यस वर्षका ओस्कार पुरस्कारहरू ऐतिहासिक रुपले अराजनीतिक
काठमार्डौं २० फागुन । यो एउटा हल्का कमेन्ट थियो, समारोहको लामो, ढिलो मध्यभागमा दिइएको, सर्वश्रेष्ठ मौलिक स्कोर पुरस्कारअघि नै । “अनोरा” यसले राम्रो गरिरहेको छ,” ओस्कारका होस्ट, कोनान ओ’ब्रायन (तल चित्रमा) ले भने “मैले अनुमान गरें, अमेरिकीहरूले सवैले अन्ततः शक्तिशाली रुसविरुद्ध उभिन पाएको देखेर उत्साहित भए होलान्।” मिस्टर ओ’ब्रायनले प्रायः आफ्ना हाँस्यलाई दोस्रो अर्थ दिन्छन् जब उनी तिनीहरूले बताउन थाल्छन् । यसपटक उनी छिटो अघि बढे। समारोहले पनि त्यस्तै ग¥यो।

डोनाल्ड ट्रम्पले कार्यालयमा प्रवेश गरेको पछिल्लो पटकको भन्दा फरक थियो। सन् २०१७ मा जिमी किमेल, होस्टले, ट्रम्पलाई बिना थकान आलोचना गरेका थिए, उनको मन्त्रिपरिषद् सदस्यहरू, छोरी, नीतिहरू, र एक्स (त्यतिबेला ट्विटर भनिन्थ्यो) को लतप्रति उपहास गरे। स्टारहरूले अमेरिकी नागरिक स्वतन्त्रता संघ जसले ट्रम्पको नवीनतम एजेन्डाविरुद्ध लडिरहेको छ, समर्थनमा नीलो रिबन लगाएका थिए । गेल गार्सिया बर्नल, मेक्सिकन अभिनेताले आफूलाई “हामीलाई अलग गर्न चाहने कुनै पनि प्रकारको पर्खालविरुद्ध” लड्ने घोषणा गरे (ट्रम्पले मेक्सिकोसँगको दक्षिणी–सीमा पर्खाल निर्माणमा अभियान चलाएका थिए)।

सन् २०१७ अस्वाभाविक रूपमा कठोर थियो, तर स्टारहरूले लामो समयदेखि ओस्कार प्रयोग गरेर राजनीतिक वक्तव्य दिने गरेका छन्। विजेताहरूले आफ्ना भाषणमा अमेरिकाका भियतनाम र इराक युद्धविरुद्ध प्रदर्शन गरे, आप्रवासी र जलवायु–परिवर्तन विधेयकको समर्थन व्यक्त गरे। १९९० को दशकको शुरुमा अभिनेताहरूले एड्स रोगीहरूलाई उनीहरुसँगको ऐक्यवद्धतामा रातो रिबन लगाएका थिए ।
यस वर्षको ग्रेल पातलो थियो। बिल क्रेमर, ओस्कार आयोजक मोशन पिक्चर आट्र्स एन्ड साइन्सेज एकेडेमीका प्रमुखले भनेका थिए – उनले “निश्चित रूपमा” समारोहलाई राजनीतिबाट टाढा राख्न चाहेका थिए। स्टारहरूले त्यसलाई पालना गरे। “एमिलिया पेरेज”, मेक्सिकन कार्टेल प्रमुखबारेको संगीत, जसले यौन–परिवर्तन शल्यक्रिया गरेर महिला बने, क्षेत्रमा १३ नामांकनसहित अग्रणी थियो; यसले सर्वश्रेष्ठ मौलिक गीत र सर्वश्रेष्ठ सहायक अभिनेत्रीका लागि त्यसले दुई वटा पुरस्कार जित्यो, यसामा जो सल्दानाले जितिन्। उनले आफ्नो आप्रवासी पृष्ठभूमि स्वीकार गरिन्, तर वर्तमान प्रशासनबारे केही बोलिनन्। “द अप्रेन्टिस”, ट्रम्पको आलोचनात्मक फिल्म, यसले अमेरिकामा वितरक खोज्न संघर्ष गर्नु परेको थियो किनभने (त्यतिबेला पूर्व) राष्ट्रपतिबाट प्रतिशोधको डर थियो, यो फिल्म दुई पुरस्कारका लागि नामांकित भएपनि कुनै पनि जित्न भने सकेन ।
कतिपय विजेताहरूले “हामी बाँचिरहेको अराजकतामा” र “घृणालाई अनियन्त्रित नहुन दिनु महत्वपूर्ण छ” भन्ने जस्ता अप्रत्यक्ष संकेत भने दिएका छन् । तर रातको सबैभन्दा लामो ताली, जस्तो कि आठ वर्षअघि प्रायः राजनीतिक वक्तव्यका लागि आउने गथ्र्यो, बरु सिन बेकरले “अनोरा”मा पाए, र सर्वश्रेष्ठ चित्र, निर्देशक, र मौलिक पटकथा समावेश ओस्कार जित्न सफल भए, जसले थिएटरमा फिल्म हेर्ने भीडको रक्षा गरे। माइकी म्याडिसन (माथि चित्रमा), फिल्मकी २५ वर्षीया प्रमुख, योग्य रूपमा सर्वश्रेष्ठ अभिनेत्रीको उपाधि जितिन्।

सन् २०१७ का पुरस्कारहरूले सामाजिक रूपमा सचेत फिल्म निर्माणको युगको संकेत दिएका थिए । यस वर्षका पुरस्कारहरूले ४५ वर्षअघि रोनाल्ड रेगनको उदयलाई स्वागत गरेको परिवर्तनसँग मिल्दोजुल्दो जस्तो देखिन्छ। अमेरिकी मतदाताहरूले मतपेटिकामा आफ्ना विचार स्पष्ट पारेः रेगनले सन् १९८० मा ४४ राज्य र सन् १९८४ मा ४९ राज्य जितेका थिए । स्टुडियोहरूले सवै पालना गरे। १९७० को दशकको आलोचनात्मक, षड्यन्त्रकारी फिल्महरू जस्तै “चाइनाटाउन”, “द कनभर्सेशन”, “द डियर हन्टर”, र “थ्री डेज अफ द कन्डर” ले “र्याम्बो” र “टप गन” को सरल देशभक्तिमा स्थान लिएका थिए ।
यस पटक केही अँध्यारो काम भइरहेको हुन सक्छः त्यो हो डर । एक जना अनुभवी मिडिया कार्यकारीले भविष्यवाणी गरेका छन् “हलिवुडले सन् २०१६ देखि २०२० र २०२० देखि २०२४ सम्म ट्रम्प र ट्रम्पवादप्रति देखाएको शत्रुताको विशालताः किनभने मानिसहरूले आफ्ना व्यापारिक हित जोखिममा परेको महसुस गर्छन्, के त्यसमा कमी हुनेछ ? निश्चित रूपमा। तपाईंले जिम्मेवारी र सेयरहोल्डर भएका मानिसहरूलाई डराउन सजिलै सक्नुहुन्छ।”
कसैले पनि लेखापरीक्षा(फू अडिटको झमेला) चाहँदैन, वा आफ्नो विलय बिगार्न चाहँदैन। केही कथाहरू बिल्कुलै नसुन्ने हुनेछन्। जस्तै, एक जना लामो समयदेखिका निर्माताले भनेका छन् “यदि कसैले मसँग ३५ वर्षअघि भेनेजुएलाबाट आएको अमेरिकी परिवारको व्यक्तिगत कथा ल्यायो, र आमा… ट्रम्पले उनलाई घर फिर्ता पठाउलान् भन्ने सोचेर अब ढोका खोल्दिनन्… मलाई यो रोचक कथा लाग्छ। तर म नजिक जान्नँ, किनभने कसैले बनाउनेछैन।” ■
प्रतिक्रिया दिनुहोस्