ट्रम्पका अघि अस्तव्यस्त र खतरनाक विश्व खडा छ
हामी एक लगातार खतरनाक र चुनौतीपूर्ण विश्वमा बाँचिरहेका छौँ। आजको विश्वव्यापी भू–राजनीतिमा दशकौँमा देखिएको भन्दा धेरै तनावपूर्ण बिन्दुहरू छन्, जसले डोनाल्ड ट्रम्पको आगमन हुँदै गरेको प्रशासन र सम्पूर्ण अमेरिकाका निर्वाचित नेताहरूलाई पुस्तौँसम्म चुनौती प्रस्तुत गर्दछ।
पेनेटा इन्स्टिच्युट फर पब्लिक पोलिसीमा, मैले विद्यार्थीहरूलाई भन्ने गरेको छु –हाम्रो लोकतन्त्रमा हामी नेतृत्वद्वारा वा संकटद्वारा शासन गर्छौं। यदि नेतृत्व जिम्मेवारीका साथ जोखिम लिन तयार छ भने, हामी संकटलाई टार्न वा कम्तीमा नियन्त्रण गर्न सक्छौं। तर यदि नेतृत्व त्यसमा अनुपस्थित छ भने, हामी अनिवार्य रूपमा संकटद्वारा शासन गर्नेछौँ। यो परराष्ट्र नीतिमा पनि लागू हुन्छ ।
जब राष्ट्रपति–निर्वाचित ट्रम्प आफ्नो दोस्रो कार्यकालको शपथ लिन लागिरेहेका छन्, विश्वभरि सोधिएको एउटा आधारभूत प्रश्न के छ भने उनले आफ्नो पहिलो कार्यकाललाई परिभाषित गर्ने अनपेक्षित र अस्तव्यस्त परराष्ट्र नीति दोहोर्याउँछन् कि उनले आफ्ना अभियानका क्रममा बारम्बार जोड दिएको “शक्ति मार्फत शान्ति” को अवधारणा अपनाउँछन् भन्ने हो ।
राष्ट्रपति–निर्वाचित ट्रम्पले त्यो परराष्ट्र नीति अवधारणा, जसले बलियो सैन्य शक्तिले द्वन्द्व रोक्न सक्छ भन्ने धारणा राख्छ, तबसम्म स्वीकार गर्न सक्दैनन्, जबसम्म उनले राष्ट्रपति रोनाल्ड रेगनले नम्र्यान्डी आक्रमणको ४०औँ वार्षिकोत्सवमा दिएको मन्तव्यमा रहेको स्पष्ट व्याख्यालाई पनि आत्मसात गर्दैनन् । रेगन, जसले यस विचारलाई स्थापित गरेका थिए “हामीले अमेरिकामा दुई वटा विश्वयुद्धबाट कठोर पाठ सिकेका छौं। समुद्रपारको सुरक्षा गुमेपछि प्रतिक्रिया दिन हतार गर्नेभन्दा शान्तिको रक्षा गर्न यहाँ तयार हुनु राम्रो हो।” उनले यो पनि स्पष्ट गरेका थिए, “अमेरिकाका मित्र राष्ट्रहरूको शक्ति संयुक्त राज्यका लागि महत्वपूर्ण छ।”
डोनाल्ड ट्रम्पलाई दोस्रो कार्यकालमा सामना गर्नुपर्ने विश्व, उनले आफ्नो पहिलो चार वर्षमा सामना गरेको परिस्थितिभन्दा धेरै फरक र झन् खतरनाक छ। तानाशाहहरू, जो पहिले आफ्नो प्रभाव क्षेत्रहरूमा मात्र काम गर्थे, अहिले परस्पर सहयोग र आक्रामकताको अक्षमा सामेल भएका छन्।
रसियाका भ्लादिमिर पुटिन अब केवल एक मिजासिलो धम्क्याउने मात्र नभई, युक्रेनको सार्वभौम लोकतन्त्रमा आक्रमण गर्ने र पश्चिमका लोकतन्त्रलाई निरन्तर धम्की दिने एक तानाशाह हुन्।
चीनका शी जिनपिङले स्पष्ट रूपमा देखाइसकेका छन् कि उनले ताइवानमाथि आक्रमण गर्न तयार हुनेछन् र संयुक्त राज्यसँग सैन्य शक्तिको रूपमा प्रतिस्पर्धा गर्न चाहेका छन् । उत्तर कोरियाका किम जोङ उनले दक्षिण कोरियाको लोकतन्त्रलाई धम्की दिनमात्र होइन, रसियामा युक्रेनीहरूसँग लड्नका लागि ड्रोन र हजारौँ सैनिकहरू पठाइसकेका छन् ।
इजरायलले कमजोर बनाएको इरानले युरेनियम समृद्ध गर्ने कामलाई जारी राखेको छ र आणविक हतियार विकास गर्न अझ नजिक पुगेको छ।
आईएसआईएसले न्यू अर्लिन्समा “एकल अपराधी” आक्रमणलाई प्रेरित गर्दै आफ्नो क्रुर उपस्थितिलाई फेरि उठाएको छ।
ट्रम्पले आफूलाई सधैं एक सौदाबाजीकर्ता (डिलमेकर ) को रूपमा गर्व गर्दै आएका छन् र आफ्नो अभियानमा यस्तो प्रतिबद्धता गरेका थिए उनले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो केही दिनभित्रै यस्ता विवादहरूको समाधान गर्र्नेछन् । तर, विश्व अहिले झन् खतरनाक भएकाले यो सम्भावना कम छ। र यदि उनले प्रयास गरे पनि असफल भए भने, संयुक्त राज्य अमेरिकालाई कमजोर देखाइनेछ। यो चिन्ता पनि उठाइएको छ कि ट्रम्पले ग्रीनल्यान्ड, पनामा क्यानल क्षेत्र र क्यानडालाई धम्की दिँदै आफ्नो सुरुवात नै खराब बनाइसकेको मानिन सक्छ । यस्ता गैरजिम्मेवार र विघटनकारी टिप्पणीहरूले वास्तविक संकटहरूको सामना गर्ने सन्दर्भमा अमेरिकाको विश्वसनीयतामा आँच पु¥याउँछन् ।
रसियालाई क्रिमियामा र केही सीमित क्षेत्रमा रहने अनुमति दिँदै, र युद्धलाई अन्त्य गर्ने सम्झौता गर्न सक्नेछन् । यही हुनेछ “शक्ति मार्फत शान्ति।
तर, यो समय “शक्ति मार्फत शान्ति“ (पीस थ्रु स्ट्रन्थ) लाई वास्तवमै सफल बनाउन सकिने बेला हो। अहिलेको बहुध्रुवीय संकटलाई अमेरिका लागि अवसरमा बदल्न बलियो, गम्भीर र स्थिर नेतृत्व आवश्यक छ। आगामी राष्ट्रपति सौदाबाजीकर्ता हुन सक्छन् तर त्यो शक्तिको आधारमा हुनुपर्छ। र यो शक्ति अमेरिकालाई पृथ्वीको सबैभन्दा बलियो सैन्य शक्ति बनाइराख्नबाट सुरु हुनु पर्छ ।
यसलाई सुनिश्चित गर्नका लागि नयाँ प्रशासनले भर्ती, तालिम, तयारी, आणविक हतियार प्रणालीहरू, अमेरिकी रक्षा औद्योगिक आधार र अनुसन्धान तथा प्रविधिमा सैन्य लगानी बढाउन तयार हुनुपर्छ। यो सबै हासिल गर्नका लागि रक्षा बजेट निरन्तरता प्रस्तावहरूको अनिश्चिततामा भर पर्न सक्दैन। रक्षा प्राथमिकताहरू स्पष्ट पार्न र अनावश्यक दोहोरोपन, खरिद प्रक्रिया र ब्युरोक्रेसीमा बचत हासिल गर्न पाँचवर्षे बजेटको आवश्यकता छ।
युक्रेनको मामिलामा, यो स्पष्ट हुँदैछ कि युक्रेन र पुटिनले युद्धलाई वार्ताबाट समाधान गर्नुपर्ने उपाय खोज्नुपर्छ। ट्रम्पले यो स्पष्ट गर्नुपर्छ कि संयुक्त राज्य अमेरिका नाटोसँग मिलेर युक्रेनलाई गरिरहेको समर्थन जारी राख्नेछ र पुटिनलाई सफल हुन दिइने छैन। यदि यो सन्देश पुटिनलाई स्पष्ट गरिन्छ र युक्रेनले रसियाविरुद्ध केही बल प्राप्त गर्न सक्छ भने राष्ट्रपति भोलोड्मिर जेलेन्स्कीले युक्रेनको सार्वभौमसत्ता र सुरक्षालाई सुनिश्चित गर्दै, रसियालाई क्रिमियामा र केही सीमित क्षेत्रमा रहने अनुमति दिँदै, र युद्धलाई अन्त्य गर्ने सम्झौता गर्न सक्नेछन् । यही हुनेछ “शक्ति मार्फत शान्ति।“
ट्रम्पले चीनलाई यो स्पष्ट गर्नुपर्छ कि अमेरिका ताइवानलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न मद्दत गरिरहनेछ, दक्षिण चीन सागर अन्तर्राष्ट्रिय कानुनअनुसार खुला रहनेछ, र जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, भारत तथा अन्य एशियाली देशहरूको बलियो गठबन्धनलाई प्रशान्त महासागरमा समुद्री तथा व्यापार स्वतन्त्रता संरक्षण गर्न समर्थन गर्नेछ। ठूलो सैन्य शक्तिको आधारमा, संयुक्त राज्य अमेरिकाले चीनसँग व्यापार, साइबर सुरक्षा, फेन्टानाइल, उपग्रह तथा अन्य आर्थिक मुद्दाहरूमा थप उत्पादनशील संवादका लागि प्रभाव बढाउन सक्छ। चीनमाथि केवल भन्सार बढाउँदै व्यापार युद्ध सुरु गर्नुले अमेरिकामा असन्तुष्ट उपभोक्ताहरूबीच आर्थिक प्रतिघात ल्याउनेछ। प्रतिशोध सौदाबाजी होइन।
ईरान र आतंकवादसँग सामना गर्न र मध्यपूर्वमा शान्ति स्थापना गर्न एउटा बलियो गठबन्धन निर्माण गर्नु महत्वपूर्ण हुनेछ।
ईरान अर्को अवसर हो। इजरायलले तेहरानलाई सैन्य र आर्थिक रूपमा कमजोर बनाइसकेको छ; यस्तो अवस्थामा, ईरान परमाणु सम्वर्धन सीमित गर्ने र प्रोक्सीहरूको समर्थन रोक्ने बिषयमा आर्थिक प्रतिबन्धको राहतको सट्टा वार्ताका लागि तयार हुन सक्छ। अघिल्लो ट्रम्प प्रशासन अब्राहम समझौताको स्थापनामा निर्णायक थियो, जसले गर्दा ट्रम्पले इजरायलसँग मिलेर साउदी अरेबियालाई उक्त सम्झौतामा समेट्ने, साथै अन्य मध्यमार्गी अरब राष्ट्रहरूलाई जोड्ने काम गर्न सक्नेछन्। ईरान र आतंकवादसँग सामना गर्न र मध्यपूर्वमा शान्ति स्थापना गर्न एउटा बलियो गठबन्धन निर्माण गर्नु महत्वपूर्ण हुनेछ।
राष्ट्रपतिका रूपमा, प्रधान सेनापतिका रूपमा, अमेरिकाको भविष्य सुरक्षालाई निर्धारण गर्ने शक्ति र जिम्मेवारी उनीसँग छ। यदि यो अद्भुत शक्तिलाई उनले लापरवाहीपूर्वक प्रयोग गरे भने, संयुक्त राज्य अमेरिका फेरि अर्को विश्वयुद्धमा फस्न सक्छ। तर, यदि राष्ट्रपतिले आफ्नो शक्तिलाई रेगनले झैँ बुझ्न सक्छन् भने, उनले बलियो नेतृत्व दिन सक्छन् र संसारलाई युद्धबाट बचाउन गठबन्धन निर्माण गर्न सक्छन् । शान्तिको कुञ्जी भनेको शक्ति हो, र शक्तिको कुञ्जी भनेको नेतृत्व हो ।
लियोन ई. पानेटा पूर्व रक्षा मन्त्री तथा सीआइएका प्रमुख हुन्
द न्युयोर्क टाइम्स, जनवरी २०, २०२५ बाट भावानुवाद ।
प्रतिक्रिया दिनुहोस्