काठमाण्डौं , २१ काक्तिक । आसन्न प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष्ँतर्फमा कम देखिएका महिला उम्मेदवारको संख्या समानुपातिकतर्फ भने सन्तोषजनक देखिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ जम्मा ६ हजार ९४ जना उम्मेद्वारको नाम बन्दसूचीमा परेको छ । जसमा ३ हजार ६ सय ४३ जना महिला उम्मेद्वारहरु रहेका छन् । प्रत्यक्षतर्फ भने कुल ४ हजार ७ सय ४३ उम्मेदवारी रहकोमा प्रतिनिधिसभाका लागि १ सय ३६ र प्रदेशसभाका लागि २ सय २८ जना मात्र महिलाको उम्मेदवारी रहेको छ ।
आगामी मंसिर १० र २१ गते सम्पन्न हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारमा महिलाको संख्या सन्तोषजक रहेको छ । समानुपातिकतर्फ कुल ६ हजार ९४ उम्मेदवार रहेकोमा ३ हजार ६ सय ४३ महिला छन् । यो पुरुष उम्मेद्वारको तुलनामा ६ सय ९२ बढी हो । यो पुरुषको तुलनामा ११ दशमलव ३६ प्रतिशतले बढी हो । कुल उम्मेद्वारमध्ये ५९ दशमलव ७८ प्रतिशत महिला र ४८ दशमलव ४२ प्रतिशत पुरुष उम्मेदवार छन् ।
त्यसैगरी समानुपातिक तर्फको कुल उम्मेद्वारमा १ हजार ७ सय १४ जना आदिवासी जनजाति उम्मेद्वारको बन्दसूचीमा परेको छ । यो कुल संख्याको २८ दशमलव १३ प्रतिशत हो । जहा“ पुरुष ७ सय ८३ र महिलाबाट ९ सय ९३१ जना रहेका छन् ।
निर्वाचन आयोगका अनुसार खस आर्य समूहबाट पनि पुरुषभन्दा महिलाहरुको उम्मेद्वारी २ दशमलव १४ प्रतिशतले बढी रहेको छ । समानुपातिकतर्फमा खस आर्यहरुको उम्मेदवारी ३० दशमलव ५९ प्रतिशत रहेको छ । जहा“ ८ सय ६७ पुरुष र ९ सय ९७ जना महिला रहेका छन् ।
दुई चरणमा हुने निर्वाचनका लागि दलित समुदायबाट जम्मा ८ सय ३८ जना उम्मेद्वार रहेका छन् । जसमा पुरुषको ३ सय ४२ र ४ सय ९६ महिला रहेका छन् । यो कुल संख्यामा १३ दशमलव ७५ प्रतिशत हो ।
अन्य समुदायमा पुरुषको तुलनामा महिला उम्मेदवार बढी भएजस्तै मधेसी र मुस्लिम समुदायमा पनि महिलाहरुको संख्या बढी रहेको छ । निर्वाचनको कुल उम्मेदवारमध्ये १६ दशमलव ७० प्रतिशत मधेशी सुदायका उम्मेदवार रहेका छन् । जहा ४ सय ५५ पुरुषबाट र ५ सय ६३ महिला उम्मेदवार रहेका छन् ।
मुस्लिम समुदायमा भने पुरुषको तुलनामा महिला उम्मेदवार झण्डै दोब्बर नै छ । कुल उम्मेदवारमा ३ दशमलव ९ प्रतिशत मुस्लिम समुदायका रहेका छन् । जसमा ८१ जना पुरुष र १ सय ५७ जना महिला रहेका छन् ।
समानुपातिक तर्फको कुल उम्मेदवारमा ६ दशमलव ८९ प्रतिशत थारु उम्मेदवार रहेका छन् । जहा“ पुरुष १ सय ५८ र महिला २ सय ६२ जना रहेका छन् ।
अपाङ्गता भएका उम्मेदवारको हकमा भने पुरुषभन्दा महिला उम्मेदवारको संख्या ० दशमलव ७ प्रतिशतले कम रहेको छ । जहा“ १ सय ५८ पुरुष र १ सय १५ जना महिला रहेका छन् । यस निर्वाचनमा ४ दशमलव ४८ प्रतिशत अपाङ्गता भएकाहरुको उम्मेदवारी परेको छ ।
दुवै चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कुल ४ सय ५ जना महिला रहेकोमा समानुपातिकतर्फ भने ३ हजार ६ सय ४३ जना छन् । प्रत्यक्ष्ँ निर्वाचनमा उठ्दा बढी नै तडगभडग गर्नुपर्ने र त्यसका लागि आर्थिक हिसाबले महिला कमजोर हुने भएकाले गर्दा पनि समानुपातिकतर्फ महिलाको उम्मेद्वारी बढेको हो भन्ने केहीको बुझाई रहेको छ । देशमा हुने गरेको ऐतिहासिक निर्वाचनहरुमा सबै राजनितिक दलले मुख्य–मुख्य पदमा वा ं प्रत्यक्ष्ँमा पुरुषलाई नै उम्मेदवार बनाउने गरेको र अन्य पद वा समानुपातिकतर्फ महिलालाई दिंदा पनि हुन्छ भन्ने मानसिकताले पनि यसो हुन गएको हो । यद्यपि, आफ्नो योग्यता र दक्ष्ँतालाई तिखार्दै राष्ट्रिय राजनीतिमा महिलाले अझैं संघर्ष गर्नु नै छ ।
प्रतिक्रिया दिनुहोस्