ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेडापालन व्यवसाय संकटमा


admin
२० कार्तिक २०७४, सोमबार   १२ : ३४   बजे

पोखरा, २० कात्तिक ।  “पहिले पहिले हिमाली क्षेत्रमा ऊन कि सुन भन्ने उखान जनजिब्रोमा निकै प्रचलित थियो”, अन्नपूर्ण गाउँपालिका– ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले भन्नुभयो ।

पछिल्लो पुस्ता भेडापालनतर्फ आकर्षित हुन नसक्दा हिमाली कृषि परम्पराको महत्वपूर्ण पाटोका रुपमा रहेको यो व्यवसाय संकटमा पर्दै गएको छ ।

अन्नपूर्ण पदमार्ग क्षेत्रमा एक दशकअघिसम्म भेडी गोठ पर्याप्त संख्यामा रहेकामा अहिले जम्मा दुईवटा गोठ मात्र छन् । हिमाली कृषि परम्परालाई बचाऊनकै लागि अध्यक्ष गुरुङले अन्नपूर्ण आधार शिविर नजिकै एउटा भेडी गोठ राख्नुभएको छ । एउटा भेडी गोठमा करिब ५०० वटा भेडा रहेका छन् ।

विगतमा जस्तो भेडाको ऊन निकालेर राडी तथा काम्लो बनाऊन छोडिएका कारण यो व्यवसाय संकटमा पर्दै गएको गुरुङ बताउनुहुन्छ । “भेडा पाल्नेले एक वर्षमा दुई पटक ऊन काट्नु पर्छ”, उहाँले भन्नुभयो, “राडी तथा पाखी बनाउने जनशक्ति अभावका साथै बजारमा आएका सस्तो सिरक डसनाका कारण भेडाको ऊनबाट बन्ने सामानको लागत बढी पर्ने गरेको छ ।”

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथमको आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङनोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिकरुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।

समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा विगतमा पदयात्रामा आउने पर्यटकलाई तिनै भेडी गोठमा बस्ने खाने व्यवस्था गरिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा २०४३ सालपछि होटल बन्न थाले पनि त्यसअघि तिनै भेडी गोठले पर्यटकलाई जसोतसो होटल तथा लजका रुपमा सेवा दिएको स्थानीयवासी बताउँछन् ।

यहाँका भेडी गोठसँग अन्नपूर्ण आधार शिविर जाने बाटोमा पर्ने पूजनीयम् वराहको प्रत्यक्ष सम्बन्ध रहेको अर्का स्थानीय समाजसेवी एवं संरक्षण व्यवस्थापन उपसमिति भनुवाका उपाध्यक्ष जंगबहादुर गुरुङले बताउनुभयो ।

भेडी गोठ लैजाँदा अनिवार्यरुपमा पूजनीयम् वराहको पूजा गर्नु पर्ने यस क्षेत्रको प्राचीन प्रचलन रहेको छ । उहाँका अनुसार पूजनीयम् वराहको शक्तिका कारण यस मन्दिर वरपर भेडाले आवाज ननिकाल्ने जनविश्वास अहिले पनि कायमै छ ।
हिमाली कृषि परम्परा र यहाँको संस्कृतिमा महत्वपूर्ण पक्षका रुपमा रहेको भेडापालन व्यवसायलाई बचाउनु आवश्यक भएको र यसका लागि राज्यले चासो लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group