ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीको प्रदुषणको प्रभाव काठमाडौंमा पनि, सचेत बन्न वातावरणविद्को सुझाव (भिडियोसहित)


admin
२१ कार्तिक २०७६, बिहिबार   २ : ०८   बजे

काठमाडौं २१ कात्तिक । भारतको राजधानी नया“ दिल्लीमा वायु प्रदुषणका कारण जनजीवन अस्तब्यस्त भएको छ । भारतको वायु प्रदुषणको प्रत्यक्ष प्रभाव नेपालको पश्चिमी तथा मध्य तराई क्षेत्रमा पनि परिरहेको छ । प्रदुषणका कारण वायुमण्डलमा धुवा र धुलोको चाप बढिरहेको छ । यसले मानव स्वास्थमा जोखिम ल्याएको विज्ञहरुले बताएका छन् ।

विभिन्न अध्ययनहरु अनुसार काठमाडौं विश्वकै ७ औं प्रदुषित शहरको सूचीमा छ । विश्व स्वास्थ्य संगठनको वातावरण संरक्षण नियमावली २०५४ ले तयार पारेको वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड पिएम् २ दशमलव ५ अर्थात् ४९ माईक्रोन प्रतिघनमिटर छ । तर विभिन्न अध्ययनहरुले देखाए अनुसार काठमाडौं उपत्यकाको वायु प्रदुषण अघिल्ला वर्षहरुमाभन्दा ५ गुणाले बढ्दै गईरहेको छ । पिएम् २ दशमलव ५ सूक्ष्मकणको व्यास २ दशमलव ५ माईक्रोनभन्दा कम हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । पछिल्लो समय भारतमा बढेको वायु तथा वातावरण प्रदुषणको असर पश्चिमी वायुस“गै नेपालसम्म पनि परेको छ । पञ्जाब र राजस्थान राज्यमा अन्नबाली स्याहारेपछि जलाइने डा“ठ–खोस्टाहरूको धुवा“को असरले दिल्ली प्रदुषित भएको छ ।

दिल्लीको प्रदुषित वायु एवं उत्तरप्रदेश र विहार राज्यमा हजारौंको संख्यामा रहेका इट्टाभट्टाबाट निस्कने धुवांधुलोले नेपालमा पनि असर गरेको वातावरणविद्हरु बताउ“छन् । हिउ“द र सुख्खा याममा थप जटिल असर पुग्ने गरेको वातावरणविद् गणेश शाहले बताए । यसका साथै भर्खरै सम्पन्न भएको छठ तथा दिपावलीमा पटेका तथा दिपको अत्याधिक प्रयोगका कारण पनि वायु प्रदुषण उच्च भएको साहले बताए । सरकारले उपत्यकामा ९ सहित देशका विभिन्न शहरहरुमा १९ प्रदषण मापन केन्द्रहरु स्थापना गरेको छ । तर, बढ्दो जनसंख्याको चाप, औद्योगीकरण, अव्यवस्थित शहरीकरण आदिका कारण अत्याधिक प्रदुषण हु“दा मापन यन्त्रहरु नै बिग्रिदै गईरहेको अवस्थामा छन् । वायु प्रदुषणकै कारण नेपालमा वर्षेनी १६ सय देखि २ हजार र विश्वभरमा लगभग १० लाख मानिसको अल्पायुमै मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । वर्षमा झण्डै २७० दिन त उच्च प्रदुषणको मारमा नेपालीले जीवनयापन गरिरहेका छन् । जाडोयाममा वर्षा नहुंदा पनि प्रदुषणको मात्रा बढ्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता बताउंछन् । यसकारण जाडोयाममा विशेषगरी, वृद्धवृद्धा, महिला तथा बालबालिकामा मुटु तथा स्वाश्प्रश्वाससम्बन्धी रोगबाट पीडित हुने गर्छन ।

नेपालमा सुरक्षित मानिएको मापदण्डभन्दा हावाको गुणस्तर कुनै दिनमा चार गुणाभन्दा बढी खस्किएको पाइएको छ । नेपालको यो अवस्थामा छिमेकी मुलुकमै बढेको प्रदुषणले थप चुनौती बढाएको छ । तर, यसतर्फ सरकार तथा सम्बन्धित पक्षको ध्यान जान नसकेको वातावरणविद् साह बताउ“छन् । संयुक्त राष्ट्र संघको गतवर्षको तथ्यांक अनुसार विश्वका सबैभन्दा धेरै १५ प्रदुषित शहरहरुमध्ये १४ ओटा भारतमा रहेको उल्लेख गरेको छ । यसैपनि विभिन्न कारणवश प्रदुषण बढ्दै गईरहेको नेपालमा छिमेकी मुलुक भारतमा बढेको प्रदुषणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गम्भिर असर पुगिरहेको छ । तसर्थ, छिमेकी मुलक भारतबाट परिरहेको असरबाट हुनसक्ने क्षतिको न्यूनीकरण गर्न सम्बन्धित निकायले समयमै संवेदनशील भएर सोच्नुपर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group