त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बलियो विकल्पकारुपमा नेपाल सरकारको राष्ट्रिय गौरबको आयोजनाहरु मध्यको एउटा आयोजना हो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । पटक पटक गरि ३ पटक म्याद थप भई सक्दा पनि बिमान स्थल भने समयमा बन्ने अवस्था देखिएको छैन । पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त भएर आएपछि २०२० जनवरीबाट बिमा स्थल नै सुचारु गर्ने घोषणा गरेपनि बिमान स्थलको प्राबिधीक काम भने जनवरीमा पुरा नहुने संकेतहरु देखा परेकाछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बलियो विकल्पकारुपमा नेपाल सरकारको राष्ट्रिय गौरबको आयोजनाहरु मध्यको एउटा आयोजना हो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । सन २०१४ बाट काम सुरु गरिएको बिमानस्थल निर्माण गर्ने कार्य २०२० आउनै लाग्दा सम्म ३ पटक ठेकेदार कम्पनिले म्याद थप गरिसकेको छ । रुपन्देहीको भैरहवामा निर्माणाधिन अवस्थामा रहेको बिमान स्थल अन्तर्राष्ट्रिय नागरिक उड्ययन सङ्गठनको फोर ई मापदण्ड अनुसार निर्माण भईरहेको छ । फोर ई मापदण्डमा बनेको यो विमानस्थलमा त्रिभुवन विमानस्थलमा आउने सबै विमानहरु एयरबस ३३०, बोइङ ७७७ लगायतलाई सहज रुपमा उडान अवतरण गराउन सकिन्छ । भैरहवा विमानस्थलको दृश्यता, भौगोलिक बनावट र मौसमको अनुकुलताका कारण त्रिभुवन विमानस्थल भन्दा राम्रो रहेको सरकारले दाबी गर्दै आएको छ । परियोजना कार्यालयका अनुसार दैनिक १६ हजार यात्रुलाई सेवा दिने दीर्घकालीन लक्ष्य सहित बन्दै गरेको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा टर्मिनल भवन मात्र केही सानो भए पनि अन्य भौतिक संरचनाहरु अत्याधुनिक र स्तरीय रहेको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार गौतमबुद्ध अन्तरराष्ट्रिय बिमानस्थल ‘फोर ई’ स्तरको विमानस्थल हो । वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने लक्ष्यसहित निर्माण भइरहेको विमानस्थल निर्माणको जिम्मा चीनको ‘नर्थवेस्ट सिभिल एभिएसन’ले पाएको थियो । दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एसियाली विकास बैंक एडिबीको ऋण सहयोग समेत रहेको छ ।
पर्यटन मन्त्री योगेश भट्टराईले गत साउन २३ गते विमानस्थल निर्माण कार्य निरीक्षणको क्रममा आयोजनालाई २०७६ पुस अर्थात नेपाल भ्रमण वर्ष शुरु हुनुपूर्व नै भैरहवा विमानस्थाल शुरु गर्ने गरि काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए । तर २०७६ पुसमा निर्माण सम्पन्न हुने कुरामा बिश्वास गर्न नसकिने सम्भावनाहरु देखा परेकाछन् । कथंकदाचीत आगामी पुस महिनामा निर्माण कार्य सम्पन्न भईहालेपनि उडानका प्रक्रियाहरु पुरा गर्दा पर्यटन मन्त्रीले भने अनुसार पर्यटन वर्ष सूरुहुंदा सम्म बिमानस्थल संचालन गर्न असम्भव प्राय देखिएको छ । आयोजनाका अनुसार विमानस्थल निर्माण कार्य पुरा भएपछि विमानस्थलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट स्विकृति, ईयर रुटको डिजाईन, अन्तरराष्ट्रिय उडान अनुमती तथा परिक्षण उडानका कामहरु गर्न बांकी नै रहनेछन् । जसको लागि केही समय अझै लाग्ने देखिएको छ ।
विक्रम सम्वत २०७४ पुसभित्र निर्माण सक्ने गरी २०७१ माघ १ गतेबाट निर्माण सुरू भएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउन अब केही महिना मात्र बाँकी रहेको छ । विमानस्थलमा उडान र अवतरण गर्नको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले भारत सँगको सहकार्यमा भैरहवाको एयर रुट अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनमा प्रमाणीकरणको लागि पठाएको छ, त्यो पनि संगठनबाट प्रमाणित भएर आउन बाँकी छ । सरकारले विमानस्थलको व्यवस्थापन जिटुजी मोडलमा दिने निर्णय गरिसकेको छ, जसको लागि कुन देशलाई व्यवस्थापनको जिम्मा दिने अझै निर्णय भएको छैन ।
यसरी समग्रमा हेर्ने हो भने २०७६ पुसमा निर्माण पुरा भएपनि विमानस्थल संचालनमा आउन कम्तीमा थप केही महिना लाग्ने देखिन्छ, जसको कारण व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान शुरु गर्न केही समय लाग्नेछ ।
बिमानस्थल निर्माण गर्ने ठेक्का पाएको चिनीया कम्पनि ‘नर्थवेस्ट सिभिल एभिएसन’ले पहिलो ३ वर्ष तत्कालीन एमाले नेता झलनाथ खनालको छोरा सहितको नाममा रहेको नर्थवेष्ट नेपालईन्पा प्राईभेट कम्पनिलाई अबैधानीक ठेक्का दिएको थियो । पहिलो ३ वर्ष मुल ठेकेदार र सहायक ठेकेदार कम्पनि बिचको बिबादमै लगभग समय गुजारेको भन्दा फरक पर्दैन । सम्पूर्ण कार्य सम्पन्न गर्नु पर्ने सम्झौता बिपरित पहिलो ३ वर्षमा ३० प्रतिशत मात्र काम भएको परियोजनाले दाबी गर्दैआएको छ ।
आयोजनामा नदेखिने गरि मुल ठेकेदार कम्पनीले झण्डै आढा दर्जन ठेकेदारहरुलाई ठेक्का दिने र उनीहरुले काम नगरेको भन्दै बिबाद गर्ने बहानामा ३ वर्ष समय गुजारेको चिनीया कम्पनीको डिसेम्बर १७ मा १ वर्षकोलागि म्याद थप भएको थियो । यद्देपी ठेकेदार कम्पनीले भुकम्प, निर्माण सामाग्रीको अभाव र नाकाबन्दी जस्तो बहानामा म्याद थप गर्न आयोजनामा निबेदन दिएको थियो । सन १८ डिसेम्बर बाट जुन१७, २०१९ सम्म ६ महिना म्याद पाएको ठेकेदार कम्पनीले दोस्रो अवधीमा भने राम्रै काम गरेको देखिन्छ । पहलिोपटकमा पनि ठेकेदार कम्पनीले काम नसकेपछि दोस्रो पटक जुन १५ मा पुनः ६ महिनाका लागि म्याद थप गरिएको थियो र तेस्रो पटक जुन २८, २०१९ मा म्याद थप भई डिसेम्बर ३० २०१९ सम्मको म्याद ठेकेदार कम्पनिले पाएको थियो ।
ठेकेदार कम्पनिले पाएको तेस्रो पटकको म्यादमा भौतीक निर्माण तर्फको काम लगभग सकेपनि प्राबिधिक तर्फको काम भने निकै कम भएको देखिएको छ । उपकरण तथा प्रबिधीको ठेक्का पाएको थाई कम्पनि एरो थाई कम्पनिले जनवरी १९ सम्ममा प्राबिधिक उपकरणको काम सक्ने गरि ५० करोडको लागतमा मार्च १९, २०१९ मा सम्झौता भएको थियो ।
गौतमबुद्ध अन्तरराष्ट्रिय बिमानस्थलको काम छिटो सम्पन्न गर्नका लागि परियोजनालाई २ भागमा बिभाजन गरि ठेक्का सम्झौता गरिएको थियो । निर्माणाधीन बिमानस्थल दुई वटा भागमा ठेक्का सम्झौता गरि निर्माण कार्य चलिरहेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्र्धी बोलकबोल (आइसिबी) जिरो १ र जिरो २ गरि दुईवटा ठेकेदार कम्पनीले बिमानस्थलको काम गरिरहेकाछन् । आइसिबी जिरो १ अन्तर्गतको काम ७४ प्रतिशत पुरा भएको परियोजनाले जनाएको छ भने आईसिबि जिरो २ को काम ७ प्रतिशतमात्र सम्पन्न भएको छ ।
३ हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइ रहेको धावनमार्ग निर्माणको काम सकिएको छ, तर धावनमार्गमा जडानहरुने उकरण, बिद्युतिय कार्यहरु भने बांकी नै छन् । धावनमार्ग निर्माणको साथै ट्याक्सी–वे र एप्रोन निर्माणको कामसमेत पूरा भइसकेको छ । आइसिबी १ मा धावनमार्ग, ट्याक्सी वे, जहाज पार्किङ (एपरोन), ट्रमिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, मुख्य सब स्टेशन सहायक भवन सुरक्षा पोस्ट, गार्ड भवन र मर्मत भवन निर्माण रहेको छ । यस्तै, ट्रमिनल भवनमा छाना हाल्ने काम चलिरहेको छ भने प्रशासनिक भवन, कन्ट्रोल टावर र मुख्य सब स्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ । त्यस्तै, सहायक भवनहरु निर्माण कार्य पनि चलिरहेको छ ।
आइसिबी १ अन्तर्गत मूल्य अभिबृद्धी करसहित ६ अर्व ८२ करोड लागतमा चिनियाँ निर्माण कम्पनी एमएस नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्सट्रकशन ग्रुपले निर्माण गरिरहेको छ भने आइसिबी २ को निर्माण थाईल्याण्डको कम्पनी एरोनटिकल रेडियो अफ थाइल्याण्ड लिमिटेडलाई ७ जनवरी २०२० सम्म सक्ने गरी ५७ करोड १५ हजार ३ सय ३७ रुपैयाँमा सम्झौता भएको छ ।
आइसिबी जिरो २ को उपकरण आयातमा समस्या देखिएका कारण कामले गति लिन नसकेको आयोजनाको भनाई छ । आइसिबी २ अन्तर्गत कम्युनिकेशन, नेभिगेशन र सर्भिलेन्स (सिएनएस), एयर ट्राफिक म्यानेजमेन्ट (एटिएम), मेट्रोलोजिकल लगायत उपकरण जडानहरु रहेको छ । अहिले उक्त उपकरणहरु संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रिया, जर्मनी, अष्ट्रेलिया, थाइल्याण्डका कम्पनीहरु बाट आयोजनाले ल्याउने प्रक्रियामा रहेको छ । उपकरण जडानको लागि डिजाइनको सम्पूर्ण काम सकिएको छ ।
मौसमको प्रतिकुलताका कारण जनवरिमा सकिने भनिएको परियोजनमा केहि समेय बढी लाग्न सक्ने आयोजना प्रमुख प्रवेश अधिकारीको अनुमान छ । अत्यन्त प्रतिकुल अवस्थामा पनि परियोजनाको काम सम्पन्नताका चरणमा पुगेको भन्दै त्यसैमा सन्तोष लिनु पर्ने आयोजना प्रमुख प्रवेज अधिकारी बताउंछन् ।
पर्यटनमन्त्री योगेश भट्टराईले जनवरी देखि उडान भर्ने घोषणा गरिरहंदा आयोजना प्रमुखको भनाईले भने सरकारको लक्ष पुरा हुनेमा आशंका पैदा गरिदिएको छ । सम्झौताको पहिलो ३ वर्षको तुलनामा अत्यन्त द्रुत गतिमा काम भएपनि प्रक्रियागत जतिलता र ठेक्का सम्झौता गरेको लामो समय सम्म काम सम्पन्न नहुंदा बढेको बजार मुल्यका कारण केहि अवरोध आउन सक्ने कुरालाई राज्यले बेलैमा सम्बोधन गर्न सके आउने वर्ष सम्म भैरहवाबाट अन्तरराष्ट्रिय उडान भर्न सकिने कुरामा भने ढुक्क हुन सकिन्छ ।
जनवरिमा अन्तरराष्ट्रिय उडान भर्ने सरकारी तयारी र आयोजना सम्पन्न गरि सरकारलाई बुझाउने परियोजनाको तयारी चलिरहंदा बिमानस्थल निर्माणका लागि जग्गा अधिकरण गरिएका स्थानीयबासीको समस्या पनि जिबित रहेको पाईएको छ । दुई चरणमा भएको अधिकारणमा अघिल्लो अधिकरण गरिएको ३ सय बिगाहा जग्गाको काम करिव सकिएपनि पछिल्लो पटक गरिएको ५ सय बिगाहाको बिबाद भने अझै कायम रहेको छ ।
पछिल्लो पटक ५ सय बिगाहा जग्गा अधिकरण गर्दा अधिकरणमा परेका गांउ ब्लक अन्तर्गत झण्डै ९५ घरधुरीका स्थानीयबासीले अन्यायपुर्ण अधिकरण भएको र अनुचित मुल्यांकन गरि मुआब्जा दिइृएको भन्दै मुआब्जा लिन मानेका छैनन् । चलनचल्तीमा रहेको ८ र १० मिटरको बाटोलाई परियोजनाले जबर्जस्ती १४ मिटर कायम गराई मुआब्जा बुझ्न बोलाएको उनीहरुको आरोप छ । १४ मिटर कायम हुंदा सदियांै वर्ष देखि बस्दै आएका कतिपय स्थानीयको जग्गा नै नबच्ने उनीहरुको तर्क छ । गांउ ब्लकको जग्गा २ वर्ष अघिमात्र नापी भएको र ५ वर्ष नपुगेको लालपुर्जा वाला जग्गाधनीबाट जग्गा अधिकरणमा मालपोतबाट ५ प्रतिशत लाभकर असुल्ने गरेको बिषयमा पनि स्थानीयबासीले बिरोध जनाएकाछन् । ‘आफ्नो थातथलो छाडेर सरकारलाई घर खेत बुझाउंदा हामीबाट किन लाभ कर उठाउने’ ? स्थानीय श्रीराम गुप्ता प्रश्न गर्छन् ।
बिमानस्थल निर्माण परियोजनाका सुचना अधिकृत मोहन आचार्य भने एकै प्रकृतिका जग्गाधनीहरुलाई दुईवटा मापदण्ड लागु नहुने तर्क गर्छन । आचार्यका अनुसार यस अघि मुआब्जा बुझ्नेले बुझाएको लाभकर तथा सडकको मापदण्ड सबै जग्गाधनीमाथी लागु हुन्छ ।
मुआब्जाको बिबाद कायम रहेपनि बिमानस्थल सञ्चालनमा भने बाधा नपर्ने आयोजना कार्यालयले जनाएको छ । अघिल्लो अधिकरणको जग्गा भित्र बिमानस्थल निर्माणको काम सम्पन्न हुने चरणमा भएका कारण मुआब्जा बिबादले बिमानस्थल सञ्चालनमा बाधा नपर्ने सुचना अधिकारी अचार्यको भनाई छ ।
जस्तोसुकै बाधाअड्चन फुकाएर पनि बिमानस्थलको काम अगाडी बढाउन राज्यले भुमिका खेल्न तयार हुनै पर्दछ । त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको बिकल्पकारुपमा तयार हुंदै गरेको बिमानस्थल रुपन्देहीबासी वा पश्चिम नेपालको जनताको मात्र स्वार्थ होईन । जसरी बिमानस्थल निर्माणमा ठेकेदार कम्पनीबाट बिलम्ब भयो त्यसै गरि उपकरणहरु नेपाल ल्याउने र जडान गर्ने कार्यमा बिलम्ब भए राज्यलेले लिएको भ्रमण वर्ष सुरुहुनु अघि भैरहवामा बिमानस्थल सुरुहुनेमा आशंका देखिन्छ । राज्यलाई हाम्रो ध्यानाकर्षण ।
भिडियोः दिनेश श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्