सिता दाहाल उपचारको लागि दिल्ली प्रस्थान

2018-01-14 11:06
 काठमाडौं,३० पुस। नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सिता दाहाल उपचारका लागि नयाँ दिल्लि प्रस्थान गरेकी छन् ।

थाइराइड र प्रेसर तथा सुगरले ग्रस्त सिता अाज उपचारका लागि दिल्लि गएकी हुन् ।

यसअघि नेपालमै उपचार हुँदै अाएकाे भएपनि यसपटक नयाँदिल्ली गएकी छन् । प्रचण्डको नीजि सचिवालयले भने अस्पतालले नै दिल्ली रिफर गरेको हो ।

पुत्र प्रकाश दाहालकाे निधनकाे पिडाले स्वास्थ्य समस्या बढाएकाे भएपनि सिता प्रचण्डकाे साथमा निर्वाचन प्रचारका कार्यक्रममा व्यस्त थिर्इन ।

तर पछिल्लाे समय स्वास्थ्य समस्या बढेपछि नर्भिक अस्पतालमा उपचार हुँदै गर्दा दिल्लि रिफर गरिएकाे हाे । सिताकाे साथमा छाेरीहरु गंगा दाहाल र रेणु दाहाल गएका छन् । प्रचण्ड भने गएका छैनन् ।

    Comment Here!


सम्बन्धित समाचार

View All