भारतका उच्च कुटनीतिज्ञहरुले पनि राष्ट्रपति ट्रम्पको भाषालाई प्रतिध्वनित गरिरहेका छन्
मार्च १३: दशकौंदेखि अमेरिकाले आफ्ना मित्रहरूलाई साथ दिएको छ र आफ्ना शत्रुहरूलाई रोकेको छ। त्यो अटलता उल्टोपाल्टो हुँदैछ, किनकि डोनाल्ड ट्रम्पले सहयोगीहरूमाथि दबाब दिइरहेका छन् र विरोधीहरूसँग सम्झौता खोजिरहेका छन्। मार्च ३ मा युक्रेनलाई दिइने सबै सहायता रोकेपछि, उनको प्रशासनले युक्रेनले ३० दिने युद्धविरामको सैद्धान्तिक सहमति जनाएपछि सहायता पुनर्स्थापित गर्यो। ह्वाइट हाउसले भ्लादिमिर पुटिनलाई यो स्वीकार गराउन कति जोड दिन्छ, यो स्पष्ट छैन। सोही दिन, ट्रम्पले क्यानाडामाथि थप भन्सार शुल्क लगाए। क्यानाडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले चेतावनी दिए कि एक शिकारी अमेरिकाले ‘हाम्रो पानी, हाम्रो जमिन, हाम्रो देश’चाहन्छ। र एसियालाई पनि नबिर्सौं। राष्ट्रपतिले हालै अमेरिका–जापान रक्षा सन्धिको मूल्यमाथि शंका व्यक्त गरेका छन्, जुन सन्धिमा आइजनहावरले १९६० मा हस्ताक्षर गरेका थिए। विश्वभरका सहयोगीहरू डराउँछन् कि अमेरिका पहिलो नीतिले उनीहरूलाई दोस्रो, तेस्रो वा अन्तिम स्थानमा राख्छ।
ट्रम्प र उनका समर्थकहरूले विश्वास गरे अनुसार उनको उन्मादी कार्यले अमेरिकी शक्तिलाई बढाउँछ, गतिरोध तोड्छ र निष्क्रिय वा परजीवी सहयोगीहरूलाई हल्लाउँछ। युक्रेनमा प्रस्तावित युद्धविरामले उनले देशहरूको व्यवहार परिवर्तन गर्न सक्छन् भन्ने प्रमाण हो। तर कुन मूल्यमा ? उनको व्यापार युद्धले वित्तीय बजारहरूमा आतंक मच्चाइरहेको छ। १९४५ देखि अमेरिकाको हातमा आफ्नो सुरक्षा सुम्पेका ४० भन्दा बढी देशहरू विश्वासको संकटबाट गुज्रिरहेका छन्। उनीहरू ट्रम्प टोलीको अस्थिरता र अल्पकालीन सोचबाट डराउँछन्ः गाजामा भएको युद्धविराम, त्यो पनि युक्रेनको जस्तै छ, चाँडै भत्किन सक्छ। देशभित्र, ट्रम्पलाई नियन्त्रण र सन्तुलनको सामना गर्नुपर्छ। विदेशमा, त्यति पर्दैन । सहयोगीहरू सोधिरहेका छन् कि यदि सबैभन्दा खराब स्थिति आयो भने ट्रम्प वा उपराष्ट्रपति जे.डी. भान्स उनीहरूसँगै लड्नेछन् भन्ने कुरामा उनीहरू निश्चित छन् कि छैनन्। दुर्भाग्यवश, जवाफ छः पर्याप्तमात्रामा निश्चित छैन।
यो विश्वासको ह्रासले यो पनि प्रतिबिम्बित गर्छ कि सहयोगीहरूलाई दबाब दिनु मागा मूल्य–रहित एजेण्डाको अपरिहार्य परिणाम हो। सहयोगीहरूको परस्पर निर्भरताले अमेरिकालाई रूस वा चीन जस्ता शत्रुहरूमाथि भन्दा उनीहरूमाथि बढी प्रभाव पार्छ। दशकौंदेखि क्यानाडा, युरोप र एसियाका केही भागले अमेरिकाको ‘सुपरपावर स्ट्याक’—रक्षा सन्धि, व्यापार सम्झौता, आणविक हतियार, डलर बैंकिङ प्रणाली—मा भरोसा गरेका छन् किनकि यो पारस्परिक रूपमा लाभदायक छ। दुखद कुरा, ट्रम्पले यसलाई दायित्वको रूपमा देख्छन्।
प्रशासनको आर्थिक राष्ट्रवाद र वैश्विक सुरक्षा भूमिकाको अस्वीकार अझ अगाडि बढ्न सक्छ। विदेशी कम्पनीहरूलाई अमेरिकामा पूँजी स्थानान्तरण गर्न दबाब दिइँदैछ। केही ह्वाइट हाउस सल्लाहकारहरू पारस्परिक भन्सार शुल्क चाहन्छन्, जो संरक्षणवादको एक कट्टरपन्थी रूप हो। वाल स्ट्रिटमा डलरको मूल्य घटाउने योजनाहरूको चर्चा चलिरहेको छ। इलोन मस्कले अमेरिकाले नेटो छोड्नुपर्छ भन्छन्ः यद्यपि ट्रम्प त्यति टाढा गएका छैनन्, उनले यो कुरालाई खण्डन पनि गरेका छैनन्। युरोपेलीहरूले नयाँ, एक पटक अकल्पनीय जोखिमहरूको अन्वेषण गरिरहेका छन्ः के अमेरिकासँग एफ–३५ लडाकु विमानका लागि किल स्विचहरू छन्ः के यो बेलायतको आणविक निवारक कायम राख्न अस्वीकार गर्न सक्छ?
एसियाली सहयोगीहरू चिन्तित छन् कि ट्रम्पले उनीहरूमाथि पनि आक्रमण गर्नेछन्। अष्ट्रेलिया, जापान, दक्षिण कोरिया र अन्यले आशा गरे अनुसार चीनप्रतिको उनको शत्रुता यति गहिरो छ कि ट्रम्पले उनीहरूलाई त्याग्ने छैनन्। तर व्यापार र रक्षा सन्धिहरूमा उनको गुनासोको भौगोलिक सीमा छैन। युक्रेनको लागि रूससँग तेस्रो विश्वयुद्धबाट बच्ने उनको दृढताले देखाउँछ कि चीन वा उत्तर कोरियासँगको वार्ताले उनले सहयोगीहरूलाई कमजोर बनाउने र ताइवानलाई जोखिममा पार्ने रियायतहरू प्रस्ताव गर्न सक्छन्।
यदि तपाईं अमेरिका र यसको ट्रान्सएटलान्टिक र प्रशान्त गठबन्धनको प्रशंसा गर्नुहुन्छ भने, यो परिवर्तन यति चरम र अपरिचित छ कि यस्तो भइरहेको छ भनेर इन्कार गर्न र ट्रम्प पछि हट्नुपर्छ भन्ने अनुमान गर्नु लोभलाग्दो छ। तर, जब तपाईंको जनताको सुरक्षा दाउमा छ भने यस्तो प्रवृत्तिको इन्कारी योजना होइन। अमेरिकाका सहयोगीहरूको जीडीपी ३७ डलर ट्रिलियन छ, तर उनीहरूसँग कठोर शक्ति छैन। ओभल अफिसमा चापलुसी गर्नु र अमेरिकी सामान किन्न प्रस्ताव गर्नुले उनीहरूलाई धेरै टाढा लैजाँदैन। रियायतहरूले थप मागहरू प्रोत्साहन गर्न सक्छ, जसरी पनामाले पाएको छ। यदि सहयोगीहरूले आफूलाई बचाउन सकेनन् भने, केहीले चीन वा रूससँग सम्झौता खोज्नेछन्।
अमेरिकाका सहयोगीहरूले त्यो निराशाजनक परिणामबाट बच्न अहिलेबाटै सुरु गरेर प्रयास गर्नुपर्छ । एउटा विचार अमेरिकालाई पारस्परिक हानिबाट रोक्नु हो। यसको मतलब असामान्य प्रतिशोधात्मक उपायहरू पहिचान गर्नु र १९३० को दशकको जस्तो अधोगति सर्पिलबाट बच्न तिनको प्रयोगलाई समायोजन गर्नु हो। एउटा विकल्प भनेको बाह्य प्रतिबन्ध र निर्यात नियन्त्रणमा सहयोगलाई ढिलो गर्नु हो। सहयोगीहरूले आफ्ना ूचोक–पोइन्टहरूू प्रयोग गर्न सक्छन्, जुन हाम्रो अनुमानमा अमेरिकाको आयातको २७ प्रतिशत हो, जसमा आणविक इन्धन, धातु र औषधिहरू समावेश छन्। सेमिकन्डक्टर उत्पादन शृंखलामा लुकेका टोकियो इलेक्ट्रोन र युरोपको एएसएमएल जस्ता कम्पनीहरू अमेरिकाका प्राविधिक दिग्गजहरूका लागि महत्त्वपूर्ण आपूर्तिकर्ता हुन्। मूर्ख भन्सार शुल्कहरूको बिरूद्धमा चतुर प्रतिशोध पहिलो ट्रम्प कार्यकालमा युरोपको लागि काम गर्यो। सहयोगीहरूले सैन्य दबाब बिन्दुहरू, जस्तै राडार र आधारहरू, पनि पहिचान गर्नुपर्छ, यद्यपि उनीहरूले चरम परिस्थितिबाहेक तिनलाई शोषण गर्न रोक्नुपर्छ।
बीमा नीतिको रूपमा सहयोगीहरूले अमेरिकाको सुपरपावर स्ट्याकको समानान्तरमा आफ्नै आर्थिक र सैन्य पूर्वाधार निर्माण गर्नुपर्छ। यो विकल्प सिर्जना गर्न वर्षौं लाग्नेछ। युरोपले थप रक्षा खर्चको लागि संयुक्त ऋण जारी गर्ने सम्भावना धेरै छ, र यो ट्रम्पले अमेरिकाको प्रतिबन्ध हटाए पनि रूसमाथि आफ्नै प्रतिबन्ध कायम राख्न सक्छ। यी सबैले अमेरिकी र युरोपेली पूँजी बजारलाई विभाजन गर्न सक्छ र अन्ततः युरोको अन्तर्राष्ट्रिय मुद्राको भूमिकालाई बढावा दिन सक्छ। रक्षामा, युरोप आफ्ना सेनाहरूमा रहेका कमजोरीहरू भर्न कसरत गरिरहेको छ। यो फ्रान्स र सायद बेलायत समावेश भएको महाद्वीपीय आणविक निवारकको बारेमा पनि छलफल गरिरहेको छ। एसियामा, दक्षिण कोरिया र सायद जापान चीन र उत्तर कोरियालाई रोक्न आणविक सीमातिर नजिक जान सक्छन्।
नयाँ रातका पहरेदारहरू
अन्तमा, अमेरिकाका सहयोगीहरूले संख्यामा बल खोज्नुपर्छ। युरोपलाई नेटोको नेतृत्व लिन, सीपीटीपीपी, एक एसियाली व्यापार सम्झौतामा सामेल हुन, र जापान र दक्षिण कोरियासँग सैन्य र नागरिक प्रविधिमा नजिकबाट सहयोग गर्न योजना चाहिन्छ। यसले स्केल सिर्जना गर्नेछ र प्रतिद्वन्द्विताहरू व्यवस्थापन गर्न मद्दत गर्नेछ। यसले वैकल्पिक उदार व्यवस्था पनि संरक्षण गर्नेछ, यद्यपि यो मूलभन्दा धेरै कमजोर हुनेछ। सहयोगीहरूले २०२९ मा नयाँ राष्ट्रपतिको नेतृत्वमा अमेरिकालाई फेरि स्वागत गर्न तयार हुनुपर्छ, यद्यपि विश्व उस्तै हुने छैन। आणविक प्रसार शुरू भएको हुन सक्छ, चीन बलियो भएको हुनेछ र अमेरिकाको शक्ति र विश्वसनीयता गम्भीर रूपमा क्षतिग्रस्त भएको हुनेछ। यसका सहयोगीहरूका लागि, गुनासो गर्नुको कुनै अर्थ छैनः उनीहरूले कठोर बन्न र काम गर्न शुरू गर्नुपर्छ।■
द इकोनोमिष्टबाट
प्रतिक्रिया दिनुहोस्