राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि

2018-05-16 21:02

 

काठमाडौं, २ जेठ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ ।
बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले बताए ।

मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All