मृत्यु पत्रमा हस्ताक्षर गर्दा

शारदा शर्मा
2018-01-02 10:39

आंगनमा सेतो ओढ्नेले ढाकेर मलाइ सुताइएको थियो । अचम्म लाग्यो यस्तो पनि हुनेरहेछ । भोगाइ हो यो म आखा चिम्लेर सोचिरहन्थे सायद म जिउदो हुंदा हजारबार लडाएर मेरो लर्खराहटमा कृतिम हात दिन तम्सिनेहरु पनि यो हुलमुलमा उदास भएको नाटक गरिरहेका छन् । कति अचम्मको छ दुनिया न दुःख साट्न सकिन्थ्यो न सुख बाँड्न । तर आज उनीहरू पनि मेरो मृत्युपत्रमा हस्ताक्षर गर्न आएका छन् । अझै हतार हतार , हेरे आशु साच्चै बगाएका छन् तर किन ? आफैलाइ सोध्न नपाउदै छोरालाइ नजिक ल्याइयो ।

ममी किन सुतेको किन नउठेको भनेर सबैलाइ सोधेको थियो । लाग्यो जुरुक्क उठेर च्याप्प समाएर बाबु भनौ, तर त्यतिबेलै पण्डित आएर मलाइ सिंगार्न थाले । बिहेमा समेत नलगाएको सिन्दुर लगाइदिन भन्दा बुढाका आँखामा पनि आंशु छचल्किएको थियो । सिंगो जीवन संगै जिउने कसम खाएकी पत्नीलाइ मृत्यु सैयामा देख्ने तागत नभएर उनी लर्खराइरहेका थिए । सायद यो लामो काल खण्डमा सिसाकलमले लेखिएका राम्रा नराम्रा पक्षहरुलाइ मेट्दै फेरि लेख्दै सच्याउंदै मिलाउदै जिन्दगीले सुनौलो घेरा कोर्ने दौरानमानै मलाइ मृत्यु घोषणा गरिएको थियो ।

पटक्कै मन थिएन जीवन जगतबाट हात धुन तर बिधिको बिधान न हो मान्छेले सोचेर कहाँ हुने रैछ र मलाइ चिच्याएर रुन मन लाग्यो । कुनैपनि हालतमा म सानो छोरा छोडेर जानै चाहेकी थिइन । सिगों जीवन नियाल्दै छोराको भविश्य सम्झे सहन पनि गाह्रो भयो चिट–चिट पसिना आए । बुढाले लगाइ दिएको सिन्दुर पसिनाले बग्न थाल्यो । त्यति बेलै बा–आमालाइ अगाडि ल्याइयो । सायद आफुले जन्माउदा र हुर्काउदाको पीडा सम्झेर होला चिच्याएरै रुन थाल्नु भयो । निधारमा हात राखेर पूरा जिन्दगी नियाल्दै जादा बा लाइ पनि लागे होला आफै बिहे गरेपनि त राम्रै थियो । आखिर बा–आमाले आफ्ना सन्तानको खुशीको प्राथना आंफु बाँचुन्जेल गर्छन । छोराछोरीको सुख दुखमा साथदिदै बुढा हुन्छन यो त रितनै त हो । कुन आमा बाउ होला छोराछोरीको खुशीमा खुशी ,रहन नसक्ने ? आमाको मुख हेरे अनेक बादलहरु थिए अनुहारमा । निधार खुम्च्याएर खै के सोचेर हो फेरि भक्कानिदै थिइन । अचम्म छ दुनियाँ !! म बाँचुन्जेल मेरा हरेक सुख दुखले भतभति पोलेकाहरु पनि यो लाममा सहभागी थिए । कहिल्यै म संग मन भित्र बाट खुशी नभएकाहरु पनि चिन्तित नै थिए ।

आखिर मर्नुपर्ने रहेछ न कहिल्यै फर्किन सकिन्छ ,न मिल्न ,न कुरा गर्न । र पनि बाचुन्जेल र किन तं त मम गर्छ मान्छे । आफैलाइ   सम्झें । कान्छाबाले बारीको सांज मिचे भनेर कम्मर फर्काएर झगडा गर्थें । एकदिनत उनलाइ हातै हालें । तर आज म निर्वस्त्र पारिएकी छु । कालिगढकोमा गएर हिंजै मात्र बनाएर ल्याएको कानको टप पनि लाउन नपाउँदै मलाइ मृत्युु घोषणा गरिएको छ । मेरा शरिरका सबै कपडा खोल्ने तर्खर हुंदा म लाजले पानी– पानी भएकी छु ।

मलाइ अप्ठ्यारो हुन थाल्यो, धेरैबेर एकैठाउंमा पल्टिँदा कोल्टोफेर्ने मन थियो तर पण्डित मेरै अगाडि बसेर मेरो बैकुण्ठको बासको ब्यबस्था गर्दै थिए । थोरै आखां चिहाएर हेरें दिदीबहिनी र दाइभाइहरु कोकोहलो मच्याउदै आए । उनीहरूको चित्कारले मेरो आखांबाट आंशु    टप्कियो । आंगनमा संगै खेलेका क्षण सम्झें । भाइहरुलाइ बोकेर गाउँ डुलाएका यादले मुटु भक्कानियो । कसैलाइ पनि राम्रो गर्न सकें या सकिन खै के बुझे मलाइ बुझ्नेहरुले तर मैले खै कस्लाइ के नराम्रो गंरे खुट्टाउनै सकिन । हुनत मान्छेले आफ्नो गल्ती र कमजोरी स्वीकार्न तयार हुंदैन । तर म सिगों जिन्दगी नियाले, कहानेर बाट म फिसलिए खै कहाँनेर कमजोर बने ।

मलाइ सिंगार्न बसेका पण्डीत पनि चिन्तित थिए । हुनत मेरो कर्मकाण्डमा उनले पैसा पाउथे तर उनको मुहारमा पैसा पाउने खुशी भन्दा पनि मेरो मृत्युुको दुख प्रष्ट देखिन्थ्यो । मान्छेहरु पैसाले खुशी किन्न तछाड मछाड गरिरहेको समय ,सम्पन्नता र सम्पत्तिको कारण आफ्नोपन मेटाउन खोजिरहेको समय पैसाको भन्दा मेरो चिन्ता गरेर अमिलो बनेको पण्डीतलाई मैले महान सम्झे ।

पैशा, सत्ता र सम्पत्तिले हर अपराध ढाक्न तछाड मछाड भैरहेको समयमा यी पण्डीत किन दुखी होलान मेरो मृत्युुले । लाग्यो कतै बुढाले हिसाब किताब राम्रो गरेनन्की पण्डीतसंग । बुढातिर हेरें । उनका आंखा रसाएका थिए । अब छिटो गरेर बाँधौं पण्डीत जुरुक्क उठे । म डरले थरथर कांपे । के म आज सांच्चै मरेकै हो र खै कस्लाइ सोध्ने । सबै मेरो मृत्युुपत्रमा हस्ताक्षर गर्न आतुर छन् । मलाइ जन्माउने देखि,संगै खेलेर हुर्केकाहरु,सिगों जीवन साथ रहने कसम खाएकाहरु । सानो छोरा चिच्याएर रुन थाल्यो मामु स्कुल जान ढिला भयो खै ड्रेस लगाइदिएको । मेरा आंखाबाट समुन्द्र धारा आंशु बगे ।

सोचे म मरेकी छैन मेरा बाले मलाइ यहाँबाट उठाउने छन, मेरी आमाले हात दिनेछिन उठ भन्दै, मेरा दिदीबहिनी दाइभाइले मलाइ पक्कै उठाउने छन । अंह कोही अगाडि आउदैन । मलाइ छट्पटी भयो । चिट चिट पसिना चुहिन थाले । पण्डीतले मुखमा अक्षता नराख्दै म आफै जुरुक्क उठें । किनकी हर संकटमा आंफै उठ्न सक्ने बानीपरेको थियो । साँच्चै कहानी पनि कति दर्दनाक हो । सायद यो उनको सपना    थियो !!!!

 

 

    Comment Here!


सम्बन्धित समाचार

View All