ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिमा समेत यसरी परनिर्भर बन्दै गएको नेपाली समाज (भिडियोसहित)


एबीसी न्यूज
१७ कार्तिक २०७६, आइतबार   ११ : २४   बजे

काठमाडौं, १७ कात्तिक । कृषि प्रधान देश हो नेपाल । ६६ प्रतिशत मानिस कृषि पेशामा संलग्न छन् । तर पनि वर्षेनी एक सय अर्व बढी कृषि उपज आयात हुदै आएको छ । कृषिमा समेत परनिर्भर बन्दै गएको नेपाली समाज आराम र विलासितामा पनि उत्तिकै अब्बल छ । यसरी मुलुक वर्षेनी परनिर्भर बन्दै जानु भनेको उत्पादन संस्कृति कमजोर बन्दै जानु हो ।

राज्यको बलियो नीति र संरचना अभावका कारण कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, बैंकिङ, पूर्वाधार तथा विकास निर्माण जस्ता महत्वपूर्ण क्षेत्र पनि धरासायी बनिरहेको छ । यद्यपी यतिबेला समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर सरकार अघि बढीरहेको छ । तर आन्तरिक पूर्वाधारदेखि उत्पादनको अवस्था दयनीय छ । दैनिकी उपभोग्य सामाग्रीदेखि विलासिताको सामाग्री विदेशीमै निर्भर रहनुपर्ने विवशता छ । नेपाल गाउ घरमा गुन्द्रुक उत्पादन हुन्छ, तर नेपालीले चीनबाट गुन्द्रुक, अष्ट्रेलियाबाट धनिया“, भियतनामबाट बोडी र सिमीलगायत तरकारी आयात हुदै आएको छ । आयात गरेर खाने लगाउने,गरगहनामा सजिने र विदेशकै महंगा–महंगा विलासी कारमा चढेर नेपालको खाल्डाखुल्डीको बाटोमा यात्रा गर्ने होड नै छ ।

नेपालमा उपभोग्य सामाग्रीहरु ६० प्रतिशत कृषिउपजका छन् । १ सय २५ सय करोड जनसंख्या भएको छिमेकी मुलुक भारत खाद्यन्नमा आत्मनिर्भरको अवस्था बन्दै गएको छ । देशको दुई ठूदा छिमेकी राष्ट्रहरुले नै विकासको गतिलाई फड्को मार्न सफल भईरहदा नेपाल भने असफल जस्तै बनेको छ । उत्पादन सस्कृति छैन । आयातित सामाग्री खरिद र विक्रीमा पनि शक्तिकेन्द्रको आडमा सिमित व्यक्तीहरु मौलाएका छन् सर्वसाधारण मारमा परिरहेका छन् । किसानहरुको पक्षमा बोल्ने कोही छैन । सिमिति घरानाहरुकै कब्जा छ ।

त्यसो त देशको राजनीतिक, सामाजिक र आर्थिक पक्ष एकअर्कास“ग अन्तरसम्बन्धित हुन्छ । तर यसको उचित सन्तुलन,व्यवस्थापनको अभाव र प्रभावकारी अनुगमन हुन नसक्दा नेपाली बजार उपभोक्ताको हितमुखी भन्दा पनि पैसामुखी बढी भएको छ । तर पनि राजनीतिक नेतृत्वले सामाजिक न्याय र समानतामा आधारित समाजको निर्माण गर्नसक्नुपर्ने युवा नेताहरु बताउछन् ।

मुलतः आन्तरिक उत्पादनलाई जोड दिने, निर्यातलाई निरुत्साहित गर्ने र उत्पादनमुखी नीतिको अबलम्बन गर्दै किसान र आम उपभोक्ताको पहुंच स्थापित गराउन राज्यले पहल गर्नेपर्छ । आयातित वस्तुमाथि सिमित घरानाहरुले कब्जा जमाउने र उपभोक्तामा मारमा पर्ने गलत संस्कारको अन्त्य हुन सक्नुपर्छ । राज्यको ठोसी नीतिको अभावमा शिक्षा, स्वास्थ्य, बैंकिङ, पूर्वाधार तथा विकास निर्माण क्षेत्रमा आम नागरिकको अपतन्व हुने वातावरण बनाउनु राज्यको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu