काठमाडौं १ फगुन । तिमि देख्छौ, तिमि सुन्छौ
ऊ बोल्दैन, तर उसको मौनताले धेरै कुरा बताउँछ
उसको आँशु र उसको पिडाले मेरो मन सताउछ
उसलाई संगीत मन पर्छ तालमा हल्लन्छ
हाँस्दा उसको आँखामा ताराहरु चम्कन्छन
उसको आफनै संसार छ
सबै स्पस्ट र सहज छ
मलाई थाहा छ उसको बाटो
अरु भन्दा निकै फरक छ
म उसको साथी बन्न खोजिरहे छु
म उसको संसार बुझ्न खोजिरहे छु
म उसको मौनता भित्र गहिराईको
आवाज सुन्न खोजिरहेको छु
मेरो “आश” तिमी हावामा संरचना देख्छौ
बत्तिको उज्यालोको ध्वनी सुन्छौ
दनियाँले प्रश्न राख्लान असम्भव भनि
म मान्छु हो तिमि देख्छौ हो तिमि सुन्छौ
एविन खतिवडा “डेडविन”
प्रतिक्रिया दिनुहोस्