको जीवनमा रुपान्तरण ल्याउनु पर्ने दायित्व छ, निर्वाचित प्रतिनिधिहरुलाई । शासन व्यवस्थासंगै आत्मनिर्भर प्रदेश बनाउनु पनि उनीहरुकै दायित्व हुनेछ । आर्थिक आधारहरुले अब्बल तर कुशासनको कारण आर्थिक विकास गर्न नसकेको हाल बनेको पांच नम्बर प्रदेशको संभाव्यताको खोजी र यसको परिणाम निकाल्ने वहसको थालनी हुन आवस्यक छ । विशेष गरि कृषि पर्यटन र जलविद्युत समेतले वैभव मानिने प्रदेशको समृद्धिको गोरेटो कोरिनु नै पर्छ ।
पश्चिम धवलागिरी, चुरेन, पुथा र सिस्नेको काखमा अवस्थित प्रदेश नम्बर ५ ढोरपाटन, जलजलाको पाटन क्षेत्र र विशाल दाङ देउखुरी जस्ता विशाल उपत्यका अनि तराईका समथर भूभागले बनेको छ, लुम्बिनी जस्तो विश्व सम्पदा सूचिमा सुचिकृत सम्पदा, गुरिल्लापदमार्ग, दुर्लभ वन्यजन्तुको बास क्षेत्र बर्दिया, स्वर्गद्धारी, गौमुखी, रिडी क्षेत्र लगायतका पर्यटकीय वैभव, कृषिका उर्वर क्षेत्र, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र र सबल सक्षम मानव संशाधन छ, यसर्थ अबको प्रदेश हांक्नेले यी यावत क्षेत्रको अल्पकालीन र दीर्घकालीन योजनाकासाथ युद्धस्तरमा कार्य गर्न सक्नुपर्छ । जसले करिब ३० प्रतिशत गरिबीको रेखामुनि रहेका प्रदेशबासीको जीवन सुधार हुन    सकोस्

 

    Comment Here!


सम्बन्धित समाचार

View All