पूर्व राष्ट्रपति कट्टरपन्थीहरूबाट टाढिंदैछन्
तीन वर्ष अघिसम्म फ्रान्सेली समाजवादी पार्टी (सोशलिस्ट पार्टी) अप्रासंगिकतामा धकेलिएको थियो। आधुनिक समयमा दुई राष्ट्रपति—फ्रान्स्वा मितेराँ (१९८१–९५) र फ्रान्स्वा ओलान्ड (२०१२–१७)—र नौ प्रधानमन्त्रीहरू दिने यो पार्टी संसद र सार्वजनिक बहसबाट समेत आश्चार्यजनक रुपमा गायब भएको थियो। २०२२ मा यो दलका राष्ट्रपति पदका उम्मेद्वार एन हिडाल्गोले दशौं स्थानमा धकेलिंदै जम्मा २% भन्दा बढी मत जुटाउन सकिनन्। संसदमा यो दल कट्टर वामपन्थी नेता ज्याँ–ल्युक मेलाँशोङको प्रभुत्व भएको वामपन्थी गठबन्धनका कारण गायब भएको थियो। मेलाशोङले गत डिसेम्बरमा मिशेल बार्नियरको अघिल्लो सरकार ढलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।
अहिले पहिलोपटक यस गठबन्धनमा दरारहरू देखा परेका थिए । सामाजिकतावादीहरू—जसले गत महिना बार्नियर सरकारलाई ढाल्न मतदान गरेका थिए, पछिल्लो समय भने मेलाँशोङको पकडबाट आफूलाई मुक्त गर्ने प्रयास गरिरहेका छन्। यदि तिनीहरू सफल भए भने पार्टीलाई कट्टरपन्थी मूर्खताको सीमाबाट निर्वाचन योग्य राजनीतिक क्षेत्रमा फर्काउने मार्ग प्रशस्त हुनसक्छ ।
यसखाले परिवर्तनको पहिलो प्रमाण जनवरी १६ मा देखियो, जब मेलाँशोङको पार्टी, अनसबमिस्ड फ्रान्स(एलएफआइ) ले नयाँ सरकार (फ्रान्स्वा बेरुको नेतृत्वमा, एक अनुभवी केन्द्रवादी) विरुद्ध अविश्वास प्रस्ताव राख्दै गठबन्धनका सबै सदस्यहरूलाई प्रस्तावको पक्षमा मतदान गर्न आदेश दिएका थिए । गठबन्धनका चार पार्टीहरूमध्ये तीन—एलएफआइ, ग्रिन पार्टी र कम्युनिस्ट पार्टी—ले समर्थन गरे पनि । तर मेलाँशोङलाई आश्चर्यमा पार्दै केवल आठ वना समाजवादीहरुले मतदान गरे; ५८ जना सदस्य रहेकोमा (जसमा पार्टी नेता ओलिभिए फोरसमेत) ले मतदान गर्न अस्वीकार गरे। उनीहरूले मतदानमा भाग नलिने निर्णय गरे । किनभने बेरुले बजेटमा केही प्रस्तावित खर्च कटौती घटाउने र सेवानिवृत्ति उमेर पुनः छलफल गर्ने सहमति जनाएका थिए, जसले गर्दा २०२५ को लागि नयाँ बजेट संसदमा पारित गर्न सकियोस्—र उनको आफ्नै पद सुरक्षित गर्न सकियोस्। मेलाँशोङले यसलाई “दुर्गन्धित सम्झौता“ भन्दै समाजवादीहरू “अब सहयागी रहेनन् भन्ने घोषणा गरे।
आफ्नो कदमका बारेमा नयाँ उत्साहका साथ, अब फेब्रुअरीको सुरुमा बजेटमा संसदीय मतदान अघि थप सुहतियहरू खोजिरहेका छन्। बेरुबाट यी सहुलियतहरू पाउन उनले अहिलेसम्म प्राप्त गरेको सफलताले उनको पार्टीलाई राजनीतिक चर्चाको केन्द्रमा ल्याएको छ। राजनीतिक वैज्ञानिक जाकी लाइदी र पूर्व ग्रिन राजनीतिज्ञ डेनियल कोहन–बेन्डिटले ले मोन्डेसँगको प्रतिक्रियामा भनेका छन् : समाजवादी पार्टीले “कट्टरताको सर्पिल छोडेको छ, जसमा यसले कहिल्यै विश्वास गरेको थिएन“। अब यो “राजनीतिक खेलमा फर्किएको छ“।
फोरु केवल एउटा पाटीका मात्र व्यक्ति होइनन्, उनले कट्टर वामपन्थबाट आफूलाई टाढा राखेका छन्। यी हालका चालहरूको पछाडि एक अझ चालवाज समाजवादी नेता छन् ओलान्ड। २०२४ मा राष्ट्रिय राजनीतिमा फर्केपछि एक साधारण सांसद बनेका ७० वर्षीय पूर्व राष्ट्रपतिको बेरुसँग लामो प्रतिस्पर्धा र समझदारीको इतिहास छ। २०१२ मा केन्द्रवादी नेताले ओलान्डलाई राष्ट्रपति हुने क्रममा समर्थन गरेका थिए; अब समाजवादी नेताले उनीहरूलाई यो महसुस गराएर फिर्ता गरिरहेका हुन सक्छन् । ओलान्डले उनी एक जिम्मेवार राजनीतिज्ञ हुन् र मेलाँशोङ जस्तै केवल अराजकता सिर्जना गर्ने व्यक्ति होइनन् भन्ने देखाउन चाहन्छन् । उनले ला ट्रिब्यून डिमान्शे अखबारलाई भनेका छन् “समाजवादीहरूले एक ठूलो निर्णय लिएका छन्। उनीहरूले एलएफआईको छबिलाई अस्वीकार गरेका छन्, जसको एकमात्र उद्देश्य संस्थागत जीवनलाई अवरुद्ध गर्नु र राष्ट्रपति निर्वाचनलाई भड्काउनु हो।“ ओलान्डको वरिपरिका व्यक्तिहरूले सुझाव दिए अनुसार उनी २०२७ मा फेरि राष्ट्रपतिको लागि प्रतिस्पर्धा गर्ने आशामा छन् । वर्तमान राष्ट्रपति र उनका पूर्व सल्लाहकार इमानुएल म्याक्रोनले संविधानले तेस्रो पटकको लागि उम्मेदवारी दिन रोकेको परिवेशमा ओलान्ड मञ्चमा आइपुगेका छन् ।
सबै सामाजिकतावादीहरूले पार्टीको यो नयाँ रुखलाई मन पराउँदैनन्। युवा कट्टरपन्थीहरू, जो ओलांडको पुस्ताबाट झुंझिरहेका छन्, अझै पनि सरकारलाई ढाल्न खोजिरहेका छन्। फोरको नेतृत्व कमजोर छ र यो गर्मीमा हुने पार्टी कांग्रेसमा उनको पद जोखिममा छ; उनी धेरै युवा कट्टरपन्थीहरूलाई रिस उठाउन सक्दैनन्। न त सामाजिकतावादीहरू बेरु सरकारका सक्रिय समर्थक बन्न लागेका छन्; उनीहरूले अझै यसलाई ढाल्न मतदान गर्ने प्रयास पनि गर्न सक्छन्। वामपन्थी नजिकका राजनीतिक वैज्ञानिक क्लोइ मोरिनले तर्क गर्छिन् कि यसलाई गठबन्धनबाट पूर्ण रूपमा मुक्तिको रूपमा हेर्नु गलत हुनेछ। उनले भनिन्, यो सामाजिकतावादीहरू र एलएफआइ बीच, र ओलान्ड र मेलाँशोङ बीचको द्वन्द्व हो, जसले वामपन्थी मतदाताहरूलाई देखाउन खोज्छ कि कसको राजनीतिक प्रभाव बढी छ।
फ्रान्सेली वामपन्थीको विभाजनको लामो इतिहास छ। सामाजिकतावादी पार्टीको मध्यम सामाजिक–लोकतान्त्रिक धडाका प्रतिनिधिहरू, जस्तै १८८–९१ मा प्रधानमन्त्री मिशेल रोकार्ड र हालै मानुएल भाल्सले, पूँजीवादविरोधी विचारधारातर्फ सधैं आकर्षित हुने पार्टीमा व्यावहारिक मध्य–वामपन्थी राजनीति लागू गर्न संघर्ष गरेका छन्। यसबाहेक, कट्टर वामपन्थीतर्फ बढ्ने “वामपन्थी एकता“ एक शक्तिशाली निर्वाचकीय शक्ति बनिरहेको छ, विशेष गरी मरिन ले पेनको कट्टर दक्षिणपन्थीको उदयको सामुन्ने। ओलांडले आफूलाई फेरि खेलमा ल्याउने प्रयास गर्दा, उनले राजनीतिक केन्द्रमा मतदाताहरूको मान्यता पुनः स्थापित गर्ने र भविष्यमा अनसबमिस्डहरूसँग जोडिने सम्भावना खुला राख्ने बीच कडा निर्णय गर्नुपर्ने अवस्था आउन सक्छ।
द इकोनोमिष्टमा प्रकाशित टिप्पणीका आधारमा, जनवरी २६, २०२५ । पेरिस
प्रतिक्रिया दिनुहोस्