रुपन्देहीमा गोली चल्यो, एक जना घाइते

2018-05-16 20:44

बुटवल, २ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा गोली चलेको छ ।

अज्ञात समूहले गरेको गोली प्रहारबाट एक युवक घाइते भएका छन् । घाइते रामकेश धवल नामका युवा रहेको बताइएको छ ।

उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।

घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All