लण्डनको बार्नेट काउन्सिलरमा लक्ष्य गुरुङ निर्वाचित

2018-05-04 16:00

बेलायत । बेलायतमा बिहिबार भएको स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलरमा लक्ष्य गुरुङ विजयी हुनुभएको छ ।

लण्डनको बार्नेट काउन्सिलको हेल वार्डबाट गुरुङ सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवार हुनुहुन्थ्यो । गुरुङले ३००७ मत प्राप्त गर्नुभएको थियो । सो वार्डमा सबै कन्जरभेटिभ पार्टीले प्यानल नै जितेको छ ।

नेपालको कास्की पुख्यौली घर रहेका गुरुङ १३ वर्षदेखि बेलायत बस्दै आउनुभएको छ । बेलायतको बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष समेत रहनुभएका गुरुङ गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको पूर्व उपसंयोजक समेत हुनुहुन्थ्यो ।

विजयी भए लगतै लन्डन नेपाल न्युज डटकमका प्रधान सम्पादक शिब भण्डारी संग टेलिफोन मा कुरागर्दै भूपू गोर्खाजको बिषय सहित,नेपाली समाजका लागि कम्युनिटीहल उपलब्ध गराउने, नेपाली बालबालिकालाई निशुल्क नेपाली पढाउने र बृद्धहरुलाई अंग्रेजी कक्षाको व्यवस्थापन गर्ने योजना छ गुरुङले भने, ‘मेरो क्षेत्रमा करीब ६ सय नेपाली बस्छन्, नेपाली दाजुभाई दिदीबहिनीहरुबाट राम्रो सहयोग पाए खुसि छु उनले भने ।’

बेलायती प्रधानमन्त्री टेरिजा मे समेत गत महिना गुरुङको चुनावी अभियानमा सामेल भएकी थिइन्। चुनावी प्रचार प्रसारका क्रममा प्रधानमन्त्री मेले गुरुङलाई विजयका लागि शुभकामना समेत दिएकी थिइन्।

    Comment Here!


सम्बन्धित समाचार

View All