रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग धेरै नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र सर्वसाधारणको भरपर्दो माध्यम बनेको छ । तर, सडक यातायात असुरक्षित बन्दै गईरहेको छ । अनि सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । दुर्घटनामा निर्दोष नागरिकले अकालमा मृत्युवरण गर्नु परेको छ । दुघटनाकै कारण अपांङ्ग भएर बांच्न बाध्य छन, धनको क्षति त्यतिकै छ दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षती भईरहेको छ ।
रन–वेमा ‘हवाइजहाज चिप्लिँदा पनि छानविन आयोग बनाएर सरकारले कारण र दुर्घटनामा कम गर्ने उपाय खोज्छ,’तर, ‘गरिबको सवारीको रुपमा रहेका सार्वजनिक बसमा दर्जनौं व्यक्ति एकै चिहान हुँदा सरकारले एउटा शोक वक्तव्य पनि निकाल्दैन ।’ कालिञ्चोक दर्शन गरेर फर्किएका यात्रु बोकेको बस आइतबार लामोसाँघु–जिरी सडकखण्डमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए ।
१२ दिन अघि (१७ मंसिर) मा बाग्लुङमा कुल पूजामा हिँडेका यात्रु बोकेको जीप दुर्घटनामा हुँदा १३ जनाले मृत्युवरण गर्नुर्पयो । १२ मंसिरमा अर्घाखाँचीको नरपानीमा भएको दुर्घटनामा १९ जनाले ज्यान गुमाएका थिए । यसरी १७ दिनको अन्तरमा तीन ठूला दुर्घटना भएका छन् र ४६ जनाको ज्यान गएको छ । यसबाहेक हरेक दिनजसो हुने दुर्घटना र त्यसमा मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ । देशभरमा हुने दुर्घटनामा दैनिक औसत ७ जनाको मृत्यु हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।तर सरकार र सरोकारवाला निकाय हरेक सवारी दुर्घटनालाई भवितव्यका रुपमा मात्रै व्याख्या गर्छ । चालकको लापरबाही, ओभर स्पिड वा ओभरलोडका कारण दुर्घटना भयो भन्छ र मौन बस्छ । अहिलेसम्म कुनै दुर्घटनाबारे गम्भीर छानविन नै गरेको छ, न दुर्घटना रोकथामका लागि गम्भीर प्रयत्न नै ।
नेपालमा दुर्घटना हुने मुख्य तीन कारण रहेका छन् सडक, साधन र चालक । यी तीनपक्ष नै सुदृढ अवस्थामा नभएकैले दुर्घटना बढ्ने गरेका हुन । यदि यी अवस्था ठीक छन् भने दुर्घटना कम हुन सक्छ र ठीक छैन भने सवारी दुर्घटना बढी हुने गर्छ । यदि सरकारले सडक दुर्घटना कम गर्न चाहन्छ हरेक पक्ष्मा ध्यान दिनुपर्ने देखिन्छ ।
सडकको अवस्थाले गर्दा हुने सम्पूर्ण दुर्घटनाको कारण सरकार बाहेक अरु कोही हुदैन किनकि सडक बनाउने जिम्मा सरकारले लिएको छ । दुर्घटनाको प्रमुख कारण ओभरलोड, ओभरस्पीड र चालकको अनुभवको कमी । एक त नेपालका स“ागुरा सडक, त्यसमा गुड्ने पुराना सवारी साधनका साथै त्यसमा क्षमताभन्दा बढि कोचिएका यात्रु नै हुन । अर्को तर्फ प्रशासनको फितलो अनुगमन र व्यवस्था । यद्यपी दुर्घटनाको कारणमा भने अझैपनि एक अर्कालाई दोष देखाएर आफु पन्छिने प्रबृति कायमै छ । यातायात क्षेत्रको सिण्डिकेट हटाउने सरकारको उद्घोष उदघोषमै सीमित भएपछि विना प्रतिस्पर्धा चलेका गाडीमा कोचिन सर्वसाधारण बाध्य छन् । सडक दुर्घटनाको तथ्यांकले दैनिक नेपालमा औसत सात जनाले ज्यान गुमाउने गरेका छन् । त्योभन्दा बढीको संख्यामा गम्भीर घाइते हुन्छन् । अधिकांश घटनामा प्रहरीले चालकको लापरबाहीलाई मुख्य कारण मान्ने गरेको छ । हाल कार्यन्वयनमा रहेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ का केही दफाहरुले चालकलाई हदैसम्मको छुट दिएर जिम्मेवारीहिन बनाएको छ ।
दफा १६१ ले ज्यानमार्ने मनसायले कुनै दुर्घटना भएमा सर्वस्व सहित जन्मकैद भनेर लेखेको त छ, तर मनसाय पुष्टि गर्न या प्रमाणित गर्न गाह्रो छ । सडक दुर्घटना संसारमा जहा“सुकै हुन्छन् । दुर्घटना शून्य गर्न सम्भव छैन तसर्थ विभिन्न उपाय अपनाएर सडक दुर्घटना कम गर्न भने सकिन्छ । खासगरी गाडीको क्षमताभन्दा बढी यात्रु राखेका कारण गाडी अनियन्त्रित हुनु, चालकले मादक पदार्थ सेवन गरी गाडी चलाउनु, सवारी साधन मर्मत सम्भारको अभावमा बिग्रनु आदि सवारी दुर्घटनाका प्रमुख कारण मानिन्छन् । सडकको दुर्दशा त सवारी दुर्घटनाको प्रमुख कारण हो र त्यसमा सवारी साधन र चालक दुवैको गल्ती कम वा न्यून हुन्छ । दुर्घटनापछि कारण जे भए पनि सवारी साधनको चालकमाथि दोष थोपर्नु सामान्य मानिन्छ जुन सरासर गलत हो ।
नेपालका सडक इन्जीनियङ विनानै बन्ने गरेका छन् । यस्ता सडकमा गाडी गुडाउ“दा बढि दुर्घटना हुने गरेको जानकारहरु बताउछन् । सरकारी लापरबाहीका कारण सडक दुर्घटना बढ्ेस“गै मानिसहरु अकालमा ज्यान गुमाइरहेका छन् । हरेक दिन सयौंको संख्यामा सवारी साधनमा हजारौंले त्यो बाटोबाट यात्रा पनि गर्छन् । तर संसारको कुनै पनि देशको कुनै पनि बाटोको स्तर र्हेयो भने त्यो बाटो हैन मानिस मार्ने थलोका रूपमा विकास भएका छन् । सडकका कारणले हुने दुर्घटनालाई कुनै पनि बहानामा चालकको लापरबाही भनेर चालकमाथि दोष थुपारेर अरु उम्केने गरेका हुन्छन् । हरेक दिनजसो दुर्घटना हुने, निर्दोष यात्रुले ज्यान गुमाउने वा अंगभंग हुने र दोषचाहि एक्लो ड्राइभरले पाउने क्रम सधैं जारी रहन्छ । सँच्चिकैका हत्याका जिम्मेवार सवारी साधन सञ्चालन गर्ने समिति र सरकार भने तमासे भइरहने हुन्छन् । सजिलै अनुमान लगाउन सकिन्छ । के हामी कहा“ साधन र स्रोतको अभाव हो ? पक्कै हैन । अभाव हो त मात्र नेतृत्वको कुशल क्षमताको व्यवहारिक प्रयोग ।
पछिल्लो समय देशभर हुने दुर्घटनामा दैनिक औसत ७ जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७५/७६ मा मात्रै देशभर गरी २ हजार ७६२ जनाको दुर्घटनामा मृत्यु भयो । त्यही वर्ष भएको १३ हजार ४२१ दुर्घटनामध्ये ९ हजार ९४० दुर्घटना चालकको लापरबाहीले भएको ट्राफिक प्रहरी निर्देशनालय बताउँछ ।
काठमाडौं उपत्यकामा पछिल्लो ८ वर्षमा ४५ हजार ६ सय सवारी दुर्घटना भए, जसमा १ हजार २३५ जनाले ज्यान गुमाए भने २ हजार १४६ जना गम्भीर घाइते हुन पुगेका थिए । यो दुर्घटनामध्ये ४० हजार ५ सय चालकको लापरवाहीबाट भएको तथ्यांक देखिन्छ । बितेको वर्ष मात्रै काठमाडौंमा भएका ८ हजार ५ सय सवारी दुर्घटनामा २५४ जनाले ज्यान गुमाएका थिए ।
तीव्र गतिमा सवारी चलाउनु, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, ओभरटेक, पैदल यात्रुको लापरवाही, मौसम र सडकको अवस्थाका कारण दुर्घटना हुने गरेका छन् । गत वर्ष तीव्र गतिका कारण ५२५ वटा सवारी दुर्घटना भएका थिए । राजमार्गमा यही कारण धेरै सवारी दुर्घटनामा पर्ने प्रहरीको भनाइ छ । एक वर्षमा मादक पदार्थ सेवनका कारण २८३, यान्त्रिक गडबडीका कारण ६७, ओभर टेकका कारण ७५, सडकको अवस्थाका कारण २६ वटा दुर्घटना भएका थिए । पैदलयात्रुको लापरवाही र चौपायाको कारण ६ वटा दुर्घटना भएका थिए । धेरै घटनामा सडकको अवस्थालाई कारणका रुपमा विश्लेषण गरिएको छ ।
लामो दूरी तय गर्न निर्माण गरिएका राजमार्ग, लोकमार्ग एकातिर सा“घुरा छन् भने अर्कोतिर तिनको नियमित मर्मत–संभार नहुदा“ धरापजस्ता भएका छन । ठूल्ठूला खाल्डा समेत महिनौंसम्म पुरिएका हुदैनन् । प्राविधिक परामर्श र चेक जा“च–परीक्षण केही नभएका यस्ता सडकमा सयौं यात्रु बोकेका साधनलाई विना रोकतोक गुड्न दिनु सरकारी निकायको गैरजिम्मेवारी हो । त्यसो त, सडकको भारवहन क्षमताको कुनै अध्ययन नगरिकन गुडेका बस, मिनिबसमा चढ्ने हामी यात्रुहरू पनि आफ्नो ज्यान जोखिममा हाल्न हतारिएका हुन्छौं । यात्रुले गन्तव्यमा छिटो पुग्ने कि सुरक्षित पुग्ने त्यसको विचार नै गरिएको हुदैन । पछिल्लो घटनालाई नै हेर्ने हो भने पनि, दाङको राम्रीमा भएको सडक दुर्घटना २३ जना देशका होनाहार जनशक्तिको क्षती भयो । सडकमा यात्रा सूरु भएको स्थानदेखि दुर्घटनास्थलसम्म पुग्दा कति ठाउ“मा ट्राफिक जा“च हुन्छ ? ती ट्राफिकले के जाच गरे ? न त यात्रुले कहिल्यै ख्याल गर्ने गरेका छन्, नत सडक सुरक्षासंग जोडिएका निकायले । मुलतः सडक दुर्घटना अहिले विश्वका धेरै देशको ठूलो समस्याको विषय हो ।
फरक के मात्र हो भने विकसित देशमा भन्दा कम विकसित देशमा सडक दुर्घटना बढी हुने गरेको छ । प्रमुख त नेपालको सन्र्दभमा तिव्र गति र मादक पदार्थ सेवन नै मुख्य कारण बताउ“छन् सडक सुरक्षा मामिला जानकार तथा नेपाल प्रहरीका पूर्व एसपी जगतमान श्रेष्ठ । सडक दुर्घटनाकै सन्दर्भमा प्रायः हेक्का नगरिने अर्को सवारी साधनहरूको यान्त्रिक अवस्था ठीक भए नभएको जाच गर्ने नियमकारी निकायले कहिल्यैे सवारी साधन चेक जाच गरेको पाईदैन । थोत्रा सवारी साधनहरुले अस्वाभाविक भार बोकेर कहाली लाग्दा सडकमा गुडिरहेका छन्, यसको नियन्त्रण, निगरानी कसैले गर्ने गरेका छैनन । अपयाक अनि कोल्टे परेका ठाउमा आक्कलझुक्कल देखापर्ने प्रहरीको सेवा, सहानुभूति पनि दुर्लभ हुने गर्छ
प्रतिक्रिया दिनुहोस्