अमेरिकी मुलका क्यानेडाली लेखक जेन याकोवले सहरहरूलाई कुनै समय राष्ट्रिय सम्बृद्धि र आर्थिक विकासको इन्जिनका रूपमा व्याख्या गर्नुभएको थियो । तर आजभोलि सहरी वासिन्दाबीच नै गरीबी बढ्दो छ । सहरका ३३ प्रतिशत वस्ती नै फोहोर छन् । ‘ग्लोबल कार्वडाइअक्साइड’ उत्सर्जनको करिब ७५ प्रतिशत सहरी क्षेत्रबाट हुन्छ । यस खालका तथ्याङ्कले हामीलाई सोच्न बाध्य पारेको छ कि के सहर मानव जीवन संगठित गर्नका लागि उत्तम उपाय हो त ?
सहर मानव जीवनलाई संगठित गर्नका लागि एउटा विकल्प हुन सक्छ तर तिनीहरू कसरी निर्माण वा व्यवस्थापन गरिएका छन् भन्ने कुरा प्रमुख हुन्छ । सहरका कारण हुने दिगो विकास र उज्वल भविष्यका लागि सरकार र विकासका साझेदार सदस्यबीच सहरीकरणका लागि उपभोक्ता केन्द्रित धारणाको पुनः ब्याख्या हुनु जरुरी छ ।
आज धेरै सहरहरूले योजना बनाउने क्रममा सहर विकासका मुख्य साझेदारलाई नै छुटाउने गरेका पाइन्छ । यसले विकासका कार्यक्रमको शिलशिलामा केही साझेदारलाई प्रक्रिया बाहिर पार्ने डर रहन्छ । सहरका छेउछेउमा बनेका आवासीय योजनालाई हेरौँ, धेरैजसो योजना बनाउने क्रममा कमजोरी भएका कारण अस्तव्यस्त बनेका छन् । सहरकै बीचमा भएर पनि यी सहरी संरचनाले सार्वजनिक यातायात तथा अन्य सेवाबाट बञ्चित बन्नुपरेको पाइन्छ । सहरको नजिकै भएर पनि यिनीहरू सहरी गतिविधिबाट टाढा हुन पुग्छन् ।
यस्तो खालका योजनामा हुने कमजोरीले सहरमा नै रहेर पनि सहरी आर्थिक तथा सामाजिक क्रियाकलापबाट टाढा बन्नुपर्छ । यसै बिषयलाई समाधान गर्न स्थापना भएका विश्वका सहरी विकास योजना विभागहरूले पनि सर्वसाधारणको हितलाई सधैँ पहिलो प्राथमिकतामा राख्ने गरेको पाइदैन । यसले एउटा सहरको ‘स्वामित्व’ कसमा रहने भन्ने बिषयमा अनिश्चितता हुन्छ ।
वासिन्दाले सहरलाई ‘आफ्नो’ भन्छन् तर सरकारी अधिकारीले उनीहरूलाई विकासको प्रक्रिया बाहिर राखेर फरक तरिकाले सोचिदिँदा समस्या उत्पन्न हुन्छ । उदाहरणका लागि कुनै सरकारले लगानी आकर्षण गर्न र सहरका वासिन्दाको आवश्यकता पूरा गर्न समान आर्थिक लाभको कार्यक्रम तय गर्छ । यसले वातावरणको स्तरलाई घटाइदिन्छ वा व्यापारका लागि करको भार बढाइदिन्छ । यस्तो निर्णयले सहर बस्नका लागि कम योग्य हुँदै जाने खतारा बढ्ने हुन्छ । परिणामस्वरुप सहरमा बसोबास गर्ने जनसङ्ख्याले विस्तारै सहर छाड्ने र सहर उजाड बन्ने खतरा हुनेछ ।
यसबाट आर्थिक कार्य क्षमता र वातावरणीय जिम्मेवारीबीचको रिक्ततण विशेष रूपमा फराकिलो हुनसक्छ । परम्परागत रूपमा बनाइने पेट्रोलबाट चल्ने गाडी, जसका कारण सहरको औद्योगिक विकास देखिएको छ, तर यी गाडीबाट उत्सर्जन हुने कार्बनडाइ अक्साइडप्रति सार्वजनिक रूपमा व्यक्त गरिने चासोले अहिले नै उपभोक्ताको माग अन्यत्र तानिएको छ । व्यापार व्यवसाय पनि लामो समयको विकासका लागि परम्परागत साधनको विकल्पमा जानेछ । दुर्भाग्य त के हुनेछ भने नाफामुलक कम्पनीले पनि आगामी दिनका उपभोक्ताले आफ्ना उत्पादनमा चित्त नबुझाइदिँदा घाटामा जानु पर्नेछ । कम्पनीहरूको छोटो समयको दृष्टिले तिनीहरूको आधाररेखा लाई प्रभावित मात्र पार्नेछैन यसले सहरलाई पनि नराम्रो असर पर्नेछ, किनकी स्तरीय जीवनका लागि व्यापार हुनेछ ।
त्यसैले अहिले सहरका वास्तविक वासिन्दाको हितलाई सर्वोपरी मानेर सहरको योजना तथा विकासको प्रत्याभूत हुन जरुरी छ । धेरै सहरहरूले प्रजातान्त्रिक योजना प्रक्रियालाई अवलम्बन गरेका छैनन् साथै ठूला महानगरहरूका क्षेत्रमा सामाजिक संरचनामा असमानताको विजारोपण भएको छ । जसले थरीथरीका समस्या उब्जिएका छन् । त्यसैले सहभागितामूलक योजना विकास प्रक्रियाको शुरुवात हुनु आजको आवश्यकता भएको छ ।
पारदर्शिता तथा विश्वसनीयतालाई प्रोत्साहन गरी स्थानीय प्रजातन्त्रको सुरक्षा गर्ने कार्यक्रम अहिले सङ्कटमा छन् । समुदायलाई नकारात्मक प्रभाव पार्ने बिषयलाई व्यक्त गर्ने ज्ञानमा निपूर्ण सहरका वासिन्दाले असल छिमेकी बनाउन सक्षम रहन्छन् र उनीहरूले छलफलबाट राम्रो योजना तयार गर्छन् । जुनकुनै राजनैतिक प्रणाली अन्तर्गत पनि नेतृत्वले कुनै स्थानमा बस्न योग्य ठाउँको निर्णय लिन स्थानीय सफल हुन्छन् तर सबै सहरको लक्ष्य भनेको समावेशी योजना प्रक्रिया हुनुपर्छ ।
सुरुवातको विन्दूमा सहरको निर्माण गर्दा सहभागितामूलक विकास योजना अघि सारियो भने सरकार र स्थानीय वासिन्दाको सहकार्यमा रणनीतिक महत्वका सहरी संरचना निर्माणमा सजिलो हुन्छ र सहरको व्यवस्थित विकास निर्माणले सार्थक नतिजा पाउनसक्छ । यो विकास यातायात पूर्वाधारमा मात्र नभई आवास निर्माण, सामाजिक तथा बैङ्कसम्बन्धी सेवा लगायतका क्षेत्रमा नीति तथा कार्यक्रममा पनि उपयोगी हुन्छ । स्रोतसाधनलाई रणनीतिक तथा समान धारणा र साझा मुद्दामा निर्दिष्ट उद्देश्यका लागि क्षेत्रीय जिम्मेवारी र भूमिका तोकी पठाइन्छ । यसमा समुदाय र सरकार दुवैको जवाफदेहिता बढी हुन्छ र योजना सफल पनि बन्छ ।
प्रायजसो सहरमा स्रोत र साधनको व्यवस्थापन कर्मचारीतन्त्रको संरचनामा गरिन्छ । यसले सँगसँगै काम गर्ने संघसंस्थाबीच प्रतिश्पर्धाको वातावरण बन्छ । सहरी क्षेत्रमा गरिने लगानीलाई बुद्धिमतापूर्ण र नीतिलाई प्रभावशाली रूपमा नियन्त्रण गर्न कर्मचारीतन्त्रको प्रयोग हुनु सान्दर्भिक पनि छ । तर क्षेत्रीयस्तरमा मजबुत सहकार्य तथा समन्वय भएमा स्थानीयको स्वायत्तता प्राप्त हुन्छ ।
क्षेत्रीय अवधारणा योजना निर्माणका लागि किन खतरनाक हुन्छ ? शहरी सञ्जाल एउटा राम्रो उदाहरण हुनसक्छ । सञ्जालको कमी हुँदा समन्वयकारी क्षेत्रीय रणनीति आवश्यक पर्छ त्यसैले शहरहरूले साझा चासोका बिषय सामानको ढुवानी, आवासक्षेत्रको चयन तथा औद्योगिक क्षेत्रको स्थापना र व्यवस्थापन जस्ता बिषयमा ध्यान दिइन्छ । अन्तर–सहरी समन्वयले आर्थिक उपलब्धि हाँसिल गर्छ र अनावश्यक प्रतिस्पर्धालाई निरुत्साहित गर्छ ।
धेरै शहरी क्षेत्रको संरचना शहरमा वसोबास गर्ने सबै बर्गभन्दा पनि ‘धनीवर्गका लागि बनाइएका सहर’ जस्तै छन् । यसले क्रमशः सामाजिक विखण्डनलाई प्रोत्साहन गर्दै सहरका वासिन्दाको सुरक्षा चुनौती सिर्जना गरेको छ ।
‘स्मार्ट सिटी’ र दिगो शहर विकास योजनाबाट यदि केहीले मात्र फाइदा लिने हो भने यिनीहरूको उद्देश्य देखाउनका लागि मात्र हुनेछ । प्रसिद्ध सञ्चारकर्मी तथा लेखक याकोबले अनुमान गरे अनुसार नै ‘सहर’ विश्वको अर्थतन्त्र विकास र सम्वृद्धिका लागि आगामी केही दशकसम्म पनि इन्जिन बनिरहनेछ । तर यदि त्यो इन्जिन पनि धेरै राम्रो तरिकाले सञ्चालन गर्ने हो भने यसलाई सशक्त बनाउने प्रणाली, सहर व्यवस्थापन योजनामा परिवर्तन ल्याउनु जरुरी छ ।
(क्रिश्टिन अक्लाएर विश्व सहरी अभियानका संयुक्त राष्ट्रसंघीय मानव व्यवस्थापन कार्यक्रमका योजना अधिकारी हुनुहुन्छ । मोहमद अल बुराई दुबई सरकार अन्तर्गत रहेको दुबई रियल स्टेट इन्स्टिच्युटका कार्यकारी अधिकृत हुनुहुन्छ )
प्रतिक्रिया दिनुहोस्