ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् खपत बढाउने यस्तो छ प्राधिकरणको तयारी(भिडियोसहित)


admin
११ मंसिर २०७६, बुधबार   १ : ५७   बजे

काठमाडौं, ११ मंसिर । बिद्युत प्राधिकरणले प्रतिव्यक्ति विद्युत खपतको बढाउनुको साथै अन्तराष्ट्रिय बजारीकरण प्रवद्र्धन गरेर उर्जाको खपत बढाउने रणनिति योजना ल्याउन थालेको छ । बिद्युतको लोड बढाएर विद्युत खपत बढाउन घरघरमा विद्युतीय चुलो, बिद्युयित सवारीसाधन, चार्जिङ स्टेसन तथा उद्योग क्षेत्रमा बिद्युत खपत बढाउने योजना अघि सारेको हो ।

दुई वर्ष अघि बिद्युत उत्पादन नहुदा लोडसेढिङको समस्या थियो । अब भने बिद्युत खपत कसरी बढाउने भन्ने चिन्ताको बिषय बन्न थालेको छ । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी, कुलेखानी लगायत साना हाइड्रोपावर कम्पनीबाट समेत केन्द्रिय प्रसारण लँइनमा विद्युत थपिएपछि नेपाल विद्युत प्रधिकरणले विद्युतको खपत बढाउने रणनीतिक योजना अगाडि सारेको छ । बिभिन्न जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न भई करिब एक हजार मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने भएपछि प्राधिकरणले बिद्युत खपत बढाउनका लागि बिभिन्न योजना घोषणा समेत गर्दै छ ।

प्राधिकरणले बिद्युत खपत बढाउन घरघरमा विद्युतीय चुलो बिद्युतिय सवारीसाधनको लागि चार्जिङ स्टेसन तथा उद्योग ब्यवसायमा बिद्युत खपत बढाउने तयारीमा जुटेको छ । प्राधिकरणले उपभोक्ताकोमा विद्युत् पु¥याउन ५० देखि ५ सय केभीएका वितरण ट्रान्सफर्मर प्रयोग गर्दै आएको छ । प्राधिकरणले तीन वर्षमा नयां निर्माण तथा स्तरोन्नति गरी ७ सय ६५ एमभीए क्षमताका वितरण सवस्टेसनहरु प्रणालीमा थप्ने काम सुरु समेत गरिसकेको छ । बिद्युतको खपतको लागि अब बढीभन्दा बढी मिटर वितरण गर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन र उद्योगलाई विद्यत् आपूर्ति दिन सहजीकरणका प्राधिकरणको जोड छ ।

यस्तै, प्राधिकरणले नेपालको विद्युतलाई सकेसम्म नेपालमै खपत गराउन र अन्तरष्ट्रिय बजारमा निर्यातका लागि समेत भारत र बंगलादेशसंग सम्झौता गरिसकेको छ । प्राधिकरणले प्रसारण लाइन निर्माण, अन्तरसञ्जाल विस्तार, अन्तराष्ट्रिय बजारीकरण प्रवद्र्धनम जोड दिएर आफनो काम अगाडी बढाएको हो । नेपाललाई विद्युतको आन्तरिक बजार र क्षेत्रीय बजारको ठूलो हिस्सा हुन सक्छ । पछिल्लो समय बिद्युत उत्पादनको तिब्र गति, अहिले धमाधम आयोजनाको काम सकिरहेको अवस्थाले अब बिद्युत प्रर्याप्त हुने देखिएको छ । यस्तै सरकारले ल्याएको ५ वर्षमा ५ हजार मेगावाटको लक्ष्य समेत रहेकाले विद्युत उत्पादन धेरै हुने देखिएको छ । त्यसैले नेपालले विद्युत आन्तरिकरूपमा खपतको साथै अन्तर्राष्ट्रिय बजारीकरणलाई तयारीमा समेत जुट्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले बगाएको टिमुरे–केरुङ सडक चीनले पुनः सञ्चालनमा ल्यायो

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा सम्बोधन गर्ने

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu