ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनोहरा नदीको करिब ५० रोपनी जग्गा व्यक्तिका नाममा रजिस्ट्रेसन पास


एबीसी न्यूज
२० बैशाख २०७६, शुक्रबार   ९ : २६   बजे

काठमाडौ, २० बैशाख । सानोठिमीस्थित मनोहरा नदीको करिब ५० रोपनी जग्गा भूमाफियाले व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरेका छन् । करिब ३५ वर्षअघि नदीले बहाव परिवर्तन गरेपछि खाली रहेको जग्गा व्यक्तिका नाममा कायम गरेको भेटिएको हो ।

ल्यान्ड पुलिङ गरी घडेरी बिक्री गर्दै आइरहेको मनोहरा जग्गा एकीकरण आयोजना कार्यालयले ल्यान्ड पुलिङका लागि पहल गर्दा अचानक यो तथ्य खुलेको हो ।

२०२१ को नापीअनुसार नदी भएका ठाउँमा अहिले व्यक्तिको जग्गा देखिन्छ । नक्सामा अहिले पनि जग्गा भएकै ठाउँमा नदी छ तर फिल्डमा भने बहाव परिवर्तन गरेका कारण नदी अरूकै जग्गामा छ । ‘ल्यान्ड पुलिङका लागि तयार हुँदा हामीलाई थाहा भयो,’ आयोजनाका प्रमुख इन्द्रमान सिंहले भने, ‘नदी अहिले व्यक्तिका जग्गामा बगिरहेको छ भने नदीको वास्तविक ठाउँ अरूले नै कब्जा गरेका छन् ।’

२०३० तिर नदीले बहाव परिवर्तन गरेपछि उक्त जग्गा भूमाफियाले आफ्ना नाममा लगेको भेटिएको आयोजनाले जनाएको छ । २०३७ असोज २६ गते ऊक्त जग्गा व्यत्तिका नाममा पास भएको मालपोतको रेकर्डमा देखिन्छ । साबिक दिव्येश्वरी ७ ख को कित्ता नम्बर २४५ को ५० रोपनी मनोहरा नदी हो । कित्ताकाट हुँदै जाँदा २५७ र पछि २५८ कायम भएको छ । त्यसपछि विभिन्न समयमा कित्ताकाट हुँदै २०५८ बाट २६३, २०६४ र २६५ कायम भएको छ । २६३ कित्ता काटिएर २६६ र २६७ कायम भएको आयोजनाले उपलब्ध गराएको कागजातबाट देखिन्छ । हाल ती कित्ताहरू श्यामजंग सिजापति, राजेन्द्रकुमार सिजापति, सुवर्णकुमार सिजापति र प्रेमजंग सिजापतिका नाममा छन् । २६६ कित्ता डण्डपाणि उपाध्यायको नाममा दर्ता छ ।

विभिन्न समयमा बेचबिखन हुँदै जाँदा २८३ नम्बर कित्ता तेजनसिं द्वारेलगायत दुई जना र २८४ नम्बर कित्ता पुरुषोत्तमप्रसाद पौडेलकानाममा रहेको छ ।

२६७ नम्बर कित्तालगायतको १३ रोपनी जग्गा दर्ता बदर भएको छ । ‘नदी नै व्यक्तिका नाममा दर्ता भएको देख्दा हामी त छक्कै पर्‍यौं,’ आयोजनाका एक कर्मचारीले भने । उनका अनुसार नदीले बहाव परिवर्तन गरेपछि खाली भएको मौका छोपी भूमाफियाले जग्गा व्यक्तिका नाममा गराएका हुन् । ‘हामीले रोक्का राखेका छौं,’ ती अधिकारीले भने, ‘तर भूमाफियाहरू अदालतदेखि विभिन्न शक्तिकेन्द्र लगाएर जग्गा किनबेच गराउन लागिपरेका छन् ।’

आयोजनाका अनुसार उक्त जग्गामा हाल पर्खाल लगाइएको छ । नदीलाई पुनः साबिककै ठाउँमा फर्काएर हाल नदी रहेको जग्गामा ल्यान्ड पुलिङ गरिने आयोजनाको तयारी छ । ‘नदीलाई पुरानै स्थानमा फर्काउने र हाल बगिरहेको ठाउँमा ल्यान्ड पुलिङमार्फत क्षतिपूर्ति दिएर जग्गा अधिग्रहण गर्छौं,’ ती अधिकारीले भने, ‘नदीलाई पुरानै ठाउँमा फर्काउन पहल भइरहेको छ ।’

मनोहरा आयोजनाको जग्गा अहिले करिब ४५ लाख रुपैयाँ प्रतिआनामा बिक्री भइरहेको छ । ‘नदीको उक्त जग्गा भने प्रतिआना ५र७ लाख पाए पनि बेच्न लबिइङ भइरहेको छ । सस्तोमै भए पनि बेचेर उम्कन पाए हुन्थ्यो भनेर चलखेल गरिरहेका छन्,’ उनले भने । हाल आयोजनाले त्यस क्षेत्रमा करिब २७ सय रोपनी जग्गा ल्यान्ड पुलिङ गर्ने क्रममा छ ।

सांसद महेश बस्नेतले भूमिसुधारमन्त्रीपद्मा अर्याललाई भेटेर जग्गा फर्काउन पहल गरिरहेका छन् । अर्यालले मुलुकभर सरकारी जग्गा मिचिएको उजुरी आएपछि मन्त्रालयले छानबिन अघि बढाएको बताइन् । ‘नदीको जग्गा मिचिएको उजुरीपछि छानबिन अघि बढाएका छौं,’ उनले भनिन्, ‘अरू ठाउँमा पनि त्यस्तो भेटिए छानबिन गरेर फिर्ता ल्याउन पहल गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group