प्रदेश नम्बर २ का सभामुखले लिए हिन्दीमा सपथ

2018-02-14 18:18

जनकपुर, २ फागुन । प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवले बुधबार हिन्दीमा सपथ लिएका छन् । प्रदेश नम्बर २ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले यादवलाई बुधबार सपथ गराएका हुन् ।

यादवले हिन्दी भाषामा सपथ लिएका छन् । प्रदेश सांसदहरुले मैथिली र भोजपुरीलाई छाडेर हिन्दी भाषामा सपथ लिएकोमा विरोध भइरहेका बेला सभामुख यादवले पनि हिन्दी भाषामा सपथ लिएका हुन् ।

सपथ समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी थिए ।

    Comment Here!


सम्बन्धित समाचार

View All