काठमाडौं, १८ कात्तिक। बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ ।
बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखमा अमिक शेरचन (चितवन), तिलक परियार (बाँके), धर्मनाथ साह (सिरहा), सोमनाथ अधिकारी ‘प्यासी’ (कास्की), शर्मिला त्रिपाठी (चितवन), विष्णु प्रसाईं (झापा)र गोविन्द कलौनी (डडेलधुरा)लाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।
अमिक शेरचन,
पञ्चायतकालमा मात्रै होइन, ०४६ सालताका पनि धनी कम्युनिष्ट भनेर चिनिने, अमिक शेरचन निर्मल लामा समूहसँग नजिक रहेर वामपन्थी राजनीति गरेका अमिक शेरचन प्रदेश प्रमुख सिफारिस भएका छन् । संयुक्त जनमोर्चा नेपालको अध्यक्ष भएको शेरचन म्याग्दीमा जन्मिएका हुन् । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरित गराउने मध्येका एक नेता हुन । उपप्रधान तथा स्वास्थ्यमन्त्री भइसकेका शेरचन गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र मानिन्थे । शान्ति प्रक्रियामा आएपछि २०६५ सालमा जनमोर्चा माओवादीमा समाहित भएको थियो ।
सोमनाथ अधिकारी प्यासी
अधिकारी प्यासी, नेकपाका पुराना वामपन्थी नेता हुन । उनि यसअघिको चुनावमा नेकपाबाट समानुपातिक उम्मेदवारको सूचीमा थिए ।
कुनैबेलाका राष्ट्रिय पञ्चायत सदस्य प्यासी आसन्न उपनिर्वाचनमा उम्मेदवारका आँकाक्षि समेत थिए । नेकपाले दिवङ्गत रवीन्द्रपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको भोलिपल्टै प्यासीलाई प्रदेश प्रमुख तोकेको छ । २००७ साल पुस २२ गते कास्कीको बाटुलेचौरमा जन्मिएका प्यासी २०२४ को प्रवेशिका परीक्षापछि उनले २०२५ बाट ढिकुरपोखरीको पाउँदुरको स्थानीय विद्यालयमा पढाउन थाले ।
त्यति नै बेला अधिकारी सहित १२ जनाले गण्डकी–धौलागिरी कम्युनिष्ट क्रान्तिकारी पार्टी गठन गरे । पार्टीले उनलाई पृथ्वीनारायण क्याम्पसको जिम्मेवारी दियो । पार्टीको ०२७ सालको अन्त्यतिर भर्ना भएपछि प्रगतीशिल विद्यार्थीको तर्फबाट स्ववियु सभापतिमा होमिए र विजयी पनि भए । २०२८ साल जेठमा उनी गिरफ्तार भए । एक महिनापछि उनी छुटे । २०३१ सालमा पुनः उनीविरुद्ध ‘वारेन्ट’ जारी भयो । उनलाई घरबाटै गरफ्तारी ९ दिनमै उनलाई जोमसोम कारागार चलान गरियो । त्यसको ९ महिनापछि उनी २०३४ मा नख्खु कारागार चलान भए । जेलबाट छुटेपछि २०३६ को विद्यार्थी आन्दोलनमा उनी कास्कीमा आएर सक्रिय भए । २०४८ सालको आम निर्वाचनमा कास्की–३ सांसद पनि भए । ०५१ को मध्यावधि र ०५६ को आम निर्वाचनमा उम्मेदवार भए पनि विजयी भने हुन सकेनन् । पार्टीमा भने उनी आठौँ र नवौँ महाधिवेशनबाट निर्वाचन आयोग प्रमुखका रूपमा काम गरेका थिए ।
तिलक परियार,
त्त्तकालिन एकिकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत बाँके १ बाट विजयी संविधान सभा सदस्य तिलक परियार (हिम्मत) रोल्पा लिबाङमा जन्मीएका हुन । स्नातक तहसम्मको औपचारिक अध्ययन गरेको उनि लामो समय भारतमा बसेर पनि पार्टीको काम गरेका थिए । २०२८ सालदेखि राजनीतिमा लागेका परियार माओवादीका पुराना नेतामा राम्रो भाषण गर्नेहरू मध्येमा गनिन्छन् नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेकपा माओवादीका नेता तिलक परियारले पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका हुन । पूर्वसभासदसमेत रहेका परियार वैद्य माओवादी हुँदै विप्लव माओवादीमा प्रवेश गरेका थिए । उनी पुन मूलधारमा फर्कका हुन । उनी पहिलो संविधानसभामा बाँके क्षेत्र नं १ का निर्वाचन सभासद थिए । दोस्रो संविधानसभामा उनी वैद्य माओवादीमा लागेर चुनाव बहिस्कारमा सक्रिय थिए ।
धर्मनाथ यादव,
तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका यादव सिराहाको सुखीपुर नगरपालिकाका स्थायी बासिन्दा हुन् । पञ्चायतकालमा स्थानीय एक विद्यालयमा प्रधानाध्यापक भएका यादव राजीनामा गरेर निर्वाचनमा होमिएका थिए । २०४८÷२०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सिराहाबाट पराजित भएका थिए । यादव मध्य तराईमा पुराना र पाका वामपन्थी नेता मानिन्छन् ।
गोविन्द कलौनी,
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बसोबास गर्दै आएका गोविन्द कलौनी २०१२ साल जेठ २९ गते बैतडीको तत्कालीन रिम गाविसमा जन्मिएका हुन् । २०४८ सालमा डडेल्धुरा, २०५६ मा बैतडी र २०६४ मा कञ्चनपुरबाट निर्वाचनमा लडेका थिए उनी ।
तीनैपटक चुनाव उनका लागि अनुकूल हुन सकेन । त्तकालिन एमालेको विभिन्न भ्रातिसंगठनमा सफलर्तापूवर्क जिम्मेवारी बहन गर्दै २०६४ सालमा आठौं राष्ट्रिय महाअधिवेशन आयोजक कमिटी सदस्य रहेका कलौनी २०६५ सालमा आठौं राष्ट्रिय महाअधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दिएका थिए । हाल उनी नेकपाको महत्वपूर्ण जिम्मेवारमा थिएनन् । कलौनी २०५१ सालको मध्यावधि निर्वाचनमा सांसद लडे । त्यतिबेला उनका प्रतिष्पर्धी थिए–तत्कालीन गृहमन्त्री शेरबहादुर देउवा ।
बेपत्ता परिवारकी सदस्य त्रिपाठी
२०२५ साल पुस ९ गते चितवनमा जन्मिएकी शर्मिला पन्त त्रिपाठी बेपत्ता परिवारकी सदस्य हुन् । उनका श्रीमान् ज्ञानेन्द्र त्रिपाठी जनयुद्धका क्रममा राज्यपक्षबाट बेपत्ता पारिए । २०६० साल असोज ९ गते हराएका ज्ञानेन्द्रको अहिलेसम्म केही टुङ्गो लाग्न सकेको छैन । तत्कालीन नेकपा माओवादीबाट राजनीतिक यात्रा तय गरेकी शर्मिलाले राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन् । श्रीमान् बेपत्ता भएपछि शर्मिला तत्कालीन एकिकृत माओवादी निकट राज्यद्धारा वेपत्ता योद्धा समाजको अध्यक्ष समेत की थिइन् । माओवादी पार्टीमा भने उनी महत्वपूर्ण र कार्यकारी पदमा थिइनन् ।
विष्णु प्रसाई
त्तकालिन एमालेबाट मेचीनगरमा मेयरको टिकट पाएका विष्णु प्रसाई वि.सं. २०१० साल साउन २१ गते तेह्रथुमको आठराइमा जन्मिएका उनी १७ वर्षको कलिलो उमेरमै कम्युनिस्ट राजनीतिमा हाम्फालेका थिए । विद्यार्थीकालमा २०२७ सालमा एक महिना, २०३७ सालको पाटा आन्दोलनमा ८ महिना र २०४५ सालमा २२ महिना जेल परेका उनी झापाकै पुराना कम्युनिस्ट नेता मानिन्छन् ।
झापा आन्दोलनमा प्रत्यक्ष सहभागी नभएका उनी पार्टीका नेताहरुको प्रमुख सेल्टरदाता र सहयोगी थिए । २०३६ सालदेखि २०४५ सालसम्म पूर्वी झापामा जसले पञ्चायत विरोधी गतिविधि गरे पनि प्रहरीले विष्णु प्रसाईलाई नै पक्राउको वारेन्ट जारी गथ्र्यो । विवाह गरेको १६ दिनमै पुलिस पक्रिन आएपछि लामो अवधिसम्म घरवार छाडेर उनले भूमिगत हुँदै भारत मा बसेका थिए । सम्पन्न परिवारमा जन्मे हुर्के पनि उनको जीवन निकै सङ्घर्षपूर्ण देखिन्छ ।
२०५४ मा उनी जिविस उपसभापतिमा निर्वाचित भएका थिए भएका थिए । २०५६ मा सांसद पदमा उठेका उनले पराजय व्यहोर्नु परको थियो । त्यसेबला एमाले विभाजित भएको थियो ।उनी पहिलो एमाले सरकारका पालामा नेपाल चिया विकास निगमको महाप्रबन्धक नियुक्ति भएका थिए । वुवाले मोहीहरुमाथि थिचोमिचो गर्दा भूमिसुधार कार्यालय गएर खेत जोत्ने किसानलाई मोहीयानी हक दिलाएका थिए ।
प्रतिक्रिया दिनुहोस्