ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनमोहक शुक्लाफाँटा निकुञ्ज : थोरै क्षेत्रफलमा धेरै बाघ


admin

भीमदत्तनगर, २२ चैत । अहिले वसन्त ऋतुको याम छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको विशाल घाँसे मैदानको पश्चिमतर्फ सूर्यास्तको मनोरम दृश्यसँगै बाह्रसिङ्गेको झुण्ड सहजै देख्न पाइन्छ ।

पचपन्न वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो मुलुककै ठूलो घाँसे मैदान हो । घाँसे मैदानको वरपर पलाँसका रुख यतिबेला पहेँलपुर भएका छन् । पलाँसको फूलले शुक्लाफाँटा निकुञ्ज घुम्न आउने जोकोहीलाई पनि मन्त्रमुग्ध पार्छ ।

घाँसे मैदानमा दुई हजार ३०० भन्दा बढीको संख्यामा रहेको बाह्रसिङ्गेको झुण्ड देख्न पाइन्छ । बाह्रसिङ्गेसँगै निकुञ्जभित्र १७ वटा वयस्क बाघ रहेका छन् । यिनकै कारण आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने गरेका छन् । निकुञ्जको प्राकृतिक सौन्दर्यता, यहाँ रहेका विभिन्न वन्यजन्तु, विभिन्न प्रजातिका चराचुरुङ्गीका कारण यहाँ घुम्न आउने पर्यटकको संख्या वर्षेनी बढ्दो छ ।

पछिल्लो समय शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई निकुञ्जमा स्तरोन्नति गरिएको छ । बाह्रसिङ्गेबाहेक शुक्लाफाँटा बाघका कारण प्रख्यात छ । “शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्ज हो”, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले भन्नुहुन्छ, “बाघको संख्या बढ्दो क्रममा छ ।”

आहार र वासस्थानको उचित व्यवस्थापनकै कारण यहाँ थोरै क्षेत्रफलमा धेरै बाघ रहेका घिमिरे बताउनुहुन्छ । सन् २०१७ मा गणना गर्दा शुक्लाफाँटामा १७ वटा बाघ भेटिएका हुन् । हालै राष्ट्रिय बाघ गणनाका क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले बाघ गणना गरेको छ । विभागले गत माघ २१ गतेदेखि १९ दिन लगाएर बाघ गणना गरेको हो । सन् २००९ मा पहिलो पटक यहाँ बाघको गणना गरिएको थियो । त्यसबेला वयस्क बाघको संख्या आठ मात्रै थियो ।

“जेठ अन्तिमसम्म बाघको संख्या सार्वजनिक गर्छौं”, राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका संरक्षण अधिकृत अनिल प्रसाईंले भन्नुभयो । बाघ गणनाका लागि सातवटा हात्ती प्रयोग गरिएको थियो । एघार समूह बनाएर करीब १०० जनालाई गणनामा खटाइएको थियो ।

“क्यामेरा अभावले तीनपटक गरेर बाघ गणना गरेका थियौँ”, प्रसाईंले भन्नुभयो । निकुञ्जको २६० ठाउँमा ५२० वटा क्यामरा प्रयोग गरिएको थियो । निकुञ्जसँगै मध्यवर्ती क्षेत्र, लालझाडी, ब्रह्मदेव करिडोर र डडेल्धुराको जोगबुढा क्षेत्रमा बाघको गणना गरिएको हो ।

निकुञ्ज, जिल्ला वन कार्यालय, नेपाली सेना, सामुदायिक वन समन्वय समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल नेपाल, डब्लूडब्लूएफ नेपालका प्रतिनिधि तथा विभिन्न विश्वविद्यालयका विद्यार्थीसहितको टोली बाघ गणनामा खटिएको थियो ।

अन्यत्रजस्तो अहिलेसम्म निकुञ्जबाट बाघ बाहिर ननिस्केको निमित्त संरक्षण अधिकृत घिमिरे बताउनुहुन्छ । “सुरक्षा प्रबन्ध राम्रो छ”, उहाँले भन्नुभयो । अहिले भवानी बक्स गणले निकुञ्ज सुरक्षा गरिरहेको छ । निकुञ्ज सुरक्षाका लागि चौतर्फी नेपाली सेनाको सुरक्षा पोष्ट राखिएको छ ।

निकुञ्जको बाबाताल, रानीताल, लालपानी र शुक्लाफाँटा क्षेत्रमा बाघ देखिने सम्भावना बढी हुन्छ । निकुञ्जमा पस्ने अधिकांशको इच्छा बाघ हेर्ने नै हुन्छ । “बाघ देख्न त्यति सहज छैन”, संरक्षण अधिकृत प्रसाईंले भन्नुभयो । बाघको वासस्थान र निकुञ्जभित्रको पदमार्गबीचको दूरीले सहजै देख्न नपाइएको उहाँको भनाइ छ ।

यहाँ ४२४ प्रजातिका चराचुरुङ्गी रहेका छन् भने १७ वटा एकसिङ्गे गैँडा छन् । सातवटा घरपालुवा हात्ती छन् । निकुञ्जको अर्जुनीफाँटा क्षेत्रमा ६४ कृष्णसारसमेत रहेका छन् । सन् २०१० मा बाँके र बर्दियाबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो । संसारकै सबैभन्दा ठूलो बाह्रसिङ्गेको झुण्ड यही निकुञ्जमा हेर्न पाइन्छ । यहाँ जंगली हात्तीको संख्या २० भन्दा बढी रहेको आरक्ष प्रशासनले जनाएको छ ।

“अहिलेसम्म शुक्लाफाँटाको खासै प्रचारप्रसार हुन सकेको छैन”, पर्यटन व्यवसायी परमानन्द भण्डारी भन्नुहुन्छ, “बिस्तारै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा शुक्लाफाँटा पर्न थालेको छ ।”

निकुञ्जसँगै जोडिएको क्षेत्रमा राना थारु समुदायले मिलेर ‘राना थारु होमस्टे’ (घरबास) सञ्चालनमा ल्याएका छन् । निकुञ्जदेखि छ किलोमिटर टाढा दोधारा—चाँदनीमा एशियाकै लामो झोलुङ्गे पुल रहेको छ ।

विसं २०२६ मा यहाँ शिकार आरक्ष स्थापना भएको हो । पछि २०३१ सालमा बन्यजन्तु आरक्षका रूपमा विकास गरिएको हो । शुक्लाफाँटा ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । गत वर्ष आरक्षलाई निकुञ्जमा परिणत गरिएको हो । कूल क्षेत्रफलको करीब १७ प्रतिशत भूभाग घाँसे मैदानले ओगटेको छ । विसं २०६१ मा यहाँ मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो ।

चालू आर्थिक वर्षको साउनदेखि हालसम्म दुई हजार ६०० भन्दा बढी आन्तरिक र बाह्य पर्यटकले निकुञ्जको भ्रमण गरिसकेका छन् । तीमध्ये तीनसयभन्दा बढी बाह्य पर्यटक रहेको निकुञ्ज कार्यालयले जनाएको छ । गत आवमा करीब दुई हजार ६०० पर्यटकले निकुञ्जको अवलोकन भ्रमण गरेका थिए ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com