ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के तपाईंलाई थाह छ – संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल कुन हो ? (भिडियो)


ABC NEWS
१६ मंसिर २०७६, सोमबार   १ : ०६   बजे

 

काठमाडौं । एलेक्सले भन्यो म पो भग्यमानी रहेछु । किन भन्ने मेरो प्रश्नको जबाफ पूरा नहुँदै तिमीहरुको पनि तिलिचो लेकका लागि शायद यो नै पहिलो यात्रा होला । मेरो झण्डै दुई वर्षको नेपाल बसाई र हेलिकप्टर उडाइमा पनि मलाई अहिलेसम्म तिलिचो पुग्ने साइत जुरेको थिएन । आज तिमिहरुले गर्दा मैले पनि तिलिचो हेर्न पाउने भएँ भन्यो । त्यसमाथि तिमीले तिलिचो लेक नै विश्वको सबैभन्दा अग्लो स्थाना रहेको ताल हो भनेपछि त मेरो समेत एउटा विशेष रेकर्ड नै बन्ने भयो । हामीलाई तिलिचो उडाउने ब्राजिलियन पाइलट एलेक्स अर्थात् एलेक्सान्द्रेको अभिव्यक्ति थियो यो । उनलाई मैले पछि मेरो क्यामेरामेन समेत बनाएँ क्षणिकरुपमा भएपनि । यो हवाई सम्वादले समेत हामीलाई कता हिमाल हेर्न छुट्ला कि भन्ने हुटहुटीका बीच हामी संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्यौं २०७६ मंसिर ९ गते ।

हिमालय पर्वत शृंखला अन्तर्गत नेपालको मनाङ जिल्लामा पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १ दशमलव २ किलोमिटर र गहिराई करिब २०० मिटर छ ।
हिमालय पर्वत शृंखला अन्तर्गत नेपालको मुस्ताङ र मनाङ जिल्लाको अन्नपूर्ण क्षेत्रभित्र तिलिचो ताल पर्दछ । तिलिचो ठ्याक्कै भने मनाङ जिल्लामा नै पर्दछ ।

तिलिचो ताल वरिपरी तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल पर्दछन्् । तिलिचो हिमालको उचाई भने ७,१३४ मिटर मात्र छ ।
तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा रहेको मानिएका दक्षिण अमेरिकी देश पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो स्थानमा रहेको छ ।

तिलिचो ताल जानको लागि काठमाडौंबाट लमजुङका बेशी शहर भएर मनाङको खाङसारसम्म गाडीमा जान सकिन्छ । तिलिचो ताल माथिल्लो मनाङ अर्थात् तिलिचोका लागि बेस क्याम्प भनिने ठाउँबाट तिलिचो ताल पुग्न ४५ किलो मिटरको दूरी पार गर्नु पर्दछ । तिलिचो तालका लागि मात्र बेशीं शहरदेखि ट्रेकिङ गरेर पुग्नका लागि हाइ अल्ट्च्यिुड एडप्ट गर्दै जानु पर्ने हुनाले ५ दिन लगाउनु राम्रो मानिन्छ ।
तिलिचो बेस क्याम्पबाट तीन घण्टाको उकालोपछि तिलिचो ताल पुग्न सकिन्छ । त्यसरी जानुको मज्जा नै विचित्र र अलौकि नै हुने गर्दछ ।

तिलिचो तालको विशेषता केवल संसारको सवैभन्दा अग्लो स्थानमा रहेको ताल मात्र होइन । तिलिचोको वरिपरि हिमाल र बीचमा सफा कञ्चन नीलो तालको मनमोहक दृश्यले मानिसहरुले कल्पना गर्ने स्वर्ग यही हो कि जस्तो बनाउनु पनि हो ।

ट्रेकिङ गरेर जाँदा जसरी गयो, त्यही तरिकाले फर्किने चलन छ । तर आकाशबाट जाँदा साँच्चिकै स्वर्गानुभूति हुन्छ । कतिवेला हिमालका काखमा त कतिवेला हिमालमाथि कहिले कुहिरो माथि त कहिले कुहिरोलाई छलेर हेलिकप्टरमा उड्दा मानिसको मनमा थोरै पनि भयको अनुभूति नै हुँदैन । हिम श्रृङ्खलामा आँखा डुलाउँदा डुलाउँदै काठमाडौंबाट ४५ मिनेटमा तिलिचो पुगिन्छ ।

तर हामी तनहुँको बन्दीपुरबाट तिलिचोका लागि उडेका थियौं । रमाइलो के भयो भने माओन्टेन एअरका ब्राजिलियन क्याप्टेन एलेक्स समेत बन्दीपुर र तिलिचो नै हामी जस्तै पहिलो पटक जाँदै रहेछन् । तर हामी भने बन्दीपुर पटक पटक गएका थियौं । उनका लागि उडान भन्दा बढी भ्रमण भइरहेको थियो हामीसँगको तिलिचो यात्रा ।

पछिल्ला दिनहरुमा तिलिचो ताल भ्रमण गर्न स्वदेशी तथा विदेशी पर्यटकहरुको समेत लहर नै चलेको छ। तर गुन मात्रामा राज्यका तर्फबाट तिचिलोको प्रचारले महत्व पाउनु पर्ने थियो पाउन सकेको छैन । राम्रो पक्ष गाडीको सुविधाले गर्दा काठमाडौं – तिलिचो यात्रा अवश्य नै छोटो तथा सहज बनाएको छ ।

हामी तीनजना गैरआवासीय नेपाली संघका सचिव तथा मित्र आरके शर्मा र कतारी मित्र मिस्टर इशा पोखराको तीन दिने भ्रमणका लागि पहिले पोखरा पुगेका थियौं । त्यहीं गएपछि अन्नपूर्ण बेस क्याम्प जाने योजना बन्यो । आजकल पोखराको मौसम रुन्चे भइरहेको रहेछ । दिनभर पनि घाम नलाग्ने अचम्मको अवस्था देखियो । त्यही पनि अघिल्लो शनिबार एबीसी जानका लागि हामी ठिक्क परेर विमानस्थलको हेलिकप्टरको गेटमा पुग्ने बेलामा टावरमा खबर आयो ।

हिमाललाई बादलले छाप्यो अब जान सकिंदैन । त्यो दिन त्यसै जाने अवस्था आएपछि हामी त्यही साँझ बन्दीपुर बास बस्न आयौं ।
त्यसको भोलिपल्ट आइतबार काठमाडौंबाट हामीलाई पिकअप गर्न हेलिकप्ट त्यहीं पुग्यो । हामी ३० मिनेटमा तिलिचो पुग्यौं । तिलिचो पुग्नु अघि हेलिमा नै बोकिएका तेलका ग्यालनबाट मनाङको हुम्दी नामक हेलिमात्र बस्न मिल्ने विमानस्थलमा रिफ्युलिङ गर्नु पर्दो रहेछ । हुम्दीबाट १२ देखि १५ मिनेटमा तिलिचो तालमा हिमश्रृंखलाको आनन्द उठाउँदै एक फन्को ताल छोइला छोइला जस्तो गरेर तालको छेउमा पुगिन्छ।
हामी पुगेका बेला गज्जब के भइदियो भने लोभलाग्दो घाम लाग्यो । त्यसैले तालको पानीसँग जिक्किनेदेखि हिउँसँग खेल्न पाइयो । हामीले झण्डै एक घण्टाभन्दा बढी तालको एक कुनाबाट अर्को कुनामा पुगेर वितायौं । तर परिक्रमा निकै बाक्लो हिउँ भएका कारण सम्भव भएन ।
सरकारले भिजिट ट्वान्टी ट्वान्टी घोषणा गरेका कारण हामीले पनि नेपाली, कतारी र भिजिट नेपालको तुल व्यानर तिलिचोको किनारामा राखेर क्यामेरामा कैद गर्न पायौं । जुन तपाईंहरुले देखिरहनु भएको छ ।

विश्वमै ट्रेकिङका लागि एबीसी अर्थात अन्नपूर्ण बेस क्याम्प प्रसिद्ध मानिन्छ । त्यहाँबाट पनि अघि बढेर तिलिचोको समेत अवलोकन गरेर लमजुङ फर्कने झण्डै २१ दिनको प्याकेज पनि छ । एबीसी पुग्न सबैभन्दा अग्लो र रिस्की मानिने ५७०० मिटिरको थोरङ्ला पास क्रस गर्नु पर्दछ । त्यसका तुलनामा ७०० मिटर भन्दा अलिक कमीमा छ तिलिचो ताल ।
विश्व प्रसिद्ध मानिने कैलाश पर्वतको फेदमा रहेको मानसरोवर ताल ४,६५० मिटरको मात्र उचाइमा पर्दछ । मानसरोवर भन्दा तिलिचो ताल झण्डै ३ सय मिटर अग्लो उचाइमा रहेको छ । नेपाल यस्तो भाग्यामानी र प्राकृतिक रुपमा बरदान प्राप्त देश हो कि नेपालमा नै सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेष्ट छ भने सबैभन्दा अग्लो ताल तिलिचो पनि छ । अझ विेशषेत संसारकै ८ हजार मिटरभन्दा अग्ला १५ वटा हिमालमध्ये सबैभन्दा अग्लो माउन्ट एभरेष्ट सहित ८ वटा हिमाल नेपालमा नै पर्दछन् । त्यसैमध्येको अन्नुपूर्ण हिमाल पनि एक हो । अन्नपूर्ण हिमालको उचाई ८,०९१ मिटर रहेको छ । यो विश्वकै दशौं तहको अग्लो हिमाल हो । त्यसकै काखमै भने पनि हुने स्थानमा तिलिचो ताल रहेको छ अरु चारवटा हिमालले घेरिएर ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group