ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुप्रिम सहकारी ठगी प्रकरण, रवि र छविसँग ८ करोड ४१ लाख रुपैयाँ बिगो दाबीसहित रुपन्देही अदालतमा मुद्दा दर्ता हुँदै


एबीसी न्यूज
३ माघ २०८१, बिहिबार   ३ : २२   बजे

काठमाडौं ३ माघ । इलाका प्रहरी कार्यायले बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका थप १४ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित रूपन्देही जिल्ला अदालतमा बिहीबार नै मुद्दा दर्ताको तयारी गरेको छ । यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्न लागिएको हो । रवि लामिछानेलाई ४ करोड १३ लाख र छविलाल जोशीलाई ४ करोड २८ लाख रुपैयाँसहित ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो माग गरिएको छ । यसअघि प्रहरीले सुप्रिम सहकारीकै रकम अपचलन गरेको अभियोगमा गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको छ ।

प्रहरीले गत शुक्रबार नै ४ सय पेज बढीका दुई प्रतिवेदन सरकारी वकिलको कार्यालयई बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले मुद्दा दर्ताका लागि कागज रुजु गर्ने काम भइरहेको र केही बेरमा मुद्दा दर्ता हुने बताए ।

‘हामीले आजै मुद्दा दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेका छौं,’ उनले भने, ‘अहिले कागज पञ्जीकरण गर्ने काम भइरहेको छ ।’ सुरु प्रतिवेदनका २८ जना र पूरक जाहेरीका आधारमा रवि र छविसहित १४ जना थप गरेर प्रहरीले ४२ जनालाई मुद्दा चलाउनु पर्ने राय प्रतिवेदनमा दिएको छ । असोज ५ गते रवि र छविविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले थप पूरक प्रतिवेदन तयार गरेको हो ।

स्रोतका अनुसार प्रतिवेदनमा रवि लामिछानेलाई व्यक्तिगत २ करोड र सामूहिक दायित्व २ करोड १३ लाख गरी ४ करोड १३ लाख रुपैयाँ, छविलाल जोशीलाई २ करोड ५० लाख व्यक्तिगत र १ करोड ७८ लाख सामूहिक दायित्व गरी ४ करोड २८ लाख बिगो दाबी माग गरिएको छ । सुप्रिमबाट २ करोडको ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ लामिछानेको खातामा गएको देखिएको छ ।

त्यसको भौचरसहित प्रहरीले प्रतिवेदनमा समेटेर २ करोडलाई व्यक्तिगत र अन्यलाई सामूहिक दायित्वमा उल्लेख गरेको छ । लामिछानेका नाममा २०७७ चैत १८ गते २ करोड रकम ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको थियो । उक्त रकमको भौचर सुप्रिमका व्यवस्थाप सागर केसीले सदर गरेका थिए । सुप्रिमकी कर्मचारी रोशनी गुरुङले लामिछानेका नाममा जम्मा गरेकी थिइन् ।

रकम जम्मा गरेकै आधारमा प्रहरीले यसअघि रोशनीलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतले उनलाई २ लाख धरौटीमा रिहा गरेको थियो । त्यस्तै प्रहरीले गितेन्द्रबाबु राईलाई ४ करोड ९ लाख रुपैयाँ थप बिगो, दीपक लामालाई ४ करोड २५ लाख, नरेश जिसीलाई ३ करोड, हेमन्त अधिकारीलाई २ करोड ७७ लाखसहित ४२ जनाबाट बिगो भराउने गरी मुद्दा दर्ता गर्न भनेको छ ।

बुटवलस्थित सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब १२ करोड भन्दा बढी रकम अपचलन भएको छ । कास्की प्रहरी हिरासतमै रहेका बेला कात्तिक ८ गते जिल्ला अदालत रूपन्देहीबाट पनि लामिछानेलाई पक्राउ पुर्जी जारी भएको थियो । कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला कात्तिक २७ गते भैरहवा ल्याएर रूपन्देहीको सुप्रिम सहकारी ऋण तथा बचत संस्थाको रकम अपचलन सम्बन्धमा बयान भएको थियो ।

तीन दिनसम्म बयान गराएर लामिछानेलाई पुनः कास्की नै लगिएको थियो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा गत वैशाख ३ गते रूपन्देही जिल्ला अदालतमा दर्ता भएको थियो । सुरु मुद्दाका आधारमा सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ पुर्पक्षका लागि थुनामा छन् । कर्मचारी रोशनी गुरुङ, सुप्रिम सहकारीका पूर्व सचिव एवं पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसहित ६ जनालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu