गलेश्वर, ४ वैशाख:
म्याग्दीको सदरमुकाम बेनीबजारका गृहिणी पछिल्लो समय कौसीखेतीतर्फ आकर्षित भएका छन् ।
समय कटाउन पनि सजिलो, आफैँले घरकै छतमा फलाएका ताजा तरकारी पनि खान पाइने, पैसाको पनि बचत हुने, घरको सुन्दरता पनि थपिने र बाहिर निस्कन नपर्दा सङ्क्रमणबाट पनि जोगिने भएकाले यहाँका गृहिणी कौसीखेतीतर्फ रमाउन थालेका हुन् ।
बेनी नगरपालिका– ७ र ८ मा पर्ने बेनीबजारमा एक हजार २०० भन्दाबढी घर छन् । तीमध्ये अधिकांश घरमा कौसीखेती गरिएको छ । अर्गानिक र विषादीरहित तरकारी खान पाइने, पैसाको बचत हुने र घरमा नै बसेर तरकारीको स्याहार गर्दा कोरोना सङ्क्रमणको जोखिम पनि कम हुने भएकाले कौसीखेती उपयोगी भएको बेनी नगरपालिका– ७ वीरेन्द्रचोककी सिर्जना भट्टचनले बताउनुभयो ।
उहाँ जस्तै बजारका ५० जना महिला र पुरुषले कौसीखेतीसम्बन्धी तालीम नै लिएर यो खेती शुरु गरेका हुन् । आफ्नो वडामा कौसीखेतीतर्फ गृहिणीको आकर्षण देखेर बेनी ७ ले दुई साताअघि कौसीखेतीसम्बन्धी तालीम नै सञ्चालन गरेको थियो ।
भान्छाबाट उत्पन्न फोहर व्यवस्थापन गरी सानो परिवारका लागि घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेतीलाई व्यवस्थित गर्न वडा कार्यालयले उपभोक्तासँग साझेदारीमा तालीम तथा आवश्यक साम्रगी खरीद गरी कौसीखेतीलाई व्यवस्थित गरेको बेनी नगरपालिका– ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर कौसीमा खेती गर्न सकिने भएपछि कौसीमा सानो क्षेत्रमा पनि घरपरिवारले तरकारी उत्पादन गर्न सक्ने प्रतिक्रिया दिनुभयो ।
तालीममा जैविक तरकारखेतीको आवश्यकता, माटोको तयारी, बाली छनोट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद व्यवस्थापन, सम्भावित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइएको थियो ।
वडा कार्यालयको वार्षिक बजेटअन्तर्गत उक्त तालीम सञ्चालन गरिएको थियो । तालीममा स्थानीय जातका तरकारी लगाउन प्रोत्साहन गरिने र (रासस)
प्रतिक्रिया दिनुहोस्