ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैं संस्कृतिको महत्वपूर्ण अंग पिङ लोप हुने अवस्थामा, मौलिक परम्परा हराउंदै


admin
१९ आश्विन २०७६, आइतबार   १२ : ३०   बजे

नेपाली समाजमा वर्षमा एक पटक भुईं छोड्नु पर्छ भन्ने भनाइ छ । त्यसैले चाडबाडका बेला बनाइएको पिङमा एक पटक भए पनि खेल्ने प्रचलन छ । तर, उत्सव र चाडबाडका बेला मनोरन्जनका लागि खेलिने पिङ भने शहर बजारमा मात्र नभइ गाउँ बस्तीमा समेत लोप हुँदै गएको छ ।

दशैंका बेला मिठोमसिनो खाने, मान्यजनबाट आर्शिवाद लिने मात्र होइन, रमाइलो गर्न पिङ खेल्ने चलन पुरानो हो । गाउँ गाउँ, टोल टोलमा रोटे र लिङ्गे पिङ बनाउने चलन छ । तर, पछिल्लो समय पिङ खेल्ने चलन कम हुँदै गएको छ । नेपाली समाजमा भनाइ छ, ‘असारमा हिलोमा पस्नु असोजको बेला भुँई छोड्नु’ । असारमा धान रोप्न हिलोमा पस्ने र असोजमा लिंगे वा रोटेपिङ खेल्ने सयौं बर्ष पुरानो चलन हो । तर समयसँगै यस्ता मैलिकता परम्परा एवं संस्कृति हराउँदै गएको छ ।

आधुनिक प्रविधि र मनोरञ्जनका अनेक साधनको स्थापनाले नेपाली मौलिक महत्व बोकेको पिङलाई अहिलेको पुस्ताले बिर्संदै गएका छन् । वर्षमा एक पटक धर्ती छाड्नुपर्छ भन्ने मान्यताका साथ पिङ हाल्ने र दशैँमा पिङ खेल्ने चलन आधुनिक जीवनशैलीसँगै हराउँदै गएको संस्कृतिबिद गोविन्द टण्डन बताउनुहुन्छ ।

चाडबाडका बेला आफन्तसँगै पिङ खेल्ने र पिङ खेल्ने स्थानमा आफन्त, साथीसंगीसँग भेटघाट गर्ने चलन छ । केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । युवायुवती तथा प्रौढहरु टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्न पुग्छन् । वयस्क युवायुवतीहरु एउटै लठारोमा चढेर लिङ्गे पिङ मच्चाउँछन् । जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ । पिङ खेल्नाले खेल्ने मान्छेलाई त शारिरीक व्यायम हुनुका साथै धकेल्ने मान्छेलाई पनि व्यायम हुने चिकित्सक बताउँछन् ।

पछिल्लो पुस्ताले भने पिङको महत्व र मज्जा थाहा पाउने सम्भावना कमै रहेको छ । समय प्रविधिको विकाससँगै मानोरन्जको साधन फेरिएर होला पिङ खेलेर मनोरन्ज लिने जमात पनि कम हुँदै गएको छ । यस्तै हो भने भावी पुस्ताले दसैं तिहारजस्ता चाडबाडमा पिङ राख्ने चलनललाई भिडियो र तस्बिरमा मात्र देख्ने दिन आउन सक्छ । त्यसैले आफ्नो संस्कृति बचाइराख्न हामी आफैं लाग्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu