ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवामा हेलिप्याड निर्माण गरिने


एबीसी / संवाददाता
१९ बैशाख २०७८, आइतबार   १ : ५६   बजे
, १९ वैशाख
ग्रामीण बस्तीको आपत्कालीन अवस्थालाई सहज बनाउन जिल्लामा हेलिप्याड निर्माण अगाडि बढेको छ । प्रत्येक गाउँमा हेलिप्याड निर्माण गर्ने सरकारी नीतिलाई कार्यान्वयन गर्दै स्थानीय तहमार्फत यहाँका दक्षिणी भेकमा पाँचवटा हेलिप्याड निर्माण भएका छन् ।
नयाँ बनेका हेलिप्याडमा कालिका  गाउँपालिका–२  कालिकास्थान र सोही गाउँपालिका–४ र ५ जिवजिवे रहेका छन् । जिवजिवेको हेलिप्याड प्रदेश सरकार र कालिका स्थानको हेलिप्याड स्थानीय सरकारको आर्थिक सहयोगबाट तयार भएका कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेल अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी नौ कुण्ड गाउँपालिकाअन्तर्गत  सरमथलीडाँडा, पारच्याङको मुनि फाम्चेत  लारच्याङटारमा  हेलिप्याड निर्माण भएको गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो घलेले जानकारी दिनुभयो ।  ती हेलिप्याडमा परीक्षण उडान गराउन बाँकी रहेका छ्न । ठूलो घनाबस्ती रहेको भोर्ले, रूप्सेपानी तथा घडेरीडाँडा, लहरेपौवा, डाँडागाउँ एवं ठूलोगाउँमा हेलिप्याड निर्माण गर्ने  योजना अझै बन्न सकेको छैन । उत्तरगया क्षेत्रमा आपत्कालीन अवस्थाका लागि  भने बेत्रावतीस्थित  फलाखुखोलाको बगरमा हेली अवतरण गराउने  गरेका छन् ।
बेत्रावती बजार आसपास क्षेत्रका लागि विस्तार गरिएका स्थानीय विद्युत् लाइन र  चिलिमे जलविद्युत् केन्द्रमा उत्पादित विद्युत्को राष्ट्रिय प्रसारण लाइनसमेत नजीकमै पर्ने भएकाले फलाखु बगरमा  हेलिकप्टर अवतरण गराउँदा पाइलटहरूले निकै सावधानी  अपनाउने गरेका छन् ।
गोसाइँकुण्डले भने आफ्ना छवटै वडाअन्तर्गत धुञ्चे, स्याफ्रु, लाङ्टाङ, बृद्विम, टिमुरे, थुमन, क्षेत्रमा हेलिप्याड निर्माण गर्ने कार्य योजना बनाएको उक्त गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो ।
आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत गोल्जुङबेँशी र हाकुको पाङ्लिङमा दुईवटा हेलिप्याड निर्माण गराउने आफ्नो कार्ययोजना भएको जनाउँदै उक्त गाउँपालिका अध्यक्ष बुचुङ तामाङले विस्तृत  छलफल गर्न बाँकी रहेको बताउनुभयो । सदरमुकाम धुञ्चेस्थित साबिकको हेलिप्याड तथा खेलमैदानलाई  सुधार गर्दै फुटबल खेल प्रयोजनका लागि घेराबार लागेकाले  सो स्थानमा सहज रूपले हेलिकप्टर अवतरण गराउने अवस्था छैन ।
जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको हाताभित्र रहेको हेलिप्याडमा अवतरण गराउन अग्रिम स्वीकृति लिनुपर्ने बाध्यता रहे पनि   सेनाको हेलिप्याड उपभोग गर्न त्यति सहज नहुने पाइलटको भनाइ पाइन्छ । रसुवा रङ्गशालामा एकपटक अवतरण गराइसकेका प्रभु हेलिकप्टरका वरिष्ठ चालक पासाङनुर्वु शेर्पाले तारबार गरिएको धुञ्चे खेलमैदानमा बिरामी लिन जाँदा वा कुनै कारणले अपरझट  हेलिकोप्टर अवतरण गराउन गाह्रो पर्ने देखिएकाले स्थानीय सरकारले अर्काे स्थानमा छुट्टै हेलिप्याड निर्माण गरी हेलिकप्टर क्षेत्रलाई सहयोग गर्नेमा सम्पूर्ण पाइलट आशावादी रहेको बताउनुभयो ।
आकाशमा उड्दाउड्दै हावाहुरीको चाप बढ्यो भने छिटो बसाल्नु गर्नुपर्ने हुन्छ । एकातिर धुलोको असर अर्काेतर्फ घेराबार लगाइएको स्थान भएकाले टेलरोटरले छोला कि भन्ने डर, हेलिकप्टरमा पूरै यात्रु भएका बखत माथिबाट तल झार्न  असहज हुने देखिएको पाइलट शेर्पाले जानकारी दिनुभयो ।
यसैगरी अल्टिच्युट एयरका वरिष्ठ पाइलट विवेक खड्काले भने नयाँ हेलिप्याड निर्माण गराउँदा बोटबिरुवा र कुनै घेराबार नभएका खुल्ला  स्थानको आवश्यक पर्ने सुझाव दिँदै सकभर २५ मिटर लम्बाइ, २५ मिटर चौडाइको मैदान निर्माण भएमा अवतरणका लागि उपयुक्त हुने बताउनुभयो ।
हावाई मार्गबाट धार्मिक यात्राका लागि गोसाइँकुण्डको डिलमा तत्कालीन समयको ग्रामीण गरिबी  निवारण कार्यक्रम (टिआरपिएपी) ले निर्माण गरेको हेलिप्याडमा हेलिकप्टर अवतरण भइरहेका छन् । यसैगरी, चन्दनबारी र स्याफ्रुबँेशी एवं टिमुरेको घट्टेखोला, थाङ्साप, लाङ्टाङमा निजी क्षेत्रको हेलिप्याडमा हेलिकप्टर अवतरण गर्ने गरेका छन् ।
लाङ्टाङको क्याङ्जेनमा भने कृषि अनुसन्धान केन्द्रको स्वामित्वमा रहेको मैदानमा अवतरण गर्ने गरेको पर्यटन व्यवसायीले बताएका छन् । उत्तरी रसुवा पर्यटनको गन्तव्य  र अधिकांश भूभाग लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्ने भए तापनि उक्त कार्यालयले हेलिप्याड निर्माणको कुनै कार्य योजना बनाएको छैन ।
राष्ट्रिय निकुञ्जको नीति नियमअनुसार निकुञ्जको भूभागमा हेलिकप्टर अवतरण गरेबापत प्रतिउडान रु तीन हजार  राजश्व उठाउन पाउँछ ।  लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले भने हेलिप्याड निर्माणको व्यवस्थापन गर्न नसक्दा हावाई शुल्क बापतको राजश्वमा कमी  भएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group