प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत हुने
2018-04-10 18:02
जनकपुरधाम, २७ चैत । प्रदेश नं २ सरकारकोे नीति तथा कार्यक्रम बुधबार प्रस्तुत हुने भएको छ ।
सभामुख सरोजकुमार यादवले आज प्रदेशसभाको १२ औँ बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र पढेर सुनाउँदै सो जानकारी दिनुभएको हो ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार बिहान ११ बजे प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।
Comment Here!