प्रदेश नं. २ को मुख्यमन्त्री लालबाबु राउत नियुक्त

2018-02-14 11:36

जनकपुरधाम २ फागुन । प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका नेता लालबाबु राउत नियुक्त भएका छन् ।

प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई राजपाको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

१०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद रहेका छन् । त्यहां बाम गठवन्धन प्रमुख प्रतिपक्षी दल बन्नेछ ।

    Comment Here!


सम्बन्धित समाचार

View All