एनसेल टावरमा राखिएको बम डिस्पोज गरियो

2018-02-14 16:49

काठमाडौं, २ फागुन । नेपाली सेनाले भक्तपुरको सल्लाघारीस्थित एउटा गार्मेन्ट उद्योगको छतमा रहेको एनसेल टावरमा भेटिएको प्रेसर कुकर बमलाई डिस्पोज पारेको छ। करिब दुई घन्टाको प्रयास पछि बम डिस्पोज पारिएको हो ।

एनसेल टावर रहेको ठाउँमा शंकास्पद वस्तु भेटिएपछि स्थानियले प्रहरीलाई खबर
गरेका थिए ।

प्रहरीले अज्ञात समूहले सर्वसाधारणलाई आतंकित पार्ने गरी प्रेसर कुकरमा केही विस्फोटक पदार्थ राखेको भन्ने खबर प्राप्त भएपछि सेनाको टोलीलाई खबर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए।

बम भेटिएपछि अरनिको राजमार्ग भएर गुड्ने यातायाताका साधनलाई समेत दुई घन्टा गुड्न रोक लगाएको थियो।

दुई सुरक्षा गार्ड रहेको सो भवनको छतमा कसरी बम राखियो भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

 

    Comment Here!


सम्बन्धित समाचार

View All