ट्रम्प, जसले संस्थागत होइन, कि एक चुनावी राजतन्त्र निर्माण गर्दैछन्, एउटा यस्तो प्रणाली जहाँ सबै शक्ति व्यक्तिमा केन्द्रीत हुन्छ र उसका हातमा राखिन्छ। यो विकृत जानकारी प्रवाह, भ्रष्टाचार, अस्थिरता र प्रशासनिक आशक्ति को नुस्खा हो।
चार वर्षको अन्तरालपछि, हामी फेरि डोनाल्ड ट्रम्पको दिमागका गहिरा गुफाहरूमा यात्रा गर्न बाध्य भएका छौं। हामी उनको अहंकारमुनि जान्छौं, जसले उनको न्यूरल टिस्युलाई ८७ प्रतिशत भरिएको छ; गल्फ खेलमा धोकाधडी गर्न जिम्मेवार दिमागको भाग न्युक्लियस एकम्बेन्सको तलतिर खन्यो भने उनको लिम्बिक सिस्टमको गहिराइमा, एउटा अनौठो चीज भेट्टाउँछौं — त्यो हो मेरो ११ कक्षाको इतिहासको पाठ्यपुस्तक।
पछिल्ला केही महिनामा, विशेष गरी आफ्नो दोस्रो सपथ भाषणमा, ट्रम्पले हामीलाई १९औँ शताब्दीमा पु¥याएका छन्। यो समय अवधिमा उनले आफूलाई मनपर्ने सबै कुरा फेला पारेको जस्तो देखिन्छः ट्यारिफ, मेनिफेस्ट डेस्टिीनी, कमजोर राष्ट्रहरूको जमिन कब्जा गर्ने नीतिहरु, बनियागिरी, रेलमार्गहरू, उत्पादन उद्योग, र लोकप्रियतावाद (पपुलिजम् )। धेरै राष्ट्रपतिहरूले आफ्नो सपथ भाषणमा जर्ज वासिङ्टन वा अब्राहम लिंकनलाई उल्लेख गर्छन्। तर चिरन्जिीवी ट्रम्पले कसलाई उद्धृत गरे ? विलियम म्याककिन्लेलाई ।
कुनै पनि रूढीवादी व्यक्ति कुन वर्षमा फर्किन चाहन्छ भन्ने कुराले तपाईंले उसको प्रकार पहिचान गर्न सक्नुहुन्छ। ट्रम्पका लागि, यो सन् १८३० देखि १८९९ को बीचजस्तै देखिन्छ। आफ्नो भाषणमा उनले घोषणा गरे, “सीमावर्ती क्षेत्रको भावना हाम्रा मुटुहरूमा लेखिएको छ।“
यो आकर्षण बुझ्न सजिलो छ। त्यो समय अमेरिकालाई ऊर्जाशील, गर्जने, र नयाँ सम्पत्तिले भरिएको उदीयमान राष्ट्रको रूपमा देखाइएको थियो। सन् १८४० मा अमेरिकामा जम्मा ३ हजार माइल रेलमार्ग थियो। तर सन् १९०० सम्ममा करिब २लाख ५९हजार माइल रेलमार्ग बनिसकेको थियो। अमेरिकीहरूलाई भौतिकतावादी, यान्त्रिक, र विकासका लागि अतृप्त रूपमा लोभी मानिन्थ्यो। इतिहासकार हेनरी स्टिल कोमाजरले आफ्नो पुस्तक द अमेरिकन माइन्डमा १९औँ शताब्दीका हाम्रा पुर्खाहरूका बारेमा लेखेका छन्, “धन बढाउने कुनै पनि कुरा स्वतः राम्रो मानिन्थ्यो, र त्यसैले अमेरिकीहरू अटकल, विज्ञापन, वनफँडानी, र प्राकृतिक स्रोतहरूको दोहनप्रति सहिष्णु थिए।” पूर्णरूपमा ट्रम्प शैलीजस्तै ।
त्यो समय राष्ट्रिय चरित्र निर्माण बोस्टन, फिलाडेल्फिया, र भर्जिनियाका प्रतिष्ठान सर्कलहरूमा नभई सीमाक्षेत्रका साहसी र अराजक व्यक्तिहरूबाट भइरहेको थियो। सन् १८९३ मा इतिहासकार फ्रेडरिक ज्याक्सन टर्नरले घोषणा गरे–पश्चिमतर्फको विस्तारको कठोर अनुभवले अमेरिकालाई यसको जीवन्तता, समतावादी भावना, उच्च संस्कृति र शिष्ट आचरणप्रति उदासीनता प्रदान गरेको थियो। पश्चिम क्षेत्रमा स्थापनाको नेतृत्व पी.टी. बार्नमको सर्कस मास्टरको भावना जस्तो भएको थियो, हेनरी जेम्सजस्ता कुलीन उपन्यासकारको जस्तो होइन।
त्यो समय आत्मश्लाघा र पउल बन्यानजस्ता अग्ला कथाहरूको सुनौलो युग थियो। त्यस्तै, त्यो समय अमेरिकन हुनुको अर्थ महिमाले घेरिएको हुनु थियो। धेरै अमेरिकीहरूले विश्वास गर्थे– भगवानले आफ्ना नयाँ छानिएका मानिसहरूलाई इतिहास पूरा गर्न र पृथ्वीमा नयाँ स्वर्ग ल्याउन पवित्र कार्यको जिम्मेवारी दिएर पठाएका छन् । (यस्तै, भगवानले पेनसिल्भेनियाको एक क्षेत्रमा ट्रम्पलाई बचाएझैं, ताकि उनले थप आप्रवासीहरूलाई देश निकाला गर्ने पवित्र मिशन पूरा गर्न सकून्।)
हर्मन मेलभिलले आफ्नो उपन्यास “ह्वाइट ज्याकेट” मा राष्ट्रवादी जोशलाई प्रतिबिम्बित गरे, तर समर्थन नगरीः “हामी अमेरिकीहरू अद्वितीय छौं, छानिएका मानिस हौं — हाम्रा समयका इस्राएल। भगवानले हामीलाई पूर्वनिर्धारित गरेका छन्, मानवजातिले हामीबाट महान् कुराहरूको आशा गर्छ; र महान् कुराहरू हामी हाम्रो आत्मामा महसुस गर्छौं।” वाल्ट ह्विटम्यान पनि यस्तैको संगतमा थिएः “के पुराना जातिहरू रोकिए? के उनीहरू समुद्रपार थाके र आफ्नो पाठ समाप्त गरे? ÷ हामी अनन्त कार्यलाई उठाउँछौं।” किशोरावस्थाको आत्मविश्वासको जस्तो आत्मविश्वास अरू केहीमा हुँदैन, केवल व्यक्ति होस् या राष्ट्रमा हुन्छ ।
यो जङ्गली, कच्चा, र महत्वाकांक्षी अमेरिकाको छविले ट्रम्पलाई किन आकर्षित ग¥यो भन्ने मलाई बुझ्न सजिलो छ। प्रायः भनिन्छ, ट्रम्पले सूचना युगका पछि परेका, पराजित मानिसहरूलाई आकर्षित गर्छन्। र यो राष्ट्रियताले महत्वाकांक्षा, साहस, आशा, र भविष्यप्रतिको सोच भरिएको छ। (यो त्यतिखेर सजिलो हुन्छ यदि, ट्रम्पजस्तै, तपाईं आफ्नो १९औँ शताब्दी अमेरिकाको चित्रबाट केही साना विवरणहरू, जस्तै दासत्व र पुनर्निर्माण काल, हटाउनु हुन्छ भने।)
सायद त्यो शताब्दी ट्रम्पका लागि सबैभन्दा आकर्षक यसकारण थियो कि त्यतिखेर अमेरिका ठोस रूपमा प्रतिष्ठानविरोधी थियो। एट्लान्टिकको पारिपट्टि पुराना राष्ट्रहरू — युरोप थिए। समय–समयमा, फ्यानी ट्रोलोपजस्ता युरोपेली (जो आफैं एक उपन्यासकार थिइन् र अझ प्रसिद्ध उपन्यासकारकी आमा पनि) अमेरिकामा आउँथे र यहाँ पाइने सस्तो धनका लोभी मानिसहरूलाई हेरेर आफ्नो नाक उठाउँथे। अंग्रेज लेखक मोरिस बर्कबेकले अमेरिकी आत्मालाई यसरी संक्षेपमा वर्णन गरेका छन्ः “लाभ! लाभ! लाभ!” अमेरिकीहरू आफ्नो नाफाखोर चरित्र र ठाँटबाँट भएका समाजहरू तथा उत्तराधिकारमा पाइने विलासिताप्रति गर्वका साथ खुल्लमखुल्ला विद्रोह गर्थे।
तपाईं यस (अर्ध–कल्पनाशील) अमेरिकी छविलाई आजको ट्रम्पले नेतृत्व गरेका आन्दोलनमा सीधा रेखामा जोड्न सक्नुहुन्छ। उनी पनि एक समूहको नेतृत्व गर्दैछन् जसमा नवधनाढ्यहरू, प्रतिष्ठान विरोधी, पैसा खोज्ने र अनिवार्य राष्ट्रवादीहरू छन्। धेरै डेमोक्र्याटहरूले ट्रम्पलाई एक ओलिगार्कीको सुरुआत गरेको आरोप लगाउँछन्, तर नयाँ धनका मालिकहरू जस्तै एलोन मस्कले प्रायः पपुलिस्टहरूको पक्षमा प्रतिष्ठान विरोधीहरू विरुद्ध समर्थन गरेका छन्। यो ओलिगार्की होइन; यो पपुलिज्म हो।
ट्रम्पले १८२९ मा एन्ड्र्यु ज्याक्सन राष्ट्रपति बनेदेखि अमेरिकी मानसिकतामा गहिरो गरी गडेका थिमहरूलाई उपयोग गर्दैछन्। पपुलिस्ट आन्दोलनहरू, जस्तै अधिकाँश आन्दोलनहरू जसले परित्यक्त व्यक्तिहरूको प्रतिनिधित्व गर्छन्, प्रायः पुरुषद्वारा नेतृत्व गरिन्छ जसले शक्ति, पौरुष र धनको विकिरण गर्छन्। तिनीहरूले अमेरिकनहरूको नियम, विनियम र नौकरशाही नैतिकतावादीहरूसँग स्वाभाविक घृणा प्रयोग गर्छन्।
यस हप्तामा ट्रम्पले गरेको विशेष काम भनेको ५०० अर्ब डलरसम्मको कृत्रिम बुद्धिमत्ता विकास परियोजना घोषणा गर्नु थियो, साथसाथै बाइडेनको ए.आई. सुरक्षा कार्यकारी आदेशलाई निरस्त गर्नु थियो। यहाँसम्म कि मस्कले समेत पत्याएका छ्र्रैनन्– सम्पूर्ण परियोजना मिथ्यापूर्ण प्रचार हो किनकि यसमा संलग्न केही कम्पनीसँग पैसाको अभाव छ। यस बीचमा, प्रविधिको सुरक्षा नियन्त्रणलाई कमजोर पार्नु भनेको के हुन सक्छ?
आजको पपुलिस्ट रोष युरोपेली प्रतिष्ठानहरूको विरुद्ध होइन, बरु अमेरिकी प्रतिष्ठानहरूको विरुद्धमा छ, जुन पूर्व र पश्चिमी तटमा रहेका छन्। यदि डेमोक्र्याटहरूले ट्रम्पलाई “फासिस्ट” वा “अधिनायकवादी” भनेर चिच्याउँछन् वा हरेक पटक उनी कुनै अशिष्ट वा अनैतिक कुरा गर्छन् भनेर डराउँछन् भने उनीहरू गलत छन्। यदि तिनीहरूले घमन्डी एलीटिस्ट र जनतालाई बीचको संस्कृतिसम्बन्धी युद्ध जारी राख्ने निर्णय गरे भने, हामीलाई थाहा हुन्छ कि यो कसरी समाप्त हुनेछ भन्ने ।
पपुलिज्म र पुरानो १९ औं शताब्दीको सरकारी ढाँचाको समस्या भनेको यस्तो थियो, यसले काम गरेन। १८२५ र १९०१ बीचमा २० ओटा राष्ट्रपतिहरु आए । धेरैजसो एक–कार्यकालका राष्ट्रपतिहरू भए; मतदाताहरूले बारम्बार बहालवाला राष्ट्रपतिलाई हराइदिए किन कि तिनीहरू सरकारको काम गर्ने तरिकाबाट खुसी थिएनन्। त्यस शताब्दीको अन्तिम तीन दशकले कठोर मन्दी र गिरावटको शृङ्खला देख्यो जसले देशलाई गहिरोगरी हल्लायो। हल्का–प्रवृत्तिका सरकारहरूले औद्योगिकीकरणको प्रक्रियासँग जुध्न असमर्थ थिए।
धेरै पपुलिस्टहरूले के भइरहेको थियो भन्ने बुझ्नका लागि राम्रो तयारी गरेका थिएनन् । आफ्नो प्रसिद्ध पुस्तक “द एज अफ रिफर्म“ मा रिचर्ड होफस्टेडर लेख्छन्, “पपुलिस्ट विचारले सामान्यतः व्यक्तिगत घटनाहरूलाई अत्यधिक व्यक्तिगत दृष्टिकोणमा व्याख्या गर्ने प्रवृत्ति देखाउँछ ।“ अर्थात्, तिनीहरूले औद्योगिकीकरणका विघटनहरूलाई समाधान गर्न सक्ने सोच राखेका थिए, यदि तिनीहरूले केवल ती सबै समस्याका लागि जिम्मेवार दुष्ट षड्यन्त्रकारीहरूलाई पत्ता लगाउँदथे भने । उनीहरूको निदान सरल थियो, रेटोरिक अतिरञ्जित थियो; उनीहरूको प्रस्तावहरू, होफस्टेडरले भनेअनुसार, “वास्तविकता र असम्भावनाको सिमानामा भ्रमण गर्थे।“ के यो परिचित छैन त ?
अमेरिकाले यसरी पुनः प्राप्ति ग–योः पपुलिस्टको आक्रोश अन्ततः व्यवसायिक बनाइयो। २०औं शताब्दीमा, प्रगतिशील आन्दोलनका सदस्यहरूले ती समस्याहरूलाई आत्मसाथ गरे, जसप्रति पपुलिस्टहरू वास्तवमै रिसाएका थिए र तिनीहरूलाई प्रभावकारी रूपमा समाधान गर्नका लागि आवश्यक संस्थाहरू बनाइए — जस्तै खाद्य र औषधि प्रशासन (एफडीए), संघीय व्यापार आयोग (एफटीसी) र संघीय भण्डारण (एफआर )। पपुलिस्टहरूले संस्थागत रूपले सोच्नेमा कठिनाइ भोगे; प्रगतिशीलहरूले,यसमा राम्रो प्रशिक्षण पाएका थिए । नैतिक रूपमा ठीक, आत्म–नियन्त्रित, भ्रष्टाचारलाई घृणा गर्ने, बौद्धिक रूपमा कडा (कहिलेकाहीं घमण्डी र अहंकारी पनि) ती समस्यामा समस्या थिएनन् ।
२० औं शताब्दीको अस्तित्वको एउटा कारण थियो। संयुक्त राज्यले एक सशक्त केन्द्रीय सरकार र नेतृत्व वर्ग निर्माण गर्नुपर्ने थियो यदि यसले जिम्मेवारी लिनु पर्ने थियो भने — आफ्नो देशमा हाशिएमा परेको र दमनमा पारिएको जनताका लागि जिम्मेवारी र शताब्दीको क्रममा एक शान्तिपूर्ण र सुरक्षित विश्व व्यवस्था स्थापना गर्न जिम्मेवारी। अमेरिकामा प्राधिकरणसँग सधैं समस्या हुन्छ, तर एक समयका लागि — जस्तो कि १९०१ देखि १९६५ सम्म — अमेरिकाले त्यस्ता प्राधिकरण संरचनाहरू निर्माण ग¥यो, जसलाई मतदाताहरूले विश्वास गरे।
अब हामी अर्को प्राधिकरणको संकटको बीचमा बाँचिरहेका छौं। हाम्रो प्रणालीले सूचना युगले उत्पन्न गरेका जंगली असमानतासँग तालमेल राख्न सकेको छैन — विशेषगरी कलेज शिक्षित र कम शिक्षित बीच। पपुलिस्टहरू फेरि आक्रोशित छन् र मार्च गर्दैछन्। तर, पहिलेजस्तै, उनीहरूसँग परिवर्तनका लागि कुनै बलियो सिद्धान्त छैन।
ट्रम्प क्याबिनेटको प्रस्तावित रंगीन समूहका सबै व्यक्तिहरूमा एउटै कुरा सामान्य छः तिनीहरू आफैंलाई विघटनकारीको रूपमा चिन्हित गर्छन्। तिनीहरूले प्रणालीहरूलाई जलाउन र नष्ट गर्न चाहन्छन्। निजी क्षेत्रको विघटन ठीक छ । यदि मस्क कार कम्पनी सुरु गर्छन् र यो असफल हुन्छ भने, त्यसले केवल लगानीकर्ताको पैसा र केही जागिरहरू गुमाउँछ। तर तपाईं यदि रक्षा विभाग, न्यायिक प्रणाली वा विद्यालयहरूलाई विघटित र नष्ट गर्नुहुन्छ भने? नागरिकहरू कहाँ जाने?
कम से कम फ्रेन्च क्रान्तिपछि संसारको इतिहासले यो देखाएको छ कि तीव्र विघटनले सरकारलाई क्याटाक्लिज्मिक रूपमा खराब बनाउँछ। ट्रम्प, जसले संस्थागत होइन, कि एक चुनावी राजतन्त्र निर्माण गर्दैछन्, एउटा यस्तो प्रणाली जहाँ सबै शक्ति व्यक्तिमा केन्द्रीत हुन्छ र उसका हातमा राखिन्छ। यो विकृत जानकारी प्रवाह, भ्रष्टाचार, अस्थिरता र प्रशासनिक आशक्ति को नुस्खा हो। जस्तो कि हामीले सदियौंसम्म बारम्बार देखेका छौं, विघटनको भावना भएका व्यक्तिहरू र सुधारको भावना भएका व्यक्तिहरू बीच ठूलो भिन्नता हुन्छ।
यदि मैले डेमोक्रेटिक पार्टी चलाइरहेको भए (भगवानले मद्दत गरून्), म अमेरिकन जनतालाई भन्न चाहन्थे कि डोनाल्ड ट्रम्प धेरै कुरामा सहि छन्। उनले मुद्रास्फीति, सीमा र सांस्कृतिक तिरस्कार जस्ता मुद्दाहरूमा समस्याहरू सही रूपमा पहिचान गरेका छन् जसलाई शिक्षित वर्गका सदस्यहरूले अनुमान गर्नको लागि अत्यधिक आन्तरिक सीमितता अनुभव गरेका छन्। तर जब ती समस्याहरूको समाधानका लागि संरचनाहरू निर्माण गर्ने कुरा आउँछ भने — खैर, ती मान्छे पूर्ण रूपमा असफल र अक्षम छन्।
द न्यूयोर्क टाइम्स, जनवरी २३, २०२५ को भावानुवाद
प्रतिक्रिया दिनुहोस्