ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘त्रिवि अन्तर्राष्ट्रियस्तरमा जनशक्ति उत्पादन गर्ने थलो बन्नुपर्छ’– मन्त्री पोखरेल


admin
१३ मंसिर २०७६, शुक्रबार   ७ : २५   बजे

काठमाडौं, १३ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले त्रिवि अन्तर्राष्ट्रियजगत्मा प्रतिस्पर्धा गर्ने खालका जनशक्ति उत्पादन गर्ने थलो बन्नुपर्ने बताउनुभएको छ ।

त्रिवि साधारणसभामा आज उहाँले देशको उच्च शिक्षाको प्रमुख मियोका रूपमा रहेको त्रिविले देशको आर्थिक सामाजिक परिवर्तनमा भूमिका खेल्दै आए पनि यसलाई अझै प्रभावकारी र सशक्त बनाएर लैजानुपर्ने बताउनुभयो ।

मन्त्री पोखरेलले त्रिविमा जागिर खाने मानसिकताभन्दा पनि त्रिविलाई राष्ट्र निर्माण गर्नका लागि अनुसन्धान र प्राज्ञिक थलोका रूपमा लैजानुपर्ने धारणा राख्नुभयो । “अनुसन्धानको कार्यलाई आर्थिक तथा सामाजिक विकाससँग जोडेर लैजानुपर्दछ । विज्ञान र प्रविधिको विषयलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसार जनशक्ति उत्पादन गरी देशको बेरोजगारी र गरिबी कम गर्नतर्फ त्रिविले भूमिका खेल्नुपर्दछ”, उहाँले भन्नुभयो, “त्रिवि सूचना प्रविधिको विकाससँगै ज्ञान र विज्ञानको क्षेत्रमा विश्वमा आएको परिवर्तनसँगै अगाडि बढ्नुपर्दछ ।”

उहाँले त्रिविको शैक्षिक गुणस्तर खस्कँदै गएको र विद्यार्थी उत्तीर्ण प्रतिशत हेर्दा सन्तुष्टि हुने ठाउँ नरहेकाले सुधार गरेर लैजान जोड दिनुभयो । “त्रिविको शैक्षिक गुणस्तर खस्कँदै गएको भन्ने विभिन्न तथ्याङ्कले देखाएको छ । गुणस्तर विनाको शिक्षाको कुनै औचित्य छैन । यसले देशमा बेरोजगार जनशक्ति उत्पादन गर्नमात्र होइन देशको समग्र विकासमा बाधा पु¥याउने गर्दछ”, उहाँले भन्नुभयो, “गुणस्तर सुनिश्चित गर्न सबै क्याम्पसमा प्रत्यायन प्रणाली अनिवार्य बनाउनु पर्दछ ।”

उहाँले त्रिविमा सुशासनको कमी रहेको भन्दै त्रिविको समग्र व्यवस्थापकीय पक्षमा सुधार गरी विश्वविद्यालयमा सुशासन प्रत्याभूति दिलाउनुपर्ने भनाइ राख्नुभयो ।

त्रिवि सहकुलपति पोखरेलले विश्वविद्यालयमा देखिएको चरम राजनीतिक गतिविधि अन्त्य गर्दै पठनपाठन तथा अध्ययन अनुसन्धान कार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले त्रिविमा विभिन्न विकृति र विसङ्गति रहेकाले त्यसलाई समाधान गर्न कार्यपद्धति नयाँ ढङ्गले चाल्नुपर्ने बताउनुभयो । उहाँले अन्यले जस्तै त्रिविले पनि कार्यसम्पादन सम्झौता गनुपर्नेसमेत बताउनुभयो । शैक्षिक र साङ्गठनिक क्षेत्रमा त्रिविलाई परिवर्तन गरेर विश्वविद्यालयमा पूर्ण संरचनासहित सुधारको खाँचो रहेको उहाँले औँल्याउनुभयो । अहिलेका आङ्गिक क्याम्पसलाई मानित विश्वविद्यालयमा लग्नुपर्ने आवश्यकता रहेको भन्दै सङ्घीयता कार्यान्वयन गर्नतिर त्रिवि लाग्नुपर्ने बताउनुभयो । मन्त्री पोखरेलले आउँदो हिउँदे अघिवेशनमा उच्च शिक्षा नीति ल्याउनेसमेत जानकारी गराउनुभयो ।

कार्यक्रममा त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले पठनपाठन र परीक्षा प्रणालीलाई सुधार गरी त्रिविलाई गुणस्तरयुक्त उच्च शिक्षा प्रदान गर्ने प्राज्ञिक केन्द्र बनाइने बताउनुभयो । उहाँले विश्वविद्यालयबाट सञ्चालित कार्यक्रम एशिया र दक्षिण एशियामा उत्कृष्ट बनेको भन्दै अझै पनि गुणस्तरीय शिक्षा प्रदान गरेर प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न आफूले ध्यान दिने बताउनुभयो ।

सभामा त्रिविका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले त्रिविमा राजनीतिक हस्तक्षेपले गर्दा काम गर्न नसकेको बताउनुभयो । “विश्वविद्यालयमा राजनीति बढी भएर उच्च शिक्षा ध्वस्त भएको छ”, उहाँले भन्नुभयो, “पदाधिकारीले आफ्नो विवेकले काम गर्न पाएका छैनन् । हरेक कार्यमा राजनीतिक हस्तक्षेप हुन्छ । विश्वविद्यालय अझै स्वायत्त हुन पाएको छैन ।”

सभामा रजिष्ट्रार डिल्लीराम उप्रेतीले आर्थिक वर्ष २०७६÷७७ का लागि रु २३ अर्ब पाँच करोड ८८ लाख ६८ हजार बजेट प्रस्तुत गर्नुभएको थियो । सो बजेट सभाले पारितसमेत गरेको छ । सभाले पुनरावेदन आयोगको अध्यक्ष नियुक्ति गर्ने अख्तियारी त्रिवि कार्यकारी परिषद्लाई दिने निर्णय गरेको छ ।

यसैगरी कार्यकारी परिषद्का लागि मनोनीत हुनुुभएका विनोद पराजुली, डा राजेन्द्रप्रसाद पौडेल र प्रा डा रामप्रसाद खतिवडाको नाम सभाले अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group