ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा उत्पादित कफीलाई विश्व बजारले गुणस्तरीय ठाने पनि सरकारी बेवास्ता गर्दा किसानहरू उत्साहित छैनन् ( भिडियोसहित)


एबीसी न्यूज
१७ कार्तिक २०७६, आइतबार   ११ : १८   बजे

काठमाडौं, १७ कात्तिक । नेपालमा १२ लाख हेक्टर जमिनमा कफी खेतीको संभावना छ । ९० हजार मेट्रिक टनको संभावना भए पनि, हाल ५ सय ७३ मेट्रिक टन मात्र कफी उत्पादन हुदै आएको छ ।

कफी कृषकका लागि सरकारले कुनै पनि किसीमको सहयोग नगर्दा कृषकहरुलाइ समस्या भएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

सरकारी तथ्यांक अनुसार २ हजार ६ सय ५० हेक्टरमा कफीको खेती भइरहेको छ । कफि व्यवसायमा ६ हजार ५ सय कृषक संलग्न रहेका छन् । नेपालमा उत्पादित कफी अन्तराष्टि रूपमा उच्च स्तरको पाइएको , कफी उत्पादनको दर भने त्यति सन्तोषजनक करिब चार दशकअघि गुल्मीबाट नेपालमा व्यवसायिरूपमा कफी उत्पादन सुरु गरिएको हो । हाल ४७ सरचालीस, जिल्लामा कफिको सम्भावना छ । सम्भावना धेरै भएपनि उत्पादनको अवस्था कमजोर छ । अहिलेसम्म नेपालमा वार्षिकरूपमा ५ सय मेट्रिक टनको हाराहारीमा मात्र कफी उत्पादन हुने गरेको अधिकारीहरूको भनाइ छ ।

विश्वमा दैनिक २ अर्ब १५ करोड कप कफी बजारमा खपत हुन्छ । नेपालमा उत्पादित कफीलाई विश्व बजारले गुणस्तरीय ठाने पनि कफी खेतीप्रति सरकारी निकायको बेवास्ता गर्दा कफी किसानहरू उत्साहित हुन सकेका छैनन् । सरकारले कफी खेतीलाई प्रोत्साहन गर्ने हो भने नेपालमा कफी खेतीका प्रशस्त सम्भावना रहेको छ । नेपाल चिया तथा कफी विकास बोर्डले नेपाली कफीको गुणस्तरका बारे सन २०१८ मा नेपाली कफीले अन्तराष्ट्रिय बजारमा ९० अंक पाएको थियो । बोर्डका अनुसार त्यो अंक छिमेकी मुलुक भारत र चीनले पाएकोभन्दा बढी हो । विगत ६ वर्षदेखि नेपाली कफीलाई अन्तराष्ट्रिय परीक्षणमा पठाउन थालिएको हो । परिक्षणमा लेकाली कफी स्टेट नुवाकोटले पहिलो पटक त्यति धेरै अंक पाएको हो । पछिल्लो परीक्षणले नेपालको कफी विश्व बजारमा उच्चस्तरको भएसगै नेपालका लागि नया अवसरहरू पनि आएको बताउछन् ।

२०३२ सालमा गुल्मीबाट सुरु भएको कफी खेती अहिले देशको मध्यपहाडी क्षेत्रका सबैजसो जिल्लामा फैलिसकेको छ । नेपालमा उत्पादित कफीको मुख्य बजार युरोप र अमेरिका हो । कफिको अत्याधिक माग छ । गुणस्तरको हिसाबले पनि अब्बल भएपनि कफि खेतिमा राज्यको नीति कार्यक्रमले ठोस परिणाम दिन नसक्दा कफिमा सुधार आउन नसकको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group