जम्मु कास्मिर विवाद राष्ट्रसंघीय प्रस्तावअनुरुप समाधान हुनुपर्ने -राजदूत जाबेद

2018-02-05 15:00

काठमाडौँ, २२ माघ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसंघीय प्रस्तावअनुरुप समाधान हुनुपर्नेमा जोड दिनुभएको छ ।

पाकिस्तानी दूतावासद्वारा आज यहाँ आयोजित ‘जम्मु कास्मिकर विवादको ऐतिहासिक यथार्थ’ विषयक प्रवचनमा उहाँले कास्मिरका जनताको भावना बमोजिम जनमत संग्रह हुनुपर्ने राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा जोड दिनुभयो ।

वरिष्ठ पत्रकार राजन कार्कीले सरकारका कुनै पनि मुलुक मानवअधिकार उल्लंघनका घटनाबाट मुक्त हुनुपर्ने बताउँदै कास्मिर समस्या संयुक्त राष्ट्रसंघकै प्रस्तावअनुरुप हुनु आवश्यक भएको उल्लेख गर्नुभयो ।

विश्लेषक शास्त्रदत्त पन्तले पण्डित नेहरुले गरेको वाचा बमोजिम कास्मिरी जनताका आकांक्षा सम्बोधन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

हरेक वर्ष आजकै दिन पाकिस्तानले विश्वभर ऐक्यबद्धता दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा उक्त दिवस आज यहाँ आयोजना गरिएको हो ।

    Comment Here!


सम्बन्धित समाचार

View All