काठमाडौँ, ३० जेठ । नेपालमा इमान्दारिता र नैतिकताको निकै संकट छ । निहित स्वार्थका लागि राजनीतिलाई चरम दुरुपयोग गर्ने अनि अकुत सम्पत्ती जोड्नेहरु निकै सल्बलाएका छन् । लोकतन्त्रको नाउमा लुटतन्त्रको गलत अभ्यास हुदै आएको छ ।
विशेष गरि २०४६ को राजनीतिक परिवर्तनपछि कथित प्रजातन्त्रको आवरणमा निजी सम्पत्ती थोपर्ने अघोषित होड छ । प्रजातन्त्रको जलपमा सडक छापेहरु महलपति भइसकेका छन् । सडकमा चप्पल पट्काउनेहरु सरकारी सम्पत्ती हडप्ने, व्यापार व्यवसायीको नाउमा तस्करीको खेतीबाट रातारात मालामाल भएका छन् । रातारात मालामाल भएकाहरुले अकुत धनसम्पत्तीको बलमा राजनीतिक नेतृत्वलाई पैसामा खरिद गरिरहका छन् । राजनीति मन्द विषमा लठ्ठ बन्दै गएको छ ।
अकुत सम्पत्तीले मैमत्तहरु कानुनलाई चुनौति दिदै आफूलाई अजय शक्तिको रुपमा प्रदर्शन गरिरहेका छन् । सडकबाट महलमा पुगेकाहरुले सिंगो राज्यसत्तालाई अघोषित रुपमा खरिद गरे जस्तै अनुभूति हुन थालेको छ ।
अकुत सम्पत्ती जोड्ने सुन तस्करीका विवादित पात्र दीपक मलहोत्रा पनि हुन् । राजनीतिक शक्तिको चरम दुरुपयोग गरेर अकुत धन जोडेका छन् दीपक मलहोत्राले । सुन तस्करी होस् या सामसुङ प्रकरण उनको धन्दाको प्रतिनिधिमूलक उदाहरण हो । संविधान र कानुनतः गलत धन्दाबाट जोडिएकोसम्पत्ती गैरकानुनी हो । गैरकानुनी रुपमा जोडिएको चल या अचल सम्पत्ती भ्रष्टाचारको सवुत प्रमाण हो । हुन त यस्ता अकुत सम्पत्ती जोड्ने मलहोत्रा मात्रै एक्ला पात्र होइनन् ।
यस्ता पात्र दर्जनौ छन् मुलुकभर । मलहोत्रा अकुत सम्पत्ती जोड्ने प्रतिनिधिमूलक पात्र मात्रै हुन् । विदेशबाट कालो धन ल्याउने होउन् या देशभित्र गैरकानुनीमा रुपमा धन आर्जन गर्नेहरु भ्रष्टाचारका असली पात्र हुन् ।
राजनीतिक शक्तिको आशिरवादमा त्यस्ता तस्कर र माफिया निर्वाध रुपमा समाजमा छाती खोलेर हिडिरहेका छन् । त्यस्तै एउटा असली पात्र हुन् दीपक मलहोत्रा । मलहोत्राको सुन तस्करी, सामसुङ मोबाइल, कार आयात तथा विक्रीमा विवाद छ । सबै क्षेत्रमा विवादित छवीका मालहोत्रा राजनीतिक संरक्षणमा यी सबै धन्दा गरिरहेका छन्।
कानुनी राज्यमा एकछत्र राज जस्तै छ । राजनीतिक नेतृत्वले धाप मारिरहेको छ । मलहोत्रा जस्ता नामूद व्यापारीहरु सरकारी सम्पत्तीको चरम दुरुपयोग, तस्करीदेखि भ्याट छलीमा दक्खलता हासिल गरिरहेका छन् । मुलुकलाई दोहन गरिरहेका छन् । जहां छिटो धन कुम्ल्याउन सकिन्छ त्यही हात हाल्दै र विवादित बन्दै गएका छन् मलहोत्रा प्रवृत्तिहरु । भ्रष्टाचार र अकुत सम्पत्तीको विपक्षमा सरकराले औपचारिक उदघोष गरिहेको छ । तर व्यवहारमा तस्करी, भ्याट छली, ठग ठेकेदारहरुलाई संरक्षण गरिहेको छ । राजनीतिले नीतिगत भ्रष्टचार गरिरहेको छ । कर्मचारी संयन्त्र यसको साक्षी छ नै ।
मौका मिले राजनीतिक आडमा तस्कारसंग मिलेमतो गर्दै अकुत सम्पत्ती जोड्ने खेलाडीहरु लुटको मैदानमा बुर्कुसीमा मारिरहका छन् । मुलुक सुुशासनतिर होइन, कुशासन र भ्रष्टचारमा उकालो लागिरहेको छ । केही महिना अघि सार्वजनिक गरिएको ट्रान्सप्यारेन्सी इन्टरनेशनल प्रतिवेदनले नेपाल अझै माथि उक्लिएको तथ्य बाहिर ल्याएको थियो । यतिमात्रै होइन, श्रम र पसिना बगाउनेहरु दिनानु दिन गरिबीको दुष्चक्रमा फस्दै गएका छन् ।
भने मलहोत्रा जस्ता व्यापारीहरु गलत धन्दाको आडमा दिनको दुगुना र रातको चौगुणामा धनाढ्य बन्दै गएका छन् । कारण गैरकानुनी धन्दा र राजनीतिको अदृष्य धाप नै हो । सिमित स्वार्थ समूहको हितको लागि राजनीतिले अदृष्य धापका कारण मुलुक जर्जर बन्दै गएको छ भने मुलुकमा आर्थिक अपराधको जालो बलियो बन्दै गएको छ ।
आर्थिक अपराधको जालो यसै गरि दर्विलो बन्दै गए मुलुक चरम आर्थिक संकटमा फस्ने मात्रै होइन, मुलुक असफल राष्ट बन्न संगिन खतरा देखिदै गएका छन् । यसर्थ लोकतन्त्रको पूर्ण अनुभूति दिन मलहोत्रा जस्ता गैरकानुनी धन्दाबाट अकुत सम्पत्ती जोड्नेहरुको लागि सम्पत्ती शुद्धीकरणको अस्त्रले तह लगाउन सरकार इमान्दार बन्नै पर्छ ।
प्रतिक्रिया दिनुहोस्