भिरबाट लडेर मृत्युु

2018-04-16 19:37

संखुवासभा, ३ वैशाख । संखुवासभाको खाँदबारी नगरपालिका वडा नं.९ ढुंगेधारामा घाँस काट्ने त्रममा भिरबाट लडेर घाइतेको मृत्युु भएको छ ।

आइतबार दिउसो ३ बजे ३५ बर्षिय खड्ग मगर घाँस काट्ने क्रममा भिरबाट लडेर टाउकोमा गम्भिर चोट लागेको थियो ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पु-याईएको थियो । तर तल्काल उपचार हुन नसकेपछि सोमबार बिहानै थप उपचारको लागि बिराटनगर स्थित न्युरो अस्पताल पुर्‍याउदा उनको त्यहि दिउसो ४ बजे मृत्युु भएको अस्पतालले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय
संखुवासभाको ईन्सपेक्टर बेद प्रसाद गौतमले जानकारी दिए ।

    Comment Here!


सम्बन्धित समाचार

View All