एकदिन अघि राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्ति वार्ताका क्रममा रुसी–कब्जा गरिएका क्षेत्र फिर्ता लिन सहायता गर्ने प्रतिबद्धता जनाएका थिए “समुद्री लाइनको धेरै हिस्सा लिएको छ, र हामी त्यसबारे कुरा गर्नेछौं,” ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टार्मरसँग ओभल अफिसमा उभिएर बोलेका थिए । “र हामी युक्रेनका लागि त्यसलाई फिर्ता ल्याउन वा धेरै हिस्सा फिर्ता ल्याउन सक्छौं कि हेर्नेछौं।”
त्यसको भोलिपल्ट जेलेन्स्की ओभल अफिसमा ट्रम्पसँग अभूतपूर्व वाकयुद्धमा अल्झिन पुगे । यो तनावमा पूर्णत जेलेन्स्कीको दोष थियो। शुरुमा ट्रम्पले जेलेन्स्कीलाई सम्मानकासाथ स्वागत गरेका थिए, युक्रेनी जनताको साहस र लचिलोपनको गर्दै ट्रम्प–जेलेन्स्कीबीचको एक हप्ताअघिको घोचपेचनलाई “सानो वार्ता विवाद”भन्दै खारेज गरेका थिए ।

ओभल अफिसको गेटमा जेलेन्स्कीलाई स्वागत गर्दै राष्ट्रपति ट्रम्प
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भ्यान्ससँग ओभल अफिसमा प्रवेश गर्दा “आफ्नो होमवर्क” गरेनन् । किन यसतो गल्ती गरे ? जेलेन्स्कीले ओभल अफिसमा डोनाल्ड ट्रम्पसँग सामना गर्दा, युक्रेनी राजदूतले आफ्नो हातमा टाउको राखिन्, यो मौन तर कडा प्रतिक्रिया थियो। विश्वले एक महत्वपूर्ण कूटनीतिक क्षणलाई रणनीतिक विपत्तिमा परिणत भएको हेरिरहेको थियो ।
जेलेन्स्कीले ह्वाइट हाउसको अनुरोधअनुसार सुट लगाउन अस्वीकार गरे पनि, ट्रम्पले उनको पोशाकको प्रशंसा गरे, “मलाई लाग्छ उहाँले सुन्दर रूपमा लाउनुभएको छ।” ट्रम्पले तिनीहरूले बुझेको खनिज सम्झौताको प्रशंसा गर्दै भन्छन्, “हामी खनन, खनन, खनन गर्न प्रवेश गर्न आतुर छौं।” उनले युक्रेनलाई सैन्य सहायता जारी राख्ने सार्वजनिक प्रतिबद्धता जनाए र शान्ति सम्झौता भएपछि ब्रिटिश र फ्रान्सेली सेनासँगै संयुक्त राज्यका सेना पठाउन “सम्भवतः” प्रतिबद्धता जनाउन सक्ने आशय समेत व्यक्त गरेका थिए ।

यी शब्द जेलेन्स्कीका लागि मधुर संगीत जस्तो हुनुपथ्र्यो। उनले यसलाई आफ्नो जित रुपमा लिनुपथ्र्यो।
तर उनले ट्रम्पको तत्काल युद्धविराम गर्नु पर्ने विचारलाई खारेज गरे, यो ट्रम्पका लागि अत्यन्त महत्वपूर्ण थियो, उनले हिंसा रोक्ने प्रतिबद्धता जनाएर राष्ट्रपतिय निर्वाचन जितेका थिए । तर जेलेन्स्कीले —ट्रम्पको रुचिविरुद्ध पुटिनले पहिले नै २५ पटक युद्धविराम तोडेका प्रतिआराप लगाउन पुगे ।
अझै ट्रम्पले सम्झाइरहेका छन् “उनले मसँग कहिल्यै तोडेनन्,” तर जबाफमा जेलेन्स्कीले ट्म्पलाई नै दोषारोपण गर्न तहमा गिर्न पुगे “होइन, होइन, तपाईं राष्ट्रपति हुनुहुन्थ्यो,” । फेरि पनि टम्पले स्थिति सम्हाल्न खोज्ददै भनिरहेका थिए “उनले मसँग कहिल्यै तोडेनन्,” । यसपछि पनि रोकिनुको सट्टा जेलेन्स्कीले कहाँ र कुन अवस्थामा उभिएको छु भन्ने समेत हेक्का नराखेर पुनः पागल पर्लाल गरे । “सन् २०१६ मा, तपाईं राष्ट्रपति हुनुहुन्थ्यो, श्रीमान राष्ट्रपति,” उनले थपे, “त्यसैले हामी कहिल्यै युद्धविराम स्वीकार गर्नेछैनौं। सुरक्षा ग्यारेन्टी बिना यो काम गर्नेछैनौं।”
विडम्वना त्यही नै बनेको हो। जेलेन्स्कीले ट्रम्पलाई सम्पूर्ण विश्वको अगाडि मिडियाले गर्ने काम सत्य जाँचको परीक्षामा तान्न पुगे । उनले युद्धविरामको बारेमा व्याख्यान दिनुको सट्टा अर्को विपत्तितर्फ अघि बढे ।

अझै पनि ट्रम्पले उनलाई सम्हाल्ने कोशिश गरिरहेका थिए युक्रेनी सहरहरूको विध्वंसको बारेमा दुख व्यक्त गर्दै अवस्थाको वोध गर्न आग्रह गर्दा जेलेन्स्कीले ओभरटेक गर्दै फूर्ति गरे “होइन, होइन, होइन, तपाईं आउनुपर्छ, श्रीमान राष्ट्रपति, तपाईंले हेर्नुपर्छ। होइन, होइन, होइन, हाम्रा सहरहरू धेरै राम्रा छन्।” उनले युद्धविभिषिकका कथा ट्रम्पल् रचेको युक्रेनमा केही पनि नभएको जस्तो गरी केटाकेटीहरु स्कुल गइरहेका छन् समेत मात्र भनेनन् “यो पुटिनले हामीलाई नष्ट ग¥यो भन्ने जानकारी साझा गरिरहेका छन्।” केही समय उनले युक्रेनबाटै भनेका थिए
ट्रम्प पुटिनको कु-सूचनाको संसारमा बाँचेका छन्, त्यसको जबाफमा नै ट्रम्पले उनलाई चुनाव टारेका तानाशाह भनेका थिए । त्यो वार्तामा ट्रम्प सही थिएः धेरै युक्रेनी सहरहरू नष्ट भएका छन्। ७० लाखभन्दा बढी युक्रेनीहरु पश्चिम युरोप र अमेरिकामा समेत शरणार्थी बनेका छन् ।
जेलेन्स्कीको हस्तक्षेप वास्तवमै वाहियात र अनावश्यक थियो। उनी त वाशिंगटनमा ट्रम्पसँग शुरू भएको खराब सम्वन्धन मर्मत गर्न गएका थिए । त्यहाँ जान पाउनु पर्ने उनको आफ्नै माग थियो । ओभल अफिस डिज्यास्टर नै ट्रम्प रुसी “गलत सूचना क्षेत्र” मा बाँचिरहेका छन् भन्नेबाट भएकाले त्यसप्रति अप्रत्यक्ष रुपमै भएपनि जेलेन्स्कीले आफ्नो कथन सुधार्नुको सट्टा उनले झन अघि बढेर आरोप लगाउन पुगे । वास्तवमा उलने के गर्न खोजेका थिए भन्ने नै ट्रम्प प्रशासनका कसैले भेउ नै पाएनन् । ट्रम्पको व्यवहार जेलेन्स्कीका प्रत्येक सार्वजनिक क्रियाकलापप्रति कडा बन्दै गएको सन्दर्भमा यो कुनै कुटनीतिक कुशलताका ‘क’ समेत पनि हराएको क्षण थियो ।

त्यही बीचमा एक पोल्याण्डका पत्रकारले ट्रम्पलाई सोध्छन्ः तपाई पुटिनसँग धेरै मिलेको होइन् ? ट्रम्पले फेरि पनि स्थितिको बोध गराउँदै भन्छन् “तपाईं चाहनुहुन्छ कि म पुटिनबारे वास्तवमा भयानक कुरा भनूँ र त्यसपछि भनूँ, ‘हाइ, भ्लादिमिर, हामी सम्झौतामा कसरी छौं?’ त्यसो हुँदैन।” बल्ल त्यो बेला उपराष्ट्रपति भ्यान्सले हस्तक्षेप गरेका थिए । “संयुक्त राज्य अमेरिकामा चार वर्षसम्म हामीसँग त्यस्ता राष्ट्रपति थिए, जसले पत्रकार सम्मेलनमा उभिएर भ्लादिमिर पुटिनबारे कडा कडा कुरा गर्थे, परिणाम त पुटिनले युक्रेनमा आक्रमण गरे र देशको महत्वपूर्ण हिस्सा नष्ट गरे,” “शान्ति र समृद्धिको बाटो भनेको नै सम्भवतः कूटनीतिमा संलग्न हुनु हो।”

जेलेन्स्कीको बालहठ देखेर बैठकमै युक्रेनी राजदूत चिउँडेमा हात राखेर झोक्राइरहेकी छन्,
जेलेन्स्कीले भ्यान्सको कूटनीतिका गुणहरूसँग सम्बन्धित कुराबारेको हस्तक्षेपमा टिप्पणी गर्नुको कुनै कारण थिएन। तर उनले त आफ्नो थप्पडमा हानेजसरी आफूलाई संलग्न गराए र उपराष्ट्रपनि भ्यान्सको पहिलो नाम विना सम्वोधन गर्दै ,जेडी, भनेर डॉटे, “सन् २०१४ देखि २०२२ सम्म … मानिसहरू सम्पर्क लाइनमा मरिरहेका थिए। कसैले पनि उनलाई रोकेन”—पुटिनले सन् २०१९ मा ट्रम्प कार्यालयमा रहँदा हस्ताक्षर गरेको युद्धविराम तोडेका थिए। “कस्तो कूटनीति, जेडी, तपाईंले कुरा गरिहेको ? यहाँ पनि उनले ट्रम्पलाई पुटिनलाई नरोकेको भन्दै आरोप लगाए । यसको जबाफमा ट्रम्पले तिमीलाई ओवामाले केही पनि नदिएको बेला मैले ज्याभेलिन (एन्टी मिसाइल ट्याङक भेदक ट्याङ्क) दिएको बताएर जेलेन्स्कीले सबै सीमा क्रस गरेको निष्कर्षमा पुगे । यो स्वाभाविक थियो । किन कि उनी डोनाल्ड जे. ट्रम्प हुन् ।
जेलेन्स्कीजस्तो मान्छेबाट कुटनीतिको कक्षा लिनु परेको दुखलाई समेत सम्हालेर भ्यान्स अझै भनिरहेका थिए “म तपाईंको देशको विध्वंस समाप्त गर्न सक्ने कूटनीतिबारे बोलिरहेको छु,, “श्रीमान राष्ट्रपति, सम्मानका साथ, मलाई लाग्छ कि तपाईंले ओभल अफिसमा आएर अमेरिकी मिडियासामु यो विवाद गर्नु अनादर हो।” वास्तवमै त्यो हो ।
त्यसपछि सबै कुरा ध्वस्त भयो नै ।
यो असफलता केवल एउटा बैठकको बारेमा मात्र सीमित थिएन । यो दुई जना नेताका बारेको हो, जसले ओभल कोठालाई गलत बुझे, आफ्ना विपक्षीलाई बुझेनन्, र ठूलो भू–राजनीतिक महत्वको क्षणलाई आफ्नै बोलीले दुव्यवहारमा परिणत गरे ।
युक्रेन जीविन–मरणको लडाइँमा छ। युद्धले दसौं हजार जीवन लिएको छ, अर्थतन्त्र लडखडाइरहेको छ, र रुसले कुनै ढिलाइ गर्ने संकेत देखाउँदैन। कीभको सैन्य सफलता पश्चिमी सहायतामा, विशेष गरी अमेरिकामा निर्भर छ ।अमेरिका नै रुसको आक्रमणलाई सन्तुलनमा राख्न सक्ने एकमात्र शक्ति हो ।
जेलेन्स्कीले व्यवहारवादको स्थितिबाट वार्ता गर्नुको सट्टा, सुरक्षा ग्यारेन्टीको बालहठ गरे । उनले शायद गलत अनुमान लगाए, उच्च–जोखिम कूटनीतिक संलग्नतालाई “पपुलिस्ट” स्टन्टको रूपमा हेरे । सन्तुलित शक्ति खेलको रूपमा व्यवहार गर्न सकेनन् ।

उनी वाशिंगटन गए सुरक्षा ग्यारेन्टी खोज्न । यद्यपि, ओभल अफिस गलत स्थान थियो, र ट्रम्प गलत व्यक्ति थिए, जसलाई दबाबमा राखेर केही लिन सकिन्छ भन्नुजस्तो यो पृथ्वीको मूर्खता अरु केही हुँदैन । ट्रम्पले भावनात्मक अपील वा नैतिक तर्कमा प्रतिक्रिया दिएनन्, उनी प्रभाव, वफादारी, र लेनदेनकारी राजनीतिमा विश्वास गर्छन्। यदि जेलेन्स्कीले, उनको कूटनीतिक इतिहास अध्ययन गरेका भए, सबै कुरा वार्तामा गर्न सकिने बुझ्नुपर्ने थियो । तर उनी गत ५ वर्षदेखि पुल्पुलिएको बच्चाजस्तो जिद्धी गर्दै थिए । बास्तबमा उनलाई युद्धले सबक सिकाउने भन्दा मताएको देखियो ।
अर्कातिर उनलाई पुल्पुल्याउने अभिभावक गुमाएर कमजोर भइसकेको अवस्थामा कोठा भित्र प्रवेश गरेका थिए । उनका पूर्ववर्ती हर्कतहरूः कमला ह्यारिसको चुनावी सभामा उभिनु, अमेरिकी ब्याटल ग्राउण्ड राज्यहरूमा पक्षपातपूर्ण फोटो प्रदर्शन र सन् २०१९ मा ट्रम्पले २०२० को निर्वाचनअघि बाइडेनबारे जानकारी दिन अनुरोध गरेका बेला सहयोग नगर्ने जस्तो कुरा समेत उनले बिर्सेका कारण समेत अझै बाँकी हुनसक्ने कुनै सद्भावलाई समेत क्षतविक्षत पार्न पुगे।
त्यसपछि, हल्का कदमका रुपमा उनले प्रत्यक्ष प्रसारण भइरहेको टेलिभिजनमा उपराष्ट्रपति जेडी भ्यान्सलाई चुनौती दिएर तनाव बढाए। त्यहींबाट आफ्नो असफलता सुनिश्चित गरे।
यदि जेलेन्स्कीले युक्रेनको युद्ध वा रुससँगको वार्तामा अमेरिकी स्थान युरोपले लिन सक्छ भन्ने विश्वास गरेका छन् भने उनले इतिहासलाई पढेकै छै्रनन् । हालैका म्याक्रों र स्टारमरको ओभल अफिस वार्ता समेत बेवास्ता गर्नु चरम बेहोसीपन हो ।
एक समय शक्तिशाली युरोपेली शक्तिहरू अहिले आफ्नो पुरानो रूपको केवल छायाँ मात्र हुन्। तिनीहरूको अर्थतन्त्र अमेरिकी ५० राज्यहरूको एउटा टुक्रा जस्तो देखिन्छ, तिनीहरूको सैन्य शक्ति अमेरिकाको इलिनोइज नेशनल गार्डसँग तुलना गर्न सकिन्छ, र तिनीहरूको भू–राजनीतिक प्रभाव सन् १९४५ देखि हराइसकेको छ भन्दै हेरिटेज फाउन्डेसनका रणनीतिकारहरुले लल्कारिरहेको तथ्यलाई केवल आरोप मात्र मान्न मिल्दैन ।
अघिल्ला अमेरिकी राष्ट्रपतिहरूले जसरी युरोपेली स्वायत्तताको भ्रमलाई स्वीकारेका थिए, ट्रम्प त्यसमा सहभागी हुन अस्विकार गरेको अहिले मात्र होइन, सन् २०१६ देखि नै लगातार भिड्दै र युरोपेलीलाई डाँटेदै आएका छन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले ट्रम्पसँगको सम्बन्धमा भरोसा राखेर वाशिंगटन भ्रमण गरेका थिए । उनलाई बढी सूक्ष्म दृष्टिकोणतिर लैजाने आशा राखेका थिए । तर हात लाग्यो शून्य भन्दा बढी केही भएन । ट्रम्प क्याक्रोंबाट प्रभावित हुनुको बदला केवल कमजोरी देखे । प्रतिक्रियामा उनले युरोपेली वस्तुहरूमाथि नयाँ ट्यारिफ थोर्पदिए ।
झण्डै उस्तै दशा बेलायतका प्रधानमन्त्रीले पनि भोगे । ट्रम्पको सत्ता पुनरागमनबारे संशय व्यक्त गरेका कियर स्टारमर सम्बन्ध सुधार गर्न ह्वाइट हाउस पुगेका थिए । राजा चाल्र्स तेस्रोको व्यक्तिगत निमन्त्रणाको मेजवानी समेत उनले बोकेका थिए ।

प्रधानमन्त्री हात जोडेर सम्बन्ध पुनस्र्थापना गर्न उत्सुक थिए। ट्रम्प भने आफ्नै अलौकिक चुनावी लोकप्रियताको आनन्दबाट व्युँझेकै थिएनन् । ट्रम्पका “प्रथम साथी” इलन मस्कले कियर स्टारमरको एक्समा खिल्ली उडाउने मात्र होइन, त्यहाँ चरम दक्षिणपन्थी युके रिफर्म नामक पार्टीलाई उकासिरहेको परिवेश यथावत नै छ ।
ट्रम्पको विदेश नीतिप्रति युरोपको प्रतिक्रिया अनिच्छुक रूपमा अनुकूलनात्मक देखिएको छ । केही नेताहरूले आलोचना जारी राख्दै गर्दा हङ्गेरियन प्रधानमन्त्री विक्टर ओर्बानले, वाशिंगटनको दृष्टिकोणलाई पूर्ण समर्थन गरेका छन्। जर्जिया मेलोनी यसै पनि ट्रम्पकी डाइहार्ट फलोअर हुन् । म्याक्रोंलाई चुनौती दिने गरी मरिन ल पेनले ट्रम्पलाई समर्थन गरेर युरोपेली पोलिटकल इलिटको तेजोवध गर्ने अवसर बनएकी छन् ।
युरोप अझै पनि सुरक्षाका लागि अमेरिकामा गहिरो रूपमा कमजोर र निर्भर छ। युक्रेनमा युद्धले यसलाई थप स्पष्ट पारेको छ। युरोपेली राष्ट्रहरूले कीभलाई महत्वपूर्ण सैन्य र वित्तीय सहायता प्रदान गरेका छन्, तर अमेरिकाको समर्थन बिना, युद्ध लामो समयअघि नै गुमिसक्ने थियो । वा पेन्टागनको इशारा नभएको भए युद्ध नै हुने थिएन । अब युरोपेली नेताहरूको लागि चुनौती केवल युक्रेनको लागि समर्थन कायम राख्नु मात्र होइन, ट्रम्पलाई रिझाउनु पनि हो । यसैका लागि स्टारमरले १८ नेताहरुलाई भेला पारेर ट्रम्पलाई बल पु¥याउने कदम चाल्न बाध्य भए ।
धेरै युरोपेली सरकारहरूले यो यथार्थ बुझ्छन् । तिनीहरूले वाशिंगटनको राम्रो कृपामा रहने सुनिश्चित गर्न कदम चालेका छन्, मुख्य रूपमा अमेरिकी सैन्य उपकरण किन्न र आफ्ना नाटो प्रतिबद्धताहरू बलियो बनाउन। रुसी खतरा बढी खुला भएका देशहरू, पोल्याण्ड र बाल्टिक राज्यहरूले,अमेरिकासँग बलियो सम्बन्धलाई प्राथमिकता दिने कुरा प्रष्टै छ। । तर जेलेन्स्कीले यी पाठहरूलाई बेवास्ता गरेको जस्तो देखिन्छ। ओभल अफिसमा उनको असफलता केवल एउटा खराब बैठक मात्र होइन, यो अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ यथार्थ बुझ्ने असफलता हो। रुससँगको युद्ध ग्रान्डस्ट्याण्डिङको मञ्च होइन; यो एउटा क्रूर प्रतिस्पर्धा हो, जहाँ जीवित रहन रणनीति आवश्यक पर्छ, न कि नाटक ।
गर्नु पर्ने के थियो भने जेलेन्स्कीले मिडियासामु ट्रम्पसँग कुनै मतभेदबारे विवाद गर्नुहुँदैनथ्यो। सेवानिवृत्त जनरल ज्याक कीनले फक्स न्यूजमा भने जस्तै “उनले आज ओभल अफिसमा प्रवेश गर्दा बुझ्नुपथ्र्यो कि क्यामेरा चालु हुँदा … जेलेन्स्कीको कुरा हो, प्रश्नको एकमात्र उत्तर ‘धन्यवाद, श्रीमान राष्ट्रपति। धन्यवाद, अमेरिका। म तपाईंहरूसँग मिलेर युद्धको शान्तिपूर्ण अन्त्य प्राप्त गर्न काम गर्नेछु।’ बस् ।
वास्तवमा कीनको यो सल्लाह नै सवैभन्दा उपयुक्त छ । त्यो दिन त खनिज सम्झौताको उत्सव मनाउने, युद्धबाट देश शान्ति तर्फ गएको महसुस गराउने भेट हुनुपथ्र्यो। तर जेलेन्स्कीले वार्ता नै हाइज्याक गरे । प्रश्न न सोधिएका बेला समेत आफू बोलिरहने बालहठ देखाइरहे । पटक पटक अवसर खोजेर आफ्ना कुरा राखे। यदि उनी चुप लागेका भए, खनिज सम्झौता हस्ताक्षर भइसक्थ्यो, संयुक्त राज्य अमेरिकाले युक्रेनको स्वतन्त्रतामा वित्तीय लगानी गर्ने थियो र उनले ट्रम्पसँग वार्तामा आफ्नो क्षेत्र फिर्ता ल्याउन कसरी रणनीति बनाउने भन्ने बारेमा बहुआयामिक रुपमा सोचिरहेका हुने थिए । वास्तवमा जेलेन्स्कीले उनकै देशको भाग्य निर्भर रहेको मानिसलाई गुमाउन पुगे । जबकि ट्रम्प त केही क्षणअघिसम्म युक्रेनमा अमेरिकी शान्ति सेना पठाउने सम्भावनाबारे कुरा गरिरहेका थिए।
त्यसभन्दा अझ डरलाग्दो त जेलेन्स्कीले माफी माग्न र फाटो मर्मत गर्नमा समेत हठ नै प्रदर्श गरे । त्यो साँझको फक्स न्यूज अन्तर्वार्तामा अन्तर्वार्ताकार ब्रेट बायरले जेलेन्स्कीलाई भाँडिएके वार्ता बारेमा माफी माग्ने बारम्बार अवसर दिएका थिए । उनले त झन ट्रम्प र अमेरिकालाई दबाव दिएरै ठिक पार्छु जस्तो बचकना दोहराए । जब उनलाई ट्रम्पसँग माफी माग्नुपर्छ कि भनेर सोधियो जेलेन्स्कीले जवाफ दिए “पर्दैन,” “मलाई लाग्छ कि हामीले धेरै खुल्ला र धेरै ईमानदार हुनुपर्छ, र म निश्चित छैन कि हामीले केही खराबी ग¥यौं।”
एकजना टिप्णीकारले सिबीएस न्यूजमा भनेजस्तै यो त समुन्द्रमा डुब्दै गरेको मानिसलाई जीवन रक्षक रसी फ्याँक्ने तर उसले समात्न अस्वीकार गर्ने जस्तो भयो ।
ट्रम्पले ओभल अफिसको ताण्डवपछि पनि अझै आशा मारेका थिएनन् । उनी एअर फोर्स वनमा चढ्ने बेलामा पनि उनले शान्ति चाहेका छन् भने फर्किन्छन् भन्दै थिए ।
जेलेन्स्की वाशिंगटनमा रहेर तनाव र विध्वंसात्समक सम्वधन्धलाई मर्मत गर्नु पर्दथ्यो । ट्रम्पले उनलाई त्यो बाटो त देखाएकै थिए । ट्रुथ सोशलको पोस्टमा, भनेका थिए- “जेलेन्स्की शान्तिका लागि तयार भएका बेला फिर्ता आउन सक्छन्।” जेलेन्स्कीले त्यो ट्रम्पको संकेतलाई नै अवसरकारुपमा बदल्न सक्नु पथ्र्यो । कुटनीतिमा धैरै खराब अवस्थालाई सुधार्न सकिने विश्व सन्दर्भ नभएका होइनन् । यस्तो बेला जेलेन्स्कीले ट्रम्पलाई हस्तलिखित पत्र पठाएर भेटवार्ता गलत बाटोमा गएकोमा दुख व्यक्त गर्ने र वार्ता भाँडिएकोमा नियत नभएको भन्दै आफ्नो भूमिकाप्रति पछुतो व्यक्त गर्ने र ट्रम्पसँग शान्तिका लागि काम गर्ने आफ्नो चाहना यथावत रहेको घोषणा गर्नुपथ्र्यो। फेरि पनि उनले ट्रम्पले दिएको बाटो अस्वीकार गरे, जहाज चढे, र अमेरिक छोडे। लण्डनमा उनले कियर स्टारमरको थपथपना र राजा चाल्र्ससँग भेटेर के पाए ? शायद ट्रम्पबाट अझ टाढा पुगे ।
जेलेन्स्कीको यस्तो हठ सन् २०२२ को फेब्रुअरीमा ठूलो मूल्य थियो । जतिबेलो उनले अघि बढिरहेका रुसी सेनाको सामना गर्दा कीभबाट भाग्न अस्वीकार गरेका थिए । तर अहिले यसलाई सम्हाल्ने दायित्व थियो । जेलेन्स्कीले विजयको मुखबाट जर्बजस्ती हारलाई रोजे । कतिपयले विश्लेषण गरेजस्तो यो अमेरिकी “अम्बुस” थियो कि थिएन् भन्ने बारेमा लगातार वहस र विवाद भइरहने प्रकरण हो ।यसै पनि अमेरिका विश्व राजनीतिको मूलत विवादकै विषय हो । वाशिंगटनले उनको उद्धारका लागि सवै प्रपञ्च मिलाइरहेको थियो । यस्तो बेलो उनले गर्नुपर्ने थियो मुस्कुराइरहने, ट्रम्प र अमेरिकी जनतालाई धन्यवाद दिने, र खनिज सम्झौता हस्ताक्षर गर्ने। तर उनले पुटिनलाई विजय बनाएर अमेरिकाबाट उनलाई उकासिरहेका युरोपेलीहरुका बीचमा कच्कुयाकच्चुक कुरा गर्न पुगे । अमेरिकाभित्र युक्रेनविरोधी रिपब्लिकनहरूलाई थप सशक्त बनाउने काम समेत उनैले गर्न पुगे । युक्रे युद्ध रोक्ने मतलाई कमजोर पारेजस्तो प्रतित भइरहेको छ ।

वार्ता विपत्तिपछि जेलेन्स्कीलाई कारगेडमा छोड्न एक ह्वाटहाउस कर्मचारी
जेलेन्स्कीको व्यवहारको सबैभन्दा उदार व्याख्या वा उनलाई दिन सकिने सहुतियत वा छुट भनेको केवल उनी थाकेका छन् भन्ने हो । उनले तीन वर्षदेखि क्रूर आक्रमणमा परेको राष्ट्रको नेतृत्व गरिरहेका छन्। उनले नियमित रूपमा युद्ध मोर्चाको भ्रमण गर्द पुटिनले सिर्जना गरिदिएको विनाशलाई प्रत्यक्ष देखेका छन् । जसले गर्दा उनका भावनाहरूलाई तीव्र पारेका छन्, तर उनको धैर्य निकै पातलो छ। यही कमजोरी समातेर नै जेलेन्स्की मार्फत रुस युक्रेन युद्ध भड्काइएका जेलेन्स्की र उनका सहयोगीहरुले कहिल्यै बुझ्ने प्रत्यन नै गरेनन् ।
तर जेलेन्स्कीलाई विश्व मञ्चमा भावनात्मक हुने सुविधा छैन। युरोपसँग युक्रेनले बाँच्न आवश्यक सैन्य क्षमता छैन। युक्रेनसँग अमेरिकाका राष्ट्रपतिसँग बोलचाल बन्द गरेर अघि बढ्ने राष्ट्रपतिका रुपमा पनि उनी टिकिरहन सम्भव छैन ।
अहिले, जेलेन्स्कीले ट्रम्पसँग आफ्नो देशको सम्बन्ध व्यवस्थापन गर्न पूर्णत असमर्थ देखिएका छन् । ट्रम्प उदार हुन सक्छ र मेलमिलापको बाटो फेरि पनि अपनाउन सक्छन् । उनको व्यापारिक पृष्ठभूमिले आफ्नो फाइदामा पुरै घुम्न सक्छन । त्यसका लागि पनि जेलेन्स्कीले माफी माग्नुको कुनै त विकल्प छैन । उनी झन् झन टाढा गइरहेका छन्। यदि जेलेन्स्कीले माफी माग्ने हो भने ट्रम्पले उनलाई ह्वाइट हाउसमा बोलाएर पुनः खनिज सम्झौता हस्ताक्षर गर्न सक्छन् । उनलाई सबै क्षमा गर्न पनि सक्छन् । तर जेलेन्स्कीले त्यो बाटो अस्वीकार गरिरहेका छन्, । उनले आफूलाई महान राष्ट्रवादी पपुलिस्ट नेता बनाउने ध्याउन्नमा अन्धोवेगका रुपमा आफूलाई दौडाएका छन् । यसले उनकै विनाश बाहेक केहि पनि निम्त्याउँदैन । जेलेन्स्कीलाई ट्रम्पको पहिलो कार्यकालदेखि नै विग्रेको सम्वन्धलाई मर्मत गर्दै त्यहाँसम्म लैजाने रिपव्लिकन सिनेटर लिन्डसे ग्राहमले समेत तुरुन्तै उनको राजीनामा मागेका छन् । वास्तवमा अब उनले राजीनामा गरेर अर्को व्यक्तिले अन्तरिम रुपमा देशको नेतृत्व गर्ने अवस्था तयार नभएसम्म युक्रेन युद्धले युद्धविराममा पुग्न कठिन बनेको छ ।

विश्व परिवर्तन भएको छ, र शक्ति सन्तुलन पनि परिवर्तन भएको छ। यदि युक्रेनले टिक्नुपर्छ भने यसका नेताले खेलका नियमहरू सिक्नुपर्छ। तर जेलेन्स्कीको जसरी उदय भएको थियो, त्यो भन्दा दर्दनाक रुपले अवसान हुने त निश्चित देखिन्छ । जेलेन्स्की–ट्रम्प कण्डले विश्वलाई नै एकपटक ब्युँझाएको हुनुपर्छ । ओभल अफिस के थियो र अझै के छ भन्ने बुझन् कुटनीतिक विपत्तिपछिका यतिका समयसम्म क्लिन्टन, ओबामा, वाइडेन वा बुशले समेत किन्न मुख खोल्न चाहेनन् ? मुखिय र गुदी कुरा नै यही हो । हाम्रो छिमेकका मोदी र सीले के सोच्दै होलान् ? जब कि मोदीले भर्खरै ओभल अफिसको आगो तापेर फर्केका छन् । इलन मस्कले दिएको स्टार लिंकको कुटनीतिक सम्वन्धकै रणनीतिक ‘लिंकेज’ बन्न सक्ने अफरलाई ओली–देउवा जुगलवन्दीले किन तमासा बनाएको छ ? हेर्न अझै धेरै बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्