ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्य

2018-02-15 08:13

काडमाडौं, ३ फागुन ।  काठमाडौंमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

अर्का एक जना घाइते भएका छन् उनको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । । काठमाडौं महाराजगञ्जमा रहेको शिक्षण अस्पताल अगाडि रोकिराखेको ना ६ ख ५२१६ नम्बरको ट्रकमा बा ७३ प १८८२ नम्बरको मोटरसाइकल ठोक्किँदा बुढानिलकण्ठका २१ वर्षीय सन्तोष कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

 

    Comment Here!


सम्बन्धित समाचार

View All