काठमाडौं , २७ वैशाख । मुलुकमा सरकारले सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी पैठारीका कारण सुनको बढी मूल्य तिर्नुपर्ने हुनाले व्यवसायी र उपभोक्ताले नोक्सानी बेहोरिरहेका छन् ।
सुन तस्करीमा धेरै आम्दानी हुने भएकाले तस्करहरूले जोखिम मोलेर भए पनि यो अवैध कारोबार गरिरहेका हुन्छन् । पटक पटक सुन तस्कार रोकियो भन्ने सरकारलाई नै तस्करीले पटक पटक गिज्याँई रहेका छन् ।
सरकारले स्ुन तस्कार रोकियो तस्करीको जालो तोडियो भन्दै गर्दा केही दिन अघिमात्र विमान स्थलबाटै सुन बरामद हुन छाडेको छैन ।
पञ्चायतकालमा समेत भारी परिमाणमा सुन बरामद हुने गरेको थियो । सरकारले २०६९÷०७० मा सुनको आयातमा रोक लगाउँदै राष्ट्र बैंकलाई आपूर्तिको जिम्मा दियो । काँचो सुन ल्याउन रोक लगायो । बरामद हुने तस्करीको सुनमा मूल्य बराबर जरिवाना एवं दस लाख रुपैयाँभन्दा बढीको हकमा कैदको प्रावधान लागू ग¥यो । तस्करी भने रोकिएन ।
एमालेबाट प्रतिनिधिसभा सदस्य नवराज सिलवाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख भएको बेला भएको झन्डै ३३ किलो ६ सय ग्राम सुन तस्करी काण्डमा विमानस्थलका एसएसपी श्यामबहादुर खत्रीसमेत पक्राउ परेका थिए । सुनको अबैध कारोबार तथा संगठित अपराध मुद्दामा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका खत्री फेरि अर्को साढे ३३ किलो सुन तस्करी प्रकरणमा पुन पक्राउ परे । यदि सरकारले त्यति बेलै कडा कारवार्ही गरेको भए खत्रीले दोस्रो हिम्मत गर्ने थिएनन् ।
पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किनेलाई प्रयोग गरी हाते बाला र धुलोको पेटीमार्फत समेत सुन तस्करी भइरहेकै छ । सानो परिमाणमा दैनिक दुई चार जना पक्राउ परिरहेकै छन् । ‘पक्राउ परेर सार्वजनिक हुनेमा एउटा सानो समूह मात्र हुन्छ पर्दापछाडि बसेर काम गर्नेले तत्कालै अर्को नयाँ संगठन बनाएर काम गर्न छाडेका छैनन् ।
भारतमा २०१६ भन्दा पहिले वार्षिक सुनको माग झन्डै ८ सय टन थियो भने बैध रूपमा मात्र ५ सय टनजति आपूर्ति हुन्थ्यो । अहिले वार्षिक सुनको माग करिब १ हजार २ सय टन पुगेपनि बैध रूपमा मात्र ८ सय टन आपूर्ति हुने गरेको छ । त्यहाँ वार्षिक ३ सयदेखि ४ सय टन अबैध रूपमै भित्रिन्छ भारतमा यो सुनको आपूर्ति सबैभन्दा बढी नेपालबाट र त्यसपछि बंगलादेशबाट पुग्छ ।
जानकारहरूका अनुसार दुबईबाट बिना भन्सार नेपालमा सुन ल्याउँदा प्रतितोला ५ हजार ५ सय रुपैयाँसम्म फाइदा हुन्छ । भारतमा लगेर बेच्दा प्रतितोला थप ३ सयदेखि ५ सय रुपैयाँ र भुक्तानीमा पाएको भारुलाई नेपालमा साटेर बट्टाबापत समेत अतिरिक्त आम्दानी हुने गरेको छ । बाह्य रूपले हेर्दा थोरै नाफा देखिए पनि ठूलो परिणाममा सुन बेच्दा मनग्यै आम्दानी हुने गरेकै कारण पनि नेपालमा सुन तस्करी रोकिएको छैन । राष्ट्रलाई यसबाट ठूलो नोक्सानी भइरहेका कारण सुनमा कोटा प्रणालीको अन्त्य गरी खुला सामान्य लाइसेन्स (ओजीएल) मार्फत किनबेच गर्न दिनुपर्ने व्यवसायीको माग छ ।
अहिलेसम्म ग्राहक एवं व्यवसायीबीच हुने आन्तरिक किनबेच, बैंकबाट वितरित र तस्करीको सुनबाट बजार चलिरहेको छ । लामो समयदेखि सुन पेशा अँगालेकाहरु समेत नेपालमा सुन तस्करी हुन पेशा संचालन गर्न गाह्रो परेको बताउन थालेका छन् । थोरै समयमा छिटो धनि बन्ने मनसाय राख्नेहरुले सुनमा हात हाल्दा पेशालाई नै बदनाम बनाउंदै गएको उनीहरुको तर्क छ । सरकारले पनि यति सुन पक्राउ गरिएको छ भन्नुभन्दा सुन तस्कारलाई नै कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारवाही गरेको खण्डमा नेपालमा तस्करी कम हुने उनीहरु बताउछन्
सरकारले मूलुकलाई चाहिने वा माग अनुसारको सुनको परिमाण उपलब्ध गराउन सक्ने हो भने तस्करी कम हुनुका साथै राज्वश्वमा समेत वृद्धिहुने देखिन्छ । यता सरकारले माग अनुसारको सुनको परिमाण उपलब्ध गराउन नसक्ने र उपलब्ध गराएको सुन पनि काठमाडौंको मागलाई धान्न नसक्ने हुने गरेको छ भने अन्य जिल्लामा कसरी वितरण हुन्छ ।त्यसैले सरकारले यसबारे एउटा बलियो सयन्त्र निमार्ण गरे प्रभावकारी ढंगले काम गर्न सकेको खण्डमा नेपाल सुन तस्करीमा कमि आउने देखिन्छ ।
सामसुङको नेपालमा आधिकारीक बिक्रेताको रुपमा रहेका दिपक मलहोत्रा परिवारले मोवाइलको कारोबार देखाउदै अबैध रुपमा गैरकानूनी काम गरेको प्रमाण भेटेपछि उनलाई बिक्री वितरणको जिम्मेवारीबाट हटाईएको थियो ।
सामसुङ मोवाइलको नेपालस्थित आधिकारिक विक्रेता इन्टरनेशनल माकेटिङ सभिर्सेज प्रालि (आइएमएस) कोे मुख्य काम मोवाइलको बिक्री, बजार प्रबद्र्धन तथा विस्तार गर्ने हुनु पर्ने हो । तर सो काम देखाउदै सामसुङलाई भजाएर सुनको तस्करीमा संलग्न भएको प्रमाण भेटिएको भन्दै सो अधिकारबाट हटाइएको उच्च स्रोतको भनाई रहेको छ । सामसुङ मोवाइलका प्रमुख आधिकारिक नेपाली बिक्रेता रहेका मलहोत्रा परिवारले मोवाइललाई हात्तीको देखाउने दाँत जस्तो बनाएर लामो समयदेखि सुनको तस्करी गर्दै आएको समेत पुष्टी सो कम्पनीले गरेको स्रोतको दाबी रहेको छ । उनले विना भन्सार र चोरी निकासी गरि ल्याइएका सुनलाई वैध बनाउन समेत देखावटी ज्वेलर्स सञ्चालन गरेको समेत एक व्यवसायीले बताउंछन् ।
प्राप्त विवरण अनुसार उनले काठमाडौंको भेडा सिंह लगायत अन्य पाँच स्थानमा विभिन्न व्यक्तिको नाममा सुन पसलहरु सञ्चालन गर्दै आएका छन् । अवैध रुपमा भित्राएको सुन बेचविखन तथा बिक्री कार्य ति पसलहरुबाट गरिने समेत गरेको छ । मलहोत्राले सञ्चालनमा ल्याएका सुन पसलमा बिक्री गर्ने सुन प्रायः अवैध रुपमा भित्राएका नै हुन्छन् ।
मलहोत्राले सुनको तस्करी गर्नका लागि सामसुङ मोवाइलका देशभरका बिक्रेताहरुलाई समेत उपयोग गर्दै आएका थिए । मलहोत्राले सामसुङ मार्फत देशभरबाट छनोट गरेर ३० जनालाई दुबई भ्रमणमा लगेको र सोही अबसरमा उनले अबैधरुपमा सुन बोकाई नेपाल भित्राएको समेत आरोप उनीमाथी लागेको छ । विदेश भ्रमणमा लगेका सबै ३० जनालाई नै सुन बोकाएका थिए । दुबइको ड्युटी फ्रि पसलको सुविधाको उपयोग गर्दै उनले आफुसँगै रहेका तीस जनालाई अबैधरुपमा सुन खरिद गरि विना भन्सार भित्राएको आरोप रहेको छ ।
केही वर्ष अगाडिसम्म थाइल्याण्डमा भाडाका मान्छे लगेर सुन लगायत बहुमुल्य बस्तु ल्याउने गरिएकोमा अहिले त्यही फर्मूला प्रयोग गरेर सुन तस्करी गरिरहेका छन्, तर प्रतिव्यक्ति तोकिएको परिणामभित्रै । मलहोत्रा परिवारको विशेषगरि अख्तियार, प्रहरी प्रसाशन र उच्च पदस्थ कर्मचारीको मिलेमतोमा अवैध कार्य गर्दै आएको पाईएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका सबै कर्मचारीलाई आफ्नो बसमा लिएकै कारण विमानस्थल दिपक परिवारलाई मलिलो, अनुकुल र सुरक्षित नाका भएको छ । विमानस्थलमा ठूलै रकम खर्च गरेका कारण विना चेकजाँच उनको सामान घर आईपुग्ने गरेको छ । रकम खुवाएकै कारण विमानस्थलमा रहेको आन्तरिक उडान केन्द्रको मर्मतको टेन्डर समेत लिएका थिए मलहोत्राले । तर अहिले सो मर्मत कार्य भन्दापनि अवैधरुपमा सून आयात गर्नकै लागि मलहोत्रा परिवारले सो टेन्डर लिएको समेत खुल्न आएको छ । उनले मर्मतको टेन्डर पाएपनि सो मर्मत भने अहिलेसम्म भएको छैन । मलहोत्रा परिवारले प्रहरी प्रशासनलाई समेत खरिद गरेका कारण सुन तस्करीमा दीपकको संलग्नता भएको पुष्टी भइसक्दा समेत प्रहरीले उनलाई नियन्त्रणमा लिने आटँ गरेन ।
प्रहरीले उनका कागजातहरु फेला पारेको थियो । तर पछि उक्त कागजातहरु नै गुपचुप पारेर दीपकलाई जोगाए सुन काण्डको फाइल नै लुकाएको छ । स्रोतका अनुसार मलहोत्राको प्रहरीमा यसरी पहुँच बढ्नुमा पुर्वडिएसपी सुरेन्द्रबहादुर सिंहनै सुन तस्करीका पार्टनर भएको समेत आरोप लगाइएको छ । पछिल्लो समयमा मलहोत्राको नाम जोडिएपछि अवरुद्ध भयो निकै चर्चामा रहेको ३३ किलो सुन तस्करी काण्डको छानवीन ।
३३ किलो सुन काण्डले करिब २ महिना लगातार बजार पिट्यो । सबै टेलिभिजन, दैनिक अखबार र अनलाइनका समाचारका शिर्षक नै ३३ किलो सुनको विषय बन्यो । सुन त गायव नै भयो त्यससँग जोडिएका दुई जनाको ज्यान पनि गयो । करिब ७५ जना यस काण्डमा अनुसन्धानका लागि पक्राउ परे र एक दर्जन जतिलाई अभियोगमा मुद्धा नै दायर गरी जेलमा राखिए ।
कोहि धरौटीमा छुटे । सुन तस्करीको मुख्य अभियुक्त ठहर गरिएको चर्चित गोरे अर्थात चुडामणी उप्रेतिले आत्मसमर्पण गरी गिरफ्तारी दिएपछि यस काण्डको पुरै अनुसन्धान भई अन्त्यसम्म पुग्ने विश्वास अनुसन्धानमा खटिएको समिति र जनतामा थियो । तर अन्त्यमा अनुसन्धानको रिपोर्ट तयार पार्ने र बुझाउने काम मात्र गरेर समितिको दोश्रो पटकको म्यादबाट विदा गरियो । सुन तस्करी काण्डमा अनुसन्धान गरिरहेको गृह मन्त्रालयको सहसचिव इश्वरराज पौडेल नेतृत्वको समितिले सुन तस्करी काण्डमा अन्तिम बयानकर्ताका रुपमा रहेका पोदारको बयानपश्चात पोदारले पोलेका थप व्यक्तिको बयान लिने अनुमति पाएन ।
तर उच्च राजनीतिक संरक्षण प्राप्त मलहोत्रालाई छानविन गर्ने हिम्मत प्रहरीले गर्न सकेन । त्यसपछि अनुसन्धानको प्रक्रिया नै स्थगित जस्तो भयो । पछि अनुसन्धान समितिले प्रधानमन्त्रीसमक्ष सम्पूर्ण विवरण संलग्न गरिएको रिपोर्ट पेश गर्यो । अनुसन्धान समितिको लागि थप म्याद आवश्यक नरहेको भन्दै तेश्रो पटक म्याद थप्ने कष्ट सरकारले गरेन । छानविन समितिका एक सदस्यका अनुसार मलहोत्राको नाम जोडिएपछि सरकार मात्रै होइन प्रतिपक्षी दलले समेत अनुसन्धान अगाडि बढाइराख्न नहुने र यसले राजनीतिक अस्थिरता ल्याउन सक्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्