काठमाडौं , २७ वैशाख । भूकम्प र भोटेकोशीको बाढीपछि तहस-नहस भएको नेपाल-चीन सीमा नाका तातोपानी क्षेत्रको लार्चा नजिकै पक्की मोटरेबल पुल निर्माण भएको छ । पुल तर्ना साथ एउटा विशाल र भव्य भवन देखिन्छ । भवनभित्र छिर्दैगर्दा कुनै विकसित देशको सपिङ सेन्टरभन्दा कुनै हिसाबले कमी देखिँदैन ।
सुख्खा बन्दरगाहभित्र बैंक, कृषि, पशु क्वारन्टाइन लगायतका कार्यालयहरु पनि निर्माण भएका छन् । बन्दरगाहमा भण्डारण क्षेत्र कार्गाे र गोदामसमेत आधुनिक शैलीमा निर्माण गरिएको ढकालले जानकारी दिए । ‘भन्सार यार्डमै ६० देखि एक सय मेटि्रक टनसम्म तौल गर्न सक्ने मेसिन समेत जडान गरिएको छ ।
भूकम्पपछि बन्द रहेको नेपाल(चीनवीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार सञ्चालन हुने दिन नजिकिँदै गर्दा सीमा क्षेत्रमा विस्तारै चहल(पहल सुरु भएको छ । भूकम्पपछि खण्डहरु बनेको यस क्षेत्रको भौतिक संरचना विस्तारै पहिलाको भन्दा राम्रोसँग निर्माण भएको छ । भूकम्प लगत्तै तातोपानी भन्सारबाट हिँडेका भन्सारका कर्मचारीहरु र्फकन थालेका छन् ।
राजधानीबाट नजिकै रहेको भन्सार भएकाले पनि विगतमा यहाँ आउनका लागि कर्मचारीहरु निकै मेहनत गर्थे । दुई अधिकृतसहित १ सय बढी कर्मचारीहरु यसअघि कार्यरत भए पनि भूकम्प लगत्तै सबै कर्मचारी भागेका थिए ।
गत शनिबार भन्सारका कर्मचारीहरु नाका क्षेत्रको स्थलगत अनुगमण गरेर फर्किए सँगै नाका सुरु हुनु अगाडि व्यापारिक कारोबारका लागि सुख्खा बन्दरगाहमा भन्सार प्रणाली र नेटवर्किङ जडानका लागि कर्मचारीहरुले निरीक्षण गरेको बस्नेतले जानकारी दिए । भन्सार लगायत यस क्षेत्रमा आवश्यक पर्ने इन्टरनेटका लागि नेपाल टेलिकमलाई आग्रह गरिएको उनले बताए ।
नाका सञ्चालन हुनै लाग्दा भन्सार विभागले कर्मचारीहरु पठाउन सुरु गरेको छ । सुरुमा एकजना नासुसहित बढीमा ८ जना कर्मचारी पठाउन लागिएको तातोपानी भन्सारका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्