भोजपुरका सर्वसाधारणले पाए गाउँमै नागरिकता

2018-02-11 08:58

 

भोजपुर, २८ माघ। भोजपुर पौवादुङमा गाउँपालिकाको सानोदुम्माका सर्वसाधारणले गाउँबाटै नागरिकता प्राप्त गरेका छन् ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालको अगुवाइमा शनिबार सञ्चालन गरिएको एकदिने एकीकृत घुम्ती शिविरबाट सर्वसाधारणले नागरिकता लगायतका विभिन्न सेवा सुविधा गाउँबाटै प्राप्त गरेका हुन् ।

सो शिविरबाट ८५ जनालाई नागरिकता वितरण, तीन जनालाई अपाङ्गता परिचयपत्र, जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाबाट १७० जनाको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण लगायतको सेवा प्रवाह गरिएको थियो ।

त्यस्तै जिल्ला भू–संरक्षण, वन, कृषि तर्फबाट एक हजार २०० बिरुवा वितरण गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । राज्यको सेवा जनताको घरदैलोमा पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय भोजपुरको अगुवाइ तथा अन्य विषयगत कार्यालयको आयोजनामा एकदिने शिविर सञ्चालन गरिएको हो । घुम्ती शिविरबाट यहाँका स्थानीय निकै लाभान्वित भएका छन् ।

    Comment Here!


सम्बन्धित समाचार

View All