गाउँपालिकाका अधिकृतमाथि जाइलागे स्थानीयवासी

2018-05-17 18:23

हुम्ला, ३ जेठ। सिमीकोट गाउँपालिकाका अधिकृत अर्जुन दर्जीमाथि आज स्थानीयवासीले हातपात गरेका छन् ।

बाटो निर्माणका क्रममा विनियोजित बजेटले नपुगेपछि थप बजेटको माग गर्दै गाउँपालिका पुगेका वडा नंं ४ का बासिन्दाले आज दर्जीमाथि हातपात गरे । उनीहरुले बजेट माग गर्दा अधिकृत दर्जीले बजेट थप्न नसकिने बताएपछि आक्रोशित भई स्थानीयवासीले उहाँमाथि हातपात गरेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिनुभयो ।

    Comment Here!


सम्बन्धित समाचार

View All