ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एचपीभी खोपले महिलाहरुको पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउछः एक रिपोर्ट


admin
२४ कार्तिक २०७४, शुक्रबार   १ : १७   बजे

काठमाडौं, २४ कार्तिक ।  नेपालमा वर्षेनी १० हजारको हाराहारीमा पाठेघरको मुखको क्यान्सरका बिरामीहरु थपिने गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । पाठेघरको मुखको क्यान्सरको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गर्दै आएको विभिन्न कार्यक्रमहरु समुदायमा भने प्रभावकारी हुन सकेको छैन । पाठघरको क्यान्सरको नियन्त्रण गर्न केही समय अगाडि नेपालको २ जिल्लामा ९ देखि १३ वर्ष उमेर समुहका १४ हजार बालिकाहरुलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाइएको भए पनि अहिले भने त्यसले निरन्तरता पाउन सकेको छैन ।
पाठेघरको क्यान्सरका कारण वर्षेनी २ लाख ७० हजार महिलाको अकालमा मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क रहेकोे छ । क्यान्सरका कारण मृत्यु हुनेमा ८५ प्रतिशत महिला नेपालजस्तो कम विकसित मुलुकका छन् । बाल स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्र प्रसाद घिमिरेका अनुसार केही समय पहिले काभ्रेको बनेपा, चितवन र कास्की जिल्लाका ९ देखि १३ वर्षसम्मका बालिकाहरुलाई एचपीभी खोप लगाइएको थियो । उनका अनुसार ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड ईमुनाईजेसन गाभी नामक संस्थाको सहयोग र अष्ट्रेलियन राजदुतावासको आयोजनामा खोपको प्रारम्भिक अध्ययन र सफलताको मूल्याङ्कन गर्न १४ हजार बालिकाहरुमा खोप लगाइएको हो ।

किशोरी अवस्था सुरु भएस“गै पहिलो महिनावारी हुनुभन्दा १ महिना अगाडी एचपीभी खोप लगाईएमा पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने स्वास्थ्यकर्मीहरुले जनाएका छन् । तर बजारमा यो खोपको मूल्य ८ देखि १० हजारसम्म पर्दछ । आम नागरिकमा भने एउटा खोपलाई नै दश हजार तिरेर लगाउने क्षमता निकै न्यून छ । घिमिरेका अनुसार वर्षेनी ३ अर्ब बराबरको भ्याक्सिन नेपाल सरकारले प्रयोग गर्दै आएको छ जसमा अधिकांश खर्च गाभी नामक संस्थाले नै बेहोर्ने गरेको छ । नेपालीहरुको प्रतिव्यक्ति आय १५ सय डलर पुगेको अवस्थामा यो सबै खर्च नेपाल सरकारले बेहोर्नुपर्नेछ । नेपाली समुदायमा अध्ययन, अनुसन्धान, प्राथमिकता र तथ्याङ्कको आधारमा एचपीभी खोपको प्रयोग र यसको निरन्तरताका लागि योजना तय हुने उनले जानकारी दिए । आउ“दो वर्ष या पछिल्लो केही वर्षमा नै यस खोपले निरन्तरता पाउने उनले बताए ।
विकसित मुलुकमा २५ रोगविरुद्ध खोप लगाईने वातावरण बनिसकेको छ । नेपालमा भने अहिलेसम्म ११ रोगविरुद्ध मात्र खोप लगाइने गरेको पाइन्छ । घिमिरेका अनुसार नेपाली समाजमा झाडापखला रोगकै राम्रोस“ग निदान हुन सकेको छैन । हाम्रो समुदायमा कुन–कुन रोगहरुको व्यापकता कस्तो छ ? र कस्तो–कस्तो उपचारको माग समुदायमा बढिरहेको छ, समुदायको मागको आधारमा एचपीभी खोपको पनि निरन्तरता दिने विषयमा नेपाल सरकारले तयारी गरिरहेको उनले जानकारी दिए ।
देशका ग्रामीण भेगमा सामान्य स्वास्थ्य सेवाको पहु“चसमेत छैन । भएका स्वास्थ्यचौकीहरुमा पनि दक्ष जनशक्ति, औषधि र पूर्वाधार अभाव छ । भएकाहरुमा जनताले सेवा लिन सक्ने अवस्था छैन । यस्तो अवस्थामा यस्ता गम्भीर प्रकृतिका रोग लाग्दा मर्नुको विकल्प छैन । त्यसैले यस्ता रोगहरुको उपचार र रोगथाममा राज्यले नै ठोस पहल गर्नु जरुरी छ।
क्

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group