काठमाडौं, १२ मंसिर । पछिल्लो समय सीमा विवादका कारण दुई देशबीचको सम्बन्ध त्यति सुमधुर नभइरहेको बेला भारतले श्रृंगलालाई नेपाल पठायो । नेपाल भ्रमणमा रह“दा श्रृंगलाले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा प्रतिपक्षी दलका नेताहरुसग शिष्टाचार भेट गर्नुभयो भने कोरोनाविरुद्धको खोपमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता पटक–पटक दोहो¥याउनुभयो ।
भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगला र नेपालका उच्चस्तरीय पदाधिकारीहरुबीच भएको उच्चस्तरीय भेटमा १९ बु“दामा छलफल भयो । जसमध्ये नेपाल भारतबीचको सीमा विवाद एवम् द्धिपक्षीय सम्बन्ध सुधारको विषय यतिबेला निकै चर्चामा छ । यसमा पनि भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको नया दिल्लीमा आगामी डिसेम्बरको दोस्रो साता हुन गइरहेको ंपरराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको निम्तो थप चासोको विषय बनेको छ । मिती तय नभएपनि विदेशमन्त्री एस जयशंकरको निम्तो विदेश सचिव हर्षबद्र्धन श्रृंगलाले नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई हस्तान्तरण गर्नुभएको छ । भारतीय विदेशमन्त्री हर्षबद्र्धन र नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दुवैले दुइ देशबीचको सम्बन्ध र सहकार्य थप मजबुत बनाउदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त आयोगको बैठक २३ वर्षपछि सन् २०१४ मा भएको थियो जसले कालापानी र सुस्ताका विषयका विवादलाई समाधान गर्न निर्देशन दिएको थियो । र पालैपालो बैठक गर्ने परम्परा अनुसार सन् २०१६ र सन् २०१८ मा सो आयोगको बैठक भएको थियो । तर नेपाल र भारतबीचका झण्डै डेढ दर्जन द्धिपक्षीय संयन्त्रहरुबीचमा भने बैठक सुचारु हुन सकेको छैन । झण्डै ६० को दशकदेखि दुइ देशबीचमा सीमा विवादबारे नेपालले पटक–पटक आव्हान गरेपनि भारतले बाहनाबाजी गर्दै आलटाल गर्दै आएको थियो । नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओली बताउनुहुन्छ, वि.सं. २०३८ सालयता मात्रै ४, ५ पटक सीमाकै विषयमा गम्भिर कुरा उठिसकेको छ ।
नेपाल र भारत सम्बन्ध लगायत सबै देशस“गको परराष्ट्र सम्बन्ध सुधार एवम् विकसित बनाउदै लान देशकै परराष्ट्रनीति सबल बनाउदै लानुपर्ने राजनीतिशास्त्री एवम् कुटनीतिज्ञ डाक्टर लोकराज बरालको भनाइ छ । भारतको नेपालनीति छ तर नेपालको भारतनीति छैन । डाक्टर बरालको विश्लेषण छ, अहिले त नेपालमा परराष्ट्र मन्त्रालय नै छैन भन्दा फरक पर्दैन, देशको परराष्ट्रनीति एकदमै नाजुक बन्दै गएको छ ।
भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगालसग राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीबीच भएको सबै उच्चस्तरीय भेटमा सीमा विवादका विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले पनि सीमा विवादलाई वार्ताका माध्यममार्फत समाधान गर्नसक्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय द्धिपक्षीयबीचको सम्बन्धमा आइरहेको चिसोपन र कटुततालाई कम गरि आपसी सम्बन्ध सुधार गर्न यस्ताखाले भ्रमणले अवश्यपनि महत्वपूर्ण भूमिका खेलेको छ । तर पनि परराष्ट्रविद्हरुले निरन्तर जोड दिदै आएजस्तै सीमाका विषयमा नेपालले सदैव एक बुदे एजेण्डामा अडिग रहनुपर्ने खाचो अझ टड्कारो भएको छ ।
प्रतिक्रिया दिनुहोस्