ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ध्रुव दरबारमा ढिंडो खाने कि ?


admin
२० कार्तिक २०७४, सोमबार   १ : ३३   बजे

काठमाडौँ, २० कात्तिक । राणाकालीन समयमा निर्मित दरबार तथा भवन जीर्ण बनिरहेका छन् । झन् विनाशकारी भूकम्पले यस्ता भवनलाई जीर्णाेद्वारमै समस्या आउने गरी थिलथिलो बनाइदियो ।

अर्कातर्फ, ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रुपमा रहेका जीवन्त पुरातात्विक महत्व बोकेका राणाकालीन भवनलाई मर्मत तथा जीर्णोद्वार गरी आकर्षक नेपाली मौलक शैलीका होटलका रुपमा रुपान्तरण हुन थालेका छन् ।

तत्कालीन श्री ३ महाराजा जुद्धशम्शेर जबराले बालुवाटारस्थित गैरीधारामा निर्माण गरेका दरबारलाई अहिले आकर्षक शैलीमा जीर्णाेद्वार भई रोयल एम्पाएर होटलका रुपमा स्वदेशी तथा विदेशी पाहुनालाई आतिथ्यता दिन थालेको छ ।

युवा व्यवसायी एवं होटलका कार्यकारी निर्देशक क्षितिज मुनकर्मीले १५ वर्षका लागि सो दरबार भाडामा लिई रु सात करोड लगानीमा जीर्णाेद्वार गरी होटल सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

करिब चार रोपनी जमिनमा फैलिएको सो दरबार होटलका रुपमा पुनर्जीवन प्राप्त गरे पनि यसको कलात्मकता र मौलिक सुन्दरतामा कुनै कमी आएको छैन ।

जुद्धशम्शेरले सो दरबार आफ्ना छोरो ध्रुवशम्शेरलाई दिएको हुनाले सो दरबारको नाम नै ध्रुव रहेको थियो । ध्रुवशम्शेर जबराका छोरा मनोहरशम्शेर जबरा हुँदै हाल अमरशम्शेर जबराबाट दरबार भाडामा लिइएको उहाँले जानकारी दिनुभयो ।

सिंहदरबार, बागदरबार, केशरमहल, श्रीमहलभन्दा भिन्न आकृति र प्रकृतिको सो दरबार रहेको छ । होटलको भूइँ तला, पहिलो र दोस्रो तलामा गरी १५ वटा सुविधासम्पन्न पाहुना कोठा रहेका छन् ।

यसका साथै करिब २०० जनाको सहभागिता हुने सभाहल तथा अन्य स–साना बैठक कक्षसमेत रहेका छन् । पाहुना रहने कोठा १५० डलरदेखि ३५० डलरसम्मका रहेका छन् ।

नेपाली जनजीवनका जिब्रोमा स्वादिष्ट बनेका विभिन्न खाना ढिँडोदेखि कालो धान भात, परम्परागत थकाली, नेवारीका परिकार भान्सामा बन्ने छन् । साथै भारतीय, चिनियाँ, इटालियन तथा कन्टिनेन्टलको सुविधा रहेको कार्यकारी निर्देशक मुनकर्मीले जानकारी दिनुभयो ।

बेलायतमा व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गरी स्वदेशमा नै केही गराँै भन्ने उत्साहका साथ पर्यटन क्षेत्रमा होमिनुभएका युवा व्यवसायी मुनकर्मी भन्नुहुन्छ, “विदेशी पाहुना यहाँका जीवन्त संस्कृति, दरबार, कलादेखि हिमालको अनुपम सुन्दरताको आनन्द लिन आउँछन्, यसलाई संरक्षण गर्न आफूले पुराना दरबार संरक्षण गरी नयाँ कामको सुरुवात् गरेको हुँ ।”

घोडचढी, स्टिम, ज्याकुजीलगायत धेरै सुविधा होटलका थप आकर्षक रहेका छन् ।

रेस्टुरेन्ट, बार, साउना, ज्याकुजी, स्टिम, घोडचढीलगायतका करिब दुई दर्जन सेवा सुविधा उपलब्ध छन् । दरबारको भित्री कोठा तथा बाहिरी भागलाई जस्ताको त्यस्तै दरबारकै शैलीमा बनाइएको छ । गत शनिबारदेखि सञ्चालनमा आएको सो होटलको सुविधा लिन स्वदेशी तथा विदेशीको माग बढेको कार्यकारी निर्देशक मुनकर्मीले बताउनुभयो ।

केही वर्षअघि बबरमहलस्थित बबरशमशेरको दरवार बबरमहललाई पनि जीर्णाेद्वार गरी बबरमहल रिभिजिटेडको रुपमा होटेल तथा रेष्टुरेण्ट सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group