मेस्सीको दुई मिनेटमा २ गोल

सेल्टा भिगो ५ शून्य गोल अन्तरले पराजित

2018-01-12 14:46

काठमाडौं, २८ पुस ।  स्टार स्टाइकर लियोनेल मेस्सीले दुई मिनेटमा २ गोल गरेपछि कोपा डेल रे प्रतियोगितामा बार्सिलोना विजयी भएको छ ।

बार्सिलोनाले सेल्टा भिगोलाई ५ शून्य गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको १५ मिनेटमा नै मेस्सीले २ गोल गरेका थिए । पहिलो हाफमा नै ४ गोल गरेको बार्सिलोना दोस्रो हाफमा एक गोल गर्दै ५ शून्य गोल अन्तरले विजयी भएको हो । कीर्तिमानी मूल्यमा लिभरपूलबाट बार्सिलोना गएका फिलिप्स कोटिन्हा भने यो खेलमा मैदानमा गएका थिएनन् ।

 

    Comment Here!


सम्बन्धित समाचार

View All