सन्दिप लामिछाने ‘वर्ल्ड ११’ मा परे, वेष्ट इण्डिजविरुद्ध खेल्ने

2018-05-16 16:31
काठमाडौं, २ जेठ। नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने ‘वर्ल्ड ११’ मा परेका छन् । यो खेल ३१ मे मा लर्डसमा हुनेछ ।

बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल हुनेछ । किनकी उनको टोलीको कप्तान इयान मोर्गान हुन् । यस्तै टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् ।

    Comment Here!


सम्बन्धित समाचार

View All