ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘संविधानसभाको पर्यायवाची नेम्वाङ’


एबीसी न्यूज
२६ भदौ २०८०, मंगलबार   ५ : १३   बजे

काठमाडौं, २६ भदौ । संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तक एमाले मुख्यालयमा पुगिरहेका छन् ।

श्रद्धाञ्जली अर्पण गर्न पुगेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेम्वाङ नेपाली राजनीतिमा अत्यन्तै सन्तुलनकारी भूमिका खेल्ने व्यक्ति भएको बताए । पार्टीभित्र नेम्वाङलाई सम्मानका साथ हेरिने उनले उल्लेख गरे ।

“उहाँको अत्यन्त सन्तुलनकारी भूमिका, मृदुभाषी र संयमित ढंगले प्रतिकूलताहरूलाई अनुकूलतामा बदल्ने कोसिस गर्ने नेताको रूपमा मैले बुझ्दछु । राष्ट्रिय राजनीतिमा खासगरी जनताका निर्वाचित प्रतिनिधिहरूबाट संविधान निर्माण गर्ने क्रममा जुन ऐतिहासिक भूमिका उहाँले खेल्नुभयो, त्यो स्मरणीय छ, ऐतिहासिक महत्त्व राख्ने भूमिका छ,” नेता पोखरेलले भने, “यसलाई हामी कहिल्यै भुल्न सक्दैनौँ ।

उहाँलाई पार्टीमा सम्मानका साथ हेरिन्थ्यो, बुझिन्थ्यो । उहाँको भूमिका पनि प्रतिकूलताहरूमा, अप्ठ्यारो क्षणहरूमा उहाँ जहिल्यै पनि सन्तुलनकारी भएर प्रस्तुत हुनुभयो । समस्यालाई सुल्झाउने दृष्टिकोण जहिल्यै पनि राख्ने । समस्या परेको बेलामा बल्झाउने होइन, सुल्झाउने हिसाबले प्रस्तुत हुने उहाँको चरित्र थियो ।”

पूर्वसभामुख एवं नेकपा ९माओवादी केन्द्र०का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आफू सभामुख रहेका बखत नेम्वाङसँग दैनिक छलफल गर्ने गरेको बताए । नेम्वाङले रचनात्मक, सिर्जनात्मक र परिपक्व सल्लाह दिने गरेको उनले स्मरण गरे ।

कम्युनिस्ट पार्टीको पुनर्गठनको आवश्यकता भएका बेला नेम्वाङजस्तो समन्वयकारी व्यक्ति गुमाउनुपरेको भन्दै उनले दुःख व्यक्त गरे ।

“म सभामुख हुँदाखेरि दिनदिनै मैले उहाँसँग छलफल गर्थेँ । सधैँभर उहाँले रचनात्मक, सिर्जनात्मक खालको परिपक्व सल्लाह दिनुहुन्थ्यो । यस अर्थमा मलाई सच्चा मित्र, देशको संवैधानिक कानुनको ज्ञाता र असल राजनीतिज्ञ गुमाएको अनुभूत भएको,” उनले भने, “अहिले कम्युनिस्ट पार्टीको पुनर्गठनको आवश्यकता महसुस भइरहेको बेलामा त्यस्तो समन्वयकारी व्यक्तित्व गुमाउनुपर्दा म स्तब्ध छु ।”

नेकपा ९माओवादी केन्द्र०की उपाध्यक्ष पम्फा भुसालले नेम्वाङ संविधानसभाको पर्यायवाचीका रूपमा रहेको बताइन् । नेम्वाङ एउटै कम्युनिस्ट आन्दोलन र पार्टी चाहने व्यक्ति भएको उनको भनाइ छ ।

“संविधानसभाको एउटा पर्यायवाचीको रूपमा चिनिने व्यक्तित्व र नेतृत्व हो । अझ उहाँको शालीन, सौम्य, बौद्धिक व्यक्तित्वचाहिँ विशेष ढंगले स्मरणीय छ,” उनले भनिन्, “हाम्रो संविधान भन्नेबित्तिकै सुवास नेम्वाङ जोडिएर आउनुहुन्छ । उहाँको अप्रत्यासित मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गर्छु । उहाँ एकीकृत कम्युनिस्ट आन्दोलन, एउटै कम्युनिस्ट पार्टी चाहने व्यक्तित्व हो । हाम्रो आन्दोलनमा उहाँको भूमिका सम्झिरहनेछौँ ।”

एमालेका सांसद सूर्य थापाले नेम्वाङले राष्ट्रिय राजनीतिमा आफूलाई सहमतिको मियोका रूपमा प्रस्तुत गरेको बताए । समकालीन राजनीतिमा नेम्वाङजस्तो अर्को पात्र नभएको उनले उल्लेख गरे ।

“उहाँले राष्ट्रिय राजनीतिमा आफूलाई विमतिका बीच सहमतिको मियोको रूपमा प्रस्तुत गरेर खासगरी तमाम खालका द्वन्द्व र विमतिहरूलाई पनि सहमतिका साथ निचोड र निष्कर्षमा पुर्‍याउने कामको नेतृत्व गरेर अगाडि बढ्नुभएको छ,” उनले भने, “समकालीन राजनीतिमा उहाँको यो व्यक्तित्वको क्षतिपूर्ति गर्न सक्ने अर्को पात्र हामीले देख्न सकिरहेका छैनौँ । लामो समयसम्म उहाँको यो अभाव खड्किइरहनेछ ।”

नेम्वाङबाट संसदीय राजनीतिका विषयमा आफूजस्ता नयाँ सांसदहरूले सिक्नुपर्ने कुरा धेरै रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group