ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वातावरण जोगाउन अन्तरमन्त्रालयबीच समन्वय आवश्यक


एबीसी न्यूज
६ असार २०७६, शुक्रबार   ७ : २८   बजे

 

 

काठमाडौं, ६ असार ।  अन्तरमन्त्रालयबीच समन्वयको अभावमा वातावरणीय क्षेत्रको संरक्षण उचित काम हुन नसकेको भन्दै सांसदहरुको ध्यानाकर्षण गराइएको छ ।

बजेट बनाउने, भौतिक निर्माण गर्ने, शहरको विकास गर्ने र वातावरण संरक्षणमा लाग्ने मन्त्रालय फरक/फरक हुने तर उनीहरुबीच नै समन्वय नहुँदा समस्या उत्पन्न भइरहेको वातावरण विद्को भनाइ छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘वातावरण संरक्षण विधेयक’ २०७५ बारे आज सुझाव दिँदै वातावरण विज्ञ सनोत अधिकारीले वातावरण संरक्षणका लागि विधेयकमै स्पष्ट व्यवस्था हुनुपर्ने बताउनुुभयो ।

वातावरण संरक्षणको क्षेत्रमा संस्थागत संरचनाको विकास अति आवश्यक भएको उल्लेख गर्दै अधिकारीले अन्तरमन्त्रालयको समन्वय, योग्यता परीक्षणको व्यवस्था र प्रविधिको प्रयोगलाई विधेकमा नै स्पष्ट व्यवस्था गर्नु जरुरी रहेको औँल्याउनुुभयो ।

सुुझाव प्रस्तुत गर्दै पूर्व सचिव तथा वातावरण विद् कृष्णचन्द्र पौडेलले हरेक विकासका कार्यक्रम ल्याउदा वातावरणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुुभयो । विदेशी लगानीको चलखेल बढिरहेको अवस्थामा अझै गम्भिर हुनुुपर्ने बेला आएको उल्लेख गर्दै पौडेलले भन्नुुभयो, “काठमाडौँको डाँडाकाँडामा विदेशी लगानीको चलखेल बढ्न थालेको छ, विदेशीलाई प्रकृतिको माया हुन्न झन् वातावरण विकराल हुनसक्छ, यस्ता विषयमा ध्यान दिनुपर्छ ।”

छलफलका क्रममा उहाँहरुले मुलुकलाई चाहिने मात्रै गिटी, बालुवा निकाल्नुपर्ने र निश्चित् क्षेत्रमा मात्र खानी सञ्चालनको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । जथाभावी खानी उत्खनन् गर्दा माथिल्लो भागमा मात्रै नभइ तल्लो समथल सतहमा समेत असर गर्ने भएकलो यसतर्फ ध्यान दिन समितिका सदस्यलाई आग्रह गर्नुभयो । आवश्यकताको आधारमा ढुुङ्गा गिटी बालुुवाको उत्खनन गर्नुपर्ने उहाँहरुको सुुझाव थियो ।

यसअघि समितिले सो विधेयकका विषयमा बिहीबार पनि दुुई जना वातावरण विद्सँग राय लिएको थियो । वातावरण विद् प्रा डा रामप्रसाद रेग्मीले वातावरण संरक्षणका विषयमा सांसदले राखेको जिज्ञासाबारे राय प्रस्तुत गर्दै उहाँले खोलामा गिटी बालुवा दोहन भएर पानीको सतहमाथि आउन नपाउदा हरियाली विनाशको खतरा बढेको जिकिर गर्नुभएको थियो ।

अर्का वातावरणविद् डा विमल रेग्मीले विनाश बिनाको विकास जरुरी रहेको उल्लेख गर्दै नियन्त्रण र प्रविधिको प्रयोगमा जोड दिन सुझाव प्रस्तुत गर्नुभएको थियो । समितिमा संसद्मा दर्ता भई छलफलका लागि आएको विधेयकबाट विज्ञहरुसँग राय लिने क्रम जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group